News Portal

सल्यान बजार धमाधम सिल

हिमालीसंचार संवाददाता
४४६ पटक

सल्यान -कोरोना संक्रमणको जोखिम झन बढेपछि ग्रामीण क्षेत्रका बजारहरु धमाधम सिल हुन थालेका छन् ।शारदा नगरपालिकास्थित श्रीनगर, शान्तिनगर, बेलघारी, जोगदेखोला, बरला र बाग्चौर नगरपालिका–१२ स्थित दोभानबजार सिल गरिएको हो ।

समुदायस्तरमा संक्रमित बढिरहेको भन्दै ती बजारहरु सिल गरिएको हो । कात्तिक २३ गतेदेखि बन्द गरिएको श्रीनगरबजार जिल्ला प्रशासन कार्यालयले तेस्रो पटकका लागि सिल गरेको छ ।

बाग्चौरमा लक्षणसहितका संक्रमित भेटिन थालेपछि एक साताका लागि बजारक्षेत्र सिल गरिएको छ । १४ दिनसम्म सिल गर्दा पनि कोरोना संक्रमण नघटेपछि फेरी पाँच दिन श्रीनगर सिल गरेको प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले बताए ।सिल गरेको क्षेत्रमा थप कडाइ गरिएको शारदा नगरपालिका प्रमुख सुरेश अधिकारीले बताए । उनका अनुसार मास्क नलगाइ हिँड्नेहरुबाट जरिवाना संकलन गर्न थालिएको छ ।

संक्रमण बढ्दै गएपछि बाग्चौर नगरपालिका र कालिमाटी गाउँपालिका क्षेत्रमा पनि एक सातादेखि सिल गरिएको जिल्ला प्रशासनले जनाएको छ । सल्यानमा ६ सय १२ जनामा कोरोना पुष्टि भए पनि ५ सय ५० जना उपचारपछि घर फर्किएका छन् । संक्रमणबाट दुईजनाको मृत्यु भएको छ ।

 

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...