News Portal

बल्ल खुल्यो प्रहरी समायोजनको कानुनी बाटो

हिमालीसंचार संवाददाता
५३८ पटक

काठमाडौँ –‌‌‌‌‍‍ नेपाल प्रहरीमा समायोजनका लागि ‘कानुनी तथा प्राविधिक’ रुपमा बाटो खुला भएको छ। मन्त्रिपरिषद् बैठकले प्रहरी समायोजन सम्बन्धी ‘संगठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत गरेसँगै समायोजनका लागि बाटो खुलेको हो।

प्रहरी समायोजन विधेयक २०७६ यसअघि नै स्वीकृत भइसकेको हो। नयाँ व्यवस्थाले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) एक र प्रहरी नायब महानिरीक्षक (डीआईजी)पाँच गरी ६ दरबन्दी थप गरेको छ।

सरकारले प्रहरी समायोजनका लागि भन्दै यसअघि एआईजीको सातवटा दरबन्दी घटाएर तीन र डीआईजीको २६ वटा दरबन्दी घटाएर १४ पुर्याएको थियो। थप गरिएको एआईजीको दरबन्दी महानगरीय प्रहरी कार्यालय रानीपोखरीका लागि रहेको छ।

प्रहरी प्रधान कार्यालय अन्तर्गत राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, प्रधान कार्यालय र महानगरीय प्रहरी कार्यालय र नेपाल प्रहरी अस्पताल (प्राविधिक) गरी ५ जना एआईजीको व्यवस्था गरेको छ।

सातै वटै प्रदेश प्रहरी प्रमुखको रुपमा डीआईजीलाई खटाउने छ। एआईजी र डीआईजीको थप दरबन्दी स्वीकृत भएसँगै बढुवा प्रक्रिया सुरु हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...