News Portal

भोजपुरको टेम्के डाडामा बन्ने भ्यू टावरको डाक्टर महावीर पुनको सुझाव

हिमालीसंचार संवाददाता
३३५ पटक

काठमाण्डौ – राष्ट्रिय आविष्कारक केन्द्रका अध्यक्ष डा. महावीर पुनले भोजपुरको टेम्के डाडामा बन्न लागि रहेको भ्यू टावरको लागि आफ्नो धारणा राख्दै सुझाव राखेका छन् ।

डा. पुनले “धेरै साथीहरुलाई मैले टेम्के भ्युटावर बनाउने कुराको बारेमा मेरो विचार लेख्दा निकै चित्त दुखेछ। चित्त दुख्नेहरुले माफ गर्नु होला भन्ने अनुरोध छ। अब सुन्नु होस् मेरो कुरा: तपाइहरुले त्यो टावरलाई सांस्कृतिक पहिचानको लागि बनाइने टावर हो भनेर भन्नु भएको छ। मैले सुने अनुसार त्यसलाई भ्युटावर भनेर बनाउने भनिएको छ। त्यसैले मेरो भनाई निम्न अनुसार छ।”

“सांस्कृतिक पहिचानको लागि कुनै स्मारक निर्माण गर्ने भन्नु र दृश्याबलोकनको लागि भ्युटावर बनाउने भन्नु फरक कुराहरु हुन् ।” डा. पुनले भनेका छन् ।  यदि सो टावरलाई “सांस्कृतिक पहिचानको लागि स्मारकको रुपमा बनाईने हो भने म सहमत छु तर भ्युटावर बनाएर दृश्यावलोकन गर्ने  भनेर  बनाउने हो भने म सहमत छैन।” भनेर आफ्नो धारणा राखेका छन्। “हिमाल सहित नेपालका सबै डांडाहरु प्राकृतिक टावरहरु हुन् र हाम्रा डांडाहरु कृत्रिम टावरहरु भन्दा हजारौं गुणा अग्ला छन। मेरो कुरा राम्रो संग पढ्नु होला।” मैले त्यो टेम्के डांडाको भ्युटावर बनाउने कुराको मात्र बिरोध गरेको होइन नि। भनेका छन् । 

लाखौं करोडौंको लागतमा दृश्याबलोकन र पर्यटक भित्राउने भन्ने निहुँमा सयौं र हजारौं मिटर अग्लो प्राकृतिक डांडामा बिस तिस मिटर अग्लो टावरहरु पैसा खाने उदेश्यले नेपाल भरि धेरै ठाउँहरुमा बनि सके र बन्दैछन। मेरो भनाई त्यो पैसा अहिलेलाई अति आबश्यक र गतिलो काममा प्रयोग गरौँ भन्ने हो। भनेका छन् । 

डाक्टर पुनले थप “टावरहरु बनाउनु भन्दा पहिला देशलाई अनुसन्धान तथा बिकासको माध्यमबाट धनी बनाउँ। देश धनी भए पछि जे जे बनाए पनि हुन्छ नि।  कि कसो ?” भनेर आफ्ना आलोचकहरुका लागि प्रतिप्रश्न गरेका छन्। डाक्टर पुनले “कसैलाई चित्त बुझेन भने फोन गरे हुन्छ ९८४१५९२३६१ कुरा गरुम्ला मज्जासंग धन्यबाद।” भनेर आफ्ना सम्पर्क नम्बर समेत सामाजिक संजाल फेसबुकमा दिएका छन् । 

प्रतिकृया दिनुहोस्

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...