News Portal

  • मन्त्री अर्यालले मानिनन् कोरोना समिता

    हिमालीसंचार संवाददाता
    ४१९ पटक

    भूपराज बस्याल,
    स्याङ्जा – “सानालाई ऐन ठुला चयन” भन्ने उखानको चरितार्थ भएको छ स्याङ्जाको वालिङ्मा। कोरोना भाइरलका कारण सरकारले २५ जना भन्दा धेरै जम्मा नहुन आग्रह गरेपनी त्यसको बेवास्ता गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पदमा अर्याल वालिङको एक सहभागि भएकी छन्।

    कोभिड सङ्क्रमित विरामीको संख्या अत्यधिक रुपमा बढ्दै गएको भन्दै बिहिवार वालिङ नगरपालिकाले जनस्वास्थ्य विपद घोषणा गरी अत्यावश्यक बाहेकका अन्य सम्पूर्ण सेवाहरु एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको थियो।

    बिहिवार नगरपालिकाले यस्तो तथ्यांक सार्वजनिक गरेपनी मन्त्री अर्यालले भने शुक्रबार एक भब्य कार्यक्रमको आयोजना गरि मालपोत कार्यालय उद्घाटनमा सरिक हुनुभएको छ।

    सोही उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै वालिङ् नगरपालिका प्रमुख दिलिप प्रताप खाडले वालिङ्मा बन्दाबन्दी शुरु भएको अवस्थादेखि असोजसम्ममा भारतलगायत तेस्रो मुलुकबाट आई क्वारेन्टिनमा बस्नेहरुमाभन्दा कात्तिक महीनामा मात्रै सङ्क्रमणको दर समुदायस्तरमा बढेकाले जनस्वास्थ्य विपद घोषणा गरी बन्द गरेको बताउनुभयो।

    उहाँले सबैलाई घरघरमा बसेर सुरक्षीत हुन आग्रह गरे पनि जिल्लाका सुरक्षा निकायदेखि मन्त्रीसम्म उपस्थित कार्यक्रमले उक्त भनाइलाई गिज्याइरहेको थियो।

    नगर प्रमुखले जनस्वास्थ्य विपद घोषणा गरी मानिसहरुको भीडभाड हुने स्थानहरु, बैंक तथा वित्तीय संस्थाहरु, सरकारी तथा गैरसरकारी कार्यालय, विद्यालय, बजार, पसल, अत्यावश्यक बाहेकका सवारी साधनहरु, सभा समारोह नगर्न नगराउन अनुरोध गरेपनी उक्त कार्यक्रममा भने ठुलै जमघट रहेको थियो।

    ५ करोड ६ लाख २ हजार ३ सय ८४ रुपैँया ३२ पैसामा २ वर्ष ५ महिनामा निर्माण सम्पन्न भएको भवन उद्घाटन गर्दै मन्त्री अर्यालले देशभरका १३१ मालपोत तथा नापी कार्यालयहरुलाई नमुना बनाईने भन्दै त्यसको शुरुवात स्याङ्जाबाट भएको बताउनुभयो। नापी तथा मालपोत कार्यालयहरुमा प्रविधिको प्रयोग गरिने भन्दै प्रविधिको प्रयोगले सेवा प्रवाह छरितो र भ्रष्टाचारको पनि अन्त्य हुने उहाँको जिकिर थियो।

    कार्यक्रममा गण्डकी प्रदेशका विधायन समितिका सभापति मोहन रेग्मी,जिल्ला समन्वय प्रमुख सिता सुन्दास, वालिङ नगरपालिका प्रमुख दिलिपप्रताप खाड, प्रमुख जिल्ला अधिकारी उमेश बस्नेतलगायतले बोल्नुभएको थियो।

    कार्यक्रम भुमि व्यवस्था, सहकारी तथा गरिवि निवारण मन्त्रालयका सचिव टेकनारायण पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो भने, सञ्चालन भुमि तथा अभिलेख विभागका निर्देशक गुरुप्रसाद भट्टराई गर्नुभएको थियो।

    विभागका निर्देशक शोषनारायण पौडेलले धन्यवाद मनतब्य ब्यक्त गर्नुभएको थियो। कार्यक्रममा भवन निर्माणका लागी जग्गा उपलब्ध गराउने जग्गादाताहरुलाई सम्मान गरिएको थियो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    रास्वपालाई गृहमन्त्रीको चासो : लामिछाने कुन भिसामा अमेरिका पुगे ?

    काठमाडौं, असार२५ – गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको अमेरिका यात्रालाई...

    श्रीमानसँगको सम्बन्धका कारण युवतीको सामूहिक कुटपिटमा मृत्यु, झापामा ६ जना पक्राउ

    झापा, असार २५  – झापाको अर्जुनधारा नगरपालिका–४ भाङवारीमा एक युवतीको सामूहिक कुटपिटबाट मृत्यु भएको छ।...

    खेलकुदमा सरकारको सक्रियता : अब खेलाडीहरू पेशागत रूपमा अगाडि बढ्न सक्ने प्रधानमन्त्री ओलीको दाबी

    काठमाडौं, असार २५ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा खेलकुद क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेको बताएका...

    जनकपुरमा ससुराको हत्या गरी फरार ज्वाइँ रेल्वे स्टेशनबाट पक्राउ

    जनकपुर, असार २५ – जनकपुरधाममा आफ्नै ससुराको हत्या गरेर फरार रहेका ज्वाइँलाई प्रहरीले पक्राउ गरेको...

    आधुनिक सामग्री निर्माणको एड्भान्स तालिम सुरु

    रविन्द्र बराल/ मोरङ, असार २५ – रंगेली नगरपालिकामा बाँसबाट आधुनिक सामग्री निर्माणसम्बन्धी एक महिनाको एड्भान्स...