News Portal

झापाको मेचीनगरबाट लागुऔषध कारोबारीमा चार जना युवा पक्राउ

हिमालीसंचार संवाददाता
३७० पटक

अविन माबो/झापा – झापाको सिदार्थ टोलमा घर भाडामा लिएर लागुऔषध बिक्री बितरण गरेको विशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय काकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले आईतवार अपरान्ह लागुऔषध सहित ४ जना युवालाई पक्राउ गरेको हो । चार जना युवालाई लागुऔषध कारोबारी प्रकरणमा झापाको मेचीनगरबाट पक्राउ परेका हुन्   

पक्राउ पर्ने युवाहरु सिताराम आङदेम्बे , निजको श्रीमती मनिषा मगर तथा लागुऔषध खरिद गर्ने धरानका २४ बर्षीय कल्याण राई र २४ बर्षीय रिजन लाकन्द्री रहेको प्रहरीले जानकारी दिएका छन्। 

प्रहरीले २८ ग्राम नियन्त्रीत लागुऔषध ब्राउसुगर, नगद १ लाख ३३ हजार रुपैयाँ र मोवायल ३ थान समेत बरामद गरेको छ । लागुऔषध सहित पक्राउ परेका चारै जना युवाहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...