News Portal

प्रदेश सरकारपछि स्थानीय प्रशासनले क्रसर उद्योगमाथि छानविन गर्दै

हिमालीसंचार संवाददाता
४६३ पटक

वीरेन्द्रनगर – सुर्खेतमा सञ्चालित क्रसर उद्योग तथा बालुवा प्रशोधन उद्योगलाई कानुनी पुरा गरेनगरेको बारे जिल्ला प्रशासन कार्यालय सुर्खेतले सञ्चालन प्रमाणपत्र पेश गर्ने दिएको ३ दिने म्यादभित्र ८ वटा उद्योगले कागजपत्र बुझाएका छन्।

उद्योगहरुले कानुनी प्रक्रिया पूरा गरेको अनुमति प्रमाणपत्र जिल्ला प्रशासन कार्यालयमा पेश गरेका हुन्। अहिले १३ वटामध्ये ७ वटा उद्योगले काजगपत्र पेश गरेको प्रसासकिय अधिकृत पदमलाल लामेछानेले बताए।

कागजपत्रमाथि छानविन गरेर उद्योगमा अनुगमन गरिने प्रशासकिय अधिकृत लामेछानेले बताए। त्यस्तै, ३ वटा अस्थाई उद्योगहरुले पनि कागजपत्र पेश गरेका छन्।

प्रशासन कार्यालयले दिएको म्यादभित्र त्रिशक्ति क्रसर उद्योग, देउती क्रसर उद्योग, भेरी एग्रीगेट एण्ड सेण्ड रिफाईनरी उद्योग, न्यू देउती बालुवा मोरङ्ग प्रशोधन उद्योग, हिमाल बालुवा प्रशोधन उद्योग, भेरी बालुवा प्रशोधन उद्योग र लेकबेसी बालुवा प्रशोधनले मनकामना हिमपाईप तथा ब्लग उद्योगको नामबाट दर्ता गरेको छ।

त्यस्तै, अस्थाई दर्ता भएका क्रसर उद्योगहरुमा सपना आर्शिस एण्ड शंकर जेभी, लामा राजेन्द्र श्याम एण्ड शंकर जेभी , महालक्ष्मी किराटेश्वर केएसके कन्टशन जेभी रहेका छन्। उनीहरुले सडक निर्माणका लागि क्रसर उद्योग अस्थाई दर्ता गरेका हुन्। धेरैजसो घरेलुमा दर्ता भएको पाईएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

एक हप्ता पहिले प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा बसेको बैठकले ३ दिनभित्र सुर्खेतमा सञ्चालन भएका क्रसर उद्योगले सञ्चालन तथा दर्ता प्रमाणपत्र पेश गर्नुपर्ने निर्णय गरेको थियो।

यसअघि मन्त्रिपरिषद्ले सबै जिल्लामा सञ्चालित अवैध क्रसर उद्योग बन्द गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको थियो। सोहीअनुसार जिल्ला प्रशासन कार्यालयले यहाँका क्रसर उद्योग तथा बालुवा प्रशोधन उद्योगलाई आफ्ना कागजात बुझाउन भनेको थियो।

यसअघि पनि कर्णाली प्रदेश सरकारले समेत अवैध रुपमा सञ्चालन भएका क्रसर उद्योग तथा बालुवा प्रशोधन उद्योगको अनुगमन गरेको थियो। अनुगमनमा सुर्खेतमा एउटा मात्र क्रसर उद्योग दर्ता भएको अरु अवैध रुपमा चलेको प्रतिवेदन सार्वजनिक गरेको थियो।

महिनादिन नवित्दै अहिले ७ वटा क्रसर उद्योगले दर्ता प्रमाण पत्र पेश गरेको हुन्। प्रदेश सरकारले गरेको अनुगमन र प्रशासन कार्यालयले गर्ने अनुगमन एउटै हुन्छ या फरकफरक आउछ त्यो भने हेर्न भने बाँकी रहेको छ।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...