News Portal

३३ एसएसपीको सरूवा, काठमाडाैँ र ललितपुरका प्रहरी प्रमुख पनि फेरिए

हिमालीसंचार संवाददाता
४२९ पटक

काठमाडाैँ – गृह मन्त्रालयले नेपाल प्रहरीका ३३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरूवा गरेको छ। मन्त्रालयकाे शुक्रबारको निर्णयअनुसार उनीहरूकाे सरूवा गरिएकाे प्रहरी प्रधान कार्यालय नक्सालले जनाएकाे छ।

यही मंसिर ७ गते आइतबारदेखि लागू हुनेगरी उक्त सरूवा गरिएको जनाइएकाे छ। साेही निर्णयद्वारा महानगरीय प्रहरी परिसर काठमाडौं र ललितपुरका प्रहरी प्रमुखकाे हेरफर गरिएकाे जनाइएकाे छ।

काठमाडौं परिसरका प्रमुखमा अशोक सिंह र ललितपुर परिसरका प्रमुखमा किरण बज्राचार्य नियुक्त भएकाे प्रहरी प्रधान कार्यालयले जनाएकाे छ। मन्त्रीस्तरीय निर्णय अनुसार भएकाे सरूवाबाट उनीहरूकाे जिम्मेवारी ताेकिएकाे हाे।

हाल काठमाडौं परिसर प्रमुख रहेका श्यामप्रसाद ज्ञवालीको प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग अन्तरगतकाे अपराध नियन्त्रण महाशाखामा सरूवा गरिएकाे छ भने, ललितपुरका प्रमुख टेकप्रसाद राई प्रहरी प्रधान कार्यालयकै कार्य विभाग कार्य महाशाखामा सरूवा भएका छन्।

प्रतिकृया दिनुहोस्

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...

गगन थापाले बन्दसत्रमा पेस गरे कांग्रेसको राजनीतिक प्रतिवेदन

काठमाडौं, २८ पुस – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन अन्तर्गत चलिरहेको बन्दसत्रमा राजनीतिक...

कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधि नाम दर्ता आज पनि जारी, बन्दसत्र केही ढिलो सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...

देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी नहुने

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी हुने भन्ने सूचनामा कुनै...