News Portal

सडक कालोपत्रे गर्ने ठेकेदार कम्पनीको चरम लापरबाही

हिमालीसंचार संवाददाता
५४६ पटक

रबिन्द्र बराल,
माेरङ – रंगेली नगरपालिका वडा नम्बर ७ स्थित मालपोत कार्यालय अगाडिदेखि मुरारी सोनीको पसल हुँदै वीर वहादुरकाे घर अगाडि हुलाकी सडकलाई छुने कालोपत्रे सडक निर्माणकाे लागि नगरपालिकाले ९० लाख ३५ हजार ५ सय ९४ रुपैयाँमा नितिका एण्ड राज कन्ट्रक्सनले २०७५ चैत्र १३ गते ठेक्काकाे सम्झौता पाएकाे थियो।

नितिका कन्ट्रक्सनले २०७६ असार २० गते निर्माण सम्पन गर्ने भनिएता पनि विभिन्न कारण देखाउदै बारम्बार समय अबधि थप गरेता पनि हालसम्म पनि उक्त सडककाे काम सम्पन्न हुन सकेको छैन। साे कम्पनीले कालाेेपत्रे गर्ने काम सुरु गरेता पनि सडकमा भने माटाेेकाे मिस्रण नहटाई धुलाे र माटाेे जमेकैैै ठाउँमा रातिको समयमा कालोपत्रे गर्नु भन्दा अगाडि गरिने प्राईम काेड लगाएकाे स्थानीय किसन साेनिले बताए।

यसरी ठेक्केदार कम्पनीले रातिको समयमा धुलाे नहटाई प्राईम काेड लगाउदा उक्त सडक कति समयसम्म बलियो र टिकाउ हाेला साेझै अनुमान लगाउन सकिन्छ। साे बिषयमा जानकारी लिनका लागि ठेक्केदार दिनेेश साहलाई सम्पर्क गर्दा उनले साे बिषयमा केेही बाेल्न चाहेनन्।

उक्त ठेक्केदार कम्पनीले सडक निर्माणकार्य गर्दा उक्त सडककाे कुल लागत, ठेक्का पाएकाे सम्झौता र सम्पन हुने समय अबधिकाे बारेमा सबै स्थानीयलाई जानकारी गराउन सुचनापाटि अनिवार्य राख्नुपर्ने भएता पनि उक्त कम्पनीले भने सुचनापाटिसमेत कुनै ठाउँमा न रहेको स्थानीयले बताए।

यता, रंगेली नगरपालिकाका मेयर दिलिप बगडियाले भने ठेक्केदारले कालोपत्रे गर्ने सडकमा जमेकाे माटाेमा प्राईम काेड लगाएकाे बिषयमा ईन्जिनियरलाई उक्त ठाउँकाे निरिक्षण गरेर ठेक्केदारलाई पुनः सडकमा जमेको माटाे र धुल हटाएर प्राईम काेड नलगाएसम्म अगाडिको काम नगर्ने निर्देशन दिएको मेयर बगडियाले बताए।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...