News Portal

डोल्पा र हुम्लाका ७ प्रहरी चौकी विस्थापित

हिमालीसंचार संवाददाता
३५५ पटक

डोल्पा/हुम्ला – चिसो बढेपछि कर्णालीको माथिल्लो डोल्पा र हुम्लाका सात प्रहरी चौकी सदरमुकाममा विस्थापित भएका छन्। अत्यधिक हिमपात हुने भएकाले झन्डै ६ महिना उच्च हिमाली क्षेत्रका चौकी खाली हुने गरेका छन्। डोल्पाको डोल्पोबुद्धका २ र शेफोक्सुन्डो गाउँपालिकाका तीन प्रहरी चौकीमा कार्यरत प्रहरी सदरमुकाम दुनै आएका छन्।

डोल्पोबुद्ध गाउँपालिका–१ स्थित धो, ५ नम्बर वडाको तिन्जे, शेफोक्सुन्डो गाउँपालिका–३ स्थित निजालगुम्बा, ५ नम्बरको भिजेर र ४ नम्बर वडाको राप प्रहरी चौकी खाली भएका हुन्। चिसोमा बस्न नसकिने भएपछि त्यहाँ कार्यरत प्रहरी दुनै आएको जिल्ला प्रहरी प्रमुख डीएसपी राजु पाण्डेले बताए।

‘हरेक वर्षजस्तै यसपालि पनि प्रहरीहरू न्यानो ठाउँमा सरिसकेका छन्,’ उनले भने, ‘उनीहरू अब वैशाख/जेठमा मात्र चौकीमा फर्कन्छन्। प्रहरी चौकी उठेपछि बैंकहरू पनि दुनैमा सरेको उनले जानकारी दिए।

हिमपातको सिजन सुरु भएपछि नेपाल–चीन सीमा सुरक्षामा तैनाथ हुम्लाको नाम्खा गाउँपालिकाका दुई प्रहरी चौकी पनि हुम्ला सदरमुकाम सिमकोट विस्थापित भएका छन्। अत्यधिक चिसो बढेपछि हिल्सा र सुनखानी चौकीमा कार्यरत प्रहरीलाई सिमकोट बोलाइएको हो।

चिसोका कारण बर्सेनि जेठ महिनामा सदरमुकामबाट गएको प्रहरी टोली कात्तिक दोस्रो सातासम्म हिल्सा र सुनखानी बस्छ। हिमपात हुन थालेपछि प्रहरीलाई सदरमुकाम फिर्ता बोलाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सीताराम विष्टले बताए।

सुखानी चौकीमा प्रहरी नायब निरीक्षक (सई) को नेतृत्वमा २३ जना प्रहरी दरबन्दी कायम गरिएको छ। तर यस वर्ष ७ जना मात्रै प्रहरी सीमा प्रहरी चौकी पुगेका थिए। हिल्सामा कार्यरत १४ प्रहरी पनि सदरमुकाम आएको उनले जानकारी दिए।

हिमपात भएपछि चीन–नेपाल नाका झन्डै ६ महिना बन्द हुन्छ। जाडोमा लिमीका सबै गाउँ सुनसान हुने स्थानीय पेम्बा तामाङले बताए। उनका अनुसार लिमीका अधिकांश बासिन्दा जाडो छल्न सिमकोट, नेपालगन्ज र काठमाडौ जाने गरेका छन्। गाउँ नै सुनसान हुने भएकाले प्रहरी चौकी पनि विस्थापित हुने उनले जानकारी दिए।

चीनसँग सीमा जोडिएको हिल्सामा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) समेत छ। जहाँ सशस्त्र प्रहरी निरीक्षक सुरज केसीको नेतृत्वमा २२ प्रहरी छन्। बीओपी भने सदरमुकाममा विस्थापित नहुने सशस्त्र प्रहरी निरीक्षक केसीले टेलिफोनमा बताए।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...