News Portal

मोरङका विभिन्न पालिका भित्रका विधालयहरुमा मंसिर १५ गतेदेखि पठनपाठन सुचारु गर्ने निर्णय

हिमालीसंचार संवाददाता
३५३ पटक

रबिन्द्र बराल/ मोरङ – मोरङका विभिन्न नगरपालिकामा, पालिका स्तरीय बैठकमा मंगलबार रतुवामाई नगरपालिका, सुनवर्शी नगरपालिका, रङ्गेली नगरपालिका, धनपालथान गाउपालिका, जहदा गाउपालिका र कटहरी गाउँपालिकाको प्रमुखहरु, अध्यक्षहरु, प्रमुख प्रशासकीय अधिकृत र शिक्षा शाखाका प्रमुखहरुको संयुक्त बैठकले विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ। 

बैठकले प्रत्येक विद्यालयले विद्यार्थी, शिक्षकहरुलाई अनिवार्य साबुन पानीले हात धुने व्यवस्था गर्ने, विद्यालयले प्रत्येक विद्यार्थीको थर्मल गन प्रयोग गरी आफ्नै कर्मचारीद्वारा अनिवार्य तापक्रम नाप्ने व्यवस्था गर्ने, थर्मल गनको व्यवस्था प्रत्येक विद्यालयको लागि सम्बन्धित नगर, गाउँपालिकाले गर्ने, विद्यालयले प्रत्येक हप्ता कम्तीमा एक पटक विद्यालय सेनिटाइज/ डिसइन्फेक्ट गर्ने व्यवस्था मिलाउने, कक्षा १ देखि ५ सम्म संचालित विद्यालयहरुलाई दिवा सत्रमा र कक्षा ६ देखि १२ सम्म संचालित विद्यालयहरुलाई विहानी सत्रमा सामाजिकदूरी कायम गरी संचालन गर्ने व्यवस्था गरेर विधालय सञ्चालन गर्ने निर्णय गरेको हो। 

विद्यार्थी, शिक्षकलाई कोरोना संक्रमित लक्षण देखिएमा अनिवार्य १४ दिनको लागि बिदामा बस्न लगाउने र पि. सि. आर. टेस्ट गर्ने व्यवस्था मिलाउने तथा  नेपाल सरकारले पाठ्यक्रम विकास केन्द्रद्वारा जारी गरिएको समायोजित पाठयक्रमलाई नै लागु गरी पठनपाठन संचालन गर्ने, विद्यालयले अनिवार्य विद्यालय व्यवस्थापन समिति, शिक्षक र अभिभावकको बैठक बसी अनिवार्य अभिभावकहरुवाट विद्यालय संचालनको लागि सहजीकरण गर्ने प्रतिबद्धता गर्न, हरेक समस्याको जिम्मेबारी सबै पक्षले लिने, प्रत्येक सामुदायिक, धार्मिक, संस्थागत विद्यालयहरुलाई थर्मल गन र यस बाहेक अन्य स्वास्थ्य सामग्रीहरु सामुदायिक र धार्मिक विद्यालयहरुलाई सम्बन्धित पालिकाले दिने व्यवस्था गर्ने निर्णय गरेका छन् 

हरेक १५ दिनमा गाउँ, नगर, पालिका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, शिक्षा शाखा प्रमुखले उपर्युक्त बुँदा लागु भएको/ नभएको भनी अनिवार्य अनुगमन गर्ने, शिक्षा संग सरोकार राख्ने सम्पूर्ण निकाय संस्था, व्यक्ति, अभिभावक, शिक्षक, विद्यार्थी, बुद्धिजीवी, समाजसेवी, सबैले आ- आफ्नो क्षेत्रबाट कर्तव्यबोध गरी जिम्मेवारी वहन गर्ने  निर्णय समेत गरेको छ ।

प्रतिकृया दिनुहोस्

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...

माघ ८ गते प्रकाशित समाचारमा उत्तम कटुवालको खण्डन प्रकाशित

काठमाडौं, — झापासँग सम्बन्धित विभिन्न विषयमा प्रकाशित समाचारप्रति उत्तम कटुवालले गम्भीर आपत्ति जनाउँदै औपचारिक खण्डन...