News Portal

सल्यान बजार धमाधम सिल

हिमालीसंचार संवाददाता
३७८ पटक

सल्यान -कोरोना संक्रमणको जोखिम झन बढेपछि ग्रामीण क्षेत्रका बजारहरु धमाधम सिल हुन थालेका छन् ।शारदा नगरपालिकास्थित श्रीनगर, शान्तिनगर, बेलघारी, जोगदेखोला, बरला र बाग्चौर नगरपालिका–१२ स्थित दोभानबजार सिल गरिएको हो ।

समुदायस्तरमा संक्रमित बढिरहेको भन्दै ती बजारहरु सिल गरिएको हो । कात्तिक २३ गतेदेखि बन्द गरिएको श्रीनगरबजार जिल्ला प्रशासन कार्यालयले तेस्रो पटकका लागि सिल गरेको छ ।

बाग्चौरमा लक्षणसहितका संक्रमित भेटिन थालेपछि एक साताका लागि बजारक्षेत्र सिल गरिएको छ । १४ दिनसम्म सिल गर्दा पनि कोरोना संक्रमण नघटेपछि फेरी पाँच दिन श्रीनगर सिल गरेको प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले बताए ।सिल गरेको क्षेत्रमा थप कडाइ गरिएको शारदा नगरपालिका प्रमुख सुरेश अधिकारीले बताए । उनका अनुसार मास्क नलगाइ हिँड्नेहरुबाट जरिवाना संकलन गर्न थालिएको छ ।

संक्रमण बढ्दै गएपछि बाग्चौर नगरपालिका र कालिमाटी गाउँपालिका क्षेत्रमा पनि एक सातादेखि सिल गरिएको जिल्ला प्रशासनले जनाएको छ । सल्यानमा ६ सय १२ जनामा कोरोना पुष्टि भए पनि ५ सय ५० जना उपचारपछि घर फर्किएका छन् । संक्रमणबाट दुईजनाको मृत्यु भएको छ ।

 

प्रतिकृया दिनुहोस्

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...

२ हप्ताभित्र महानगर प्रमुखको जिम्मेवारी छोड्ने तयारीमा बालेन

काठमाडौँ, पुष १३ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले करिब दुई हप्ताभित्र पदबाट...

हर्क साम्पाङः श्रम संस्कृति पार्टी कसैसँग एकता गर्दैन

काठमाडौं, पुस १३ – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो...