News Portal

सडक कालोपत्रे गर्ने ठेकेदार कम्पनीको चरम लापरबाही

हिमालीसंचार संवाददाता
५०२ पटक

रबिन्द्र बराल,
माेरङ – रंगेली नगरपालिका वडा नम्बर ७ स्थित मालपोत कार्यालय अगाडिदेखि मुरारी सोनीको पसल हुँदै वीर वहादुरकाे घर अगाडि हुलाकी सडकलाई छुने कालोपत्रे सडक निर्माणकाे लागि नगरपालिकाले ९० लाख ३५ हजार ५ सय ९४ रुपैयाँमा नितिका एण्ड राज कन्ट्रक्सनले २०७५ चैत्र १३ गते ठेक्काकाे सम्झौता पाएकाे थियो।

नितिका कन्ट्रक्सनले २०७६ असार २० गते निर्माण सम्पन गर्ने भनिएता पनि विभिन्न कारण देखाउदै बारम्बार समय अबधि थप गरेता पनि हालसम्म पनि उक्त सडककाे काम सम्पन्न हुन सकेको छैन। साे कम्पनीले कालाेेपत्रे गर्ने काम सुरु गरेता पनि सडकमा भने माटाेेकाे मिस्रण नहटाई धुलाे र माटाेे जमेकैैै ठाउँमा रातिको समयमा कालोपत्रे गर्नु भन्दा अगाडि गरिने प्राईम काेड लगाएकाे स्थानीय किसन साेनिले बताए।

यसरी ठेक्केदार कम्पनीले रातिको समयमा धुलाे नहटाई प्राईम काेड लगाउदा उक्त सडक कति समयसम्म बलियो र टिकाउ हाेला साेझै अनुमान लगाउन सकिन्छ। साे बिषयमा जानकारी लिनका लागि ठेक्केदार दिनेेश साहलाई सम्पर्क गर्दा उनले साे बिषयमा केेही बाेल्न चाहेनन्।

उक्त ठेक्केदार कम्पनीले सडक निर्माणकार्य गर्दा उक्त सडककाे कुल लागत, ठेक्का पाएकाे सम्झौता र सम्पन हुने समय अबधिकाे बारेमा सबै स्थानीयलाई जानकारी गराउन सुचनापाटि अनिवार्य राख्नुपर्ने भएता पनि उक्त कम्पनीले भने सुचनापाटिसमेत कुनै ठाउँमा न रहेको स्थानीयले बताए।

यता, रंगेली नगरपालिकाका मेयर दिलिप बगडियाले भने ठेक्केदारले कालोपत्रे गर्ने सडकमा जमेकाे माटाेमा प्राईम काेड लगाएकाे बिषयमा ईन्जिनियरलाई उक्त ठाउँकाे निरिक्षण गरेर ठेक्केदारलाई पुनः सडकमा जमेको माटाे र धुल हटाएर प्राईम काेड नलगाएसम्म अगाडिको काम नगर्ने निर्देशन दिएको मेयर बगडियाले बताए।

प्रतिकृया दिनुहोस्

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...

गगन थापाले बन्दसत्रमा पेस गरे कांग्रेसको राजनीतिक प्रतिवेदन

काठमाडौं, २८ पुस – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन अन्तर्गत चलिरहेको बन्दसत्रमा राजनीतिक...

कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधि नाम दर्ता आज पनि जारी, बन्दसत्र केही ढिलो सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...

देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी नहुने

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी हुने भन्ने सूचनामा कुनै...