News Portal

हङकङमा आज ७३ जनामा कोरोना संक्रमण पुष्टि

हिमालीसंचार संवाददाता
३४९ पटक

युवा राई/हङकङ – हङकङमा सोमवार थप ७३ जनामा कोरोना संक्रमणको पुष्टि भएको हङकङ स्वास्थ्य संरक्षण केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार संक्रमितहरुमा ६३ जना स्थानीय र १० जना आयातित रहेका छन्। कोरोना संक्रमित यो तीन महिनाकै सबैभन्दा ठूलो आँकडा हो। हङकङमा कोरोना संक्रमितको संख्या ५,७०२ पुगेको छ।

आज पनि थप ७० भन्दा बढी प्रारम्भिक केसहरू थपिएका छन्। हङकङमा ५० जना डान्स ग्रुप क्लस्टरबाट संक्रमित भएका छन्। यससंगै यस ग्रुपबाट संक्रमित हुनेको संख्या १३२ पुगेको छ। ५० जना स्थानीय कोरोना संक्रमित पुराना केससंग जोडिएका छन् भने ८ जना संक्रमितको संक्रमणको स्रोत खुल्न सकेको छैन।

हङकङ केन्द्रका अनुसार ५,२६७ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट स्वास्थ्यलाभ लिएका छन्। अहिले २२४ जनाको उपचार भइरहेको छ। ८ जना कोरोनाका विरामीको अवस्था भने गम्भीर रहेको केन्द्रले जनाइएको छ। कोरोनाका कारण हालसम्म हङकङमा १०८ जनाको मृत्यु भएको छ।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...