News Portal

भेरी नदीमा ६ वर्षदेखि र्‍याप्टिङ अलपत्र

हिमालीसंचार संवाददाता
३८८ पटक

भीमबहादुर सिंह,
जाजरकोट – प्रथम जाजरकोट महोत्सवको अवसरमा भेरी नदीमा ६ वर्षअघि तामझामका साथ उद्घाटन गरिएको जलयात्रा (र्‍याप्टिङ) अलपत्र परेको छ। भेरी नदीमा रिम्ना बजारदेखि जगतीपुरस्थित मटेलासम्म २० किलोमिटर दूरीमा र्‍याप्टिङ सञ्चालन गर्ने गरी सुरु गरिएको थियो।

पूर्वाधार निर्माणबिनै हचुवामा सुरु भएको जलयात्रा नियमित हुन नसकेको स्थानीय राजु शर्माले बताए। ‘जलयात्रा सञ्चालन नहुँदा जिल्लाको पर्यटन प्रवर्द्धन हुन सकेको छैन,’ उनले भने, ‘भेरी नदी आसपासका क्षेत्रमा आर्थिक गतिविधि सुनसान छ।

नेपाल पर्यटन बोर्ड र प्रथम जाजरकोट महोत्सव आयोजक समितिको लगानीमा भेरी–कर्णाली एडभेञ्चर प्रालि, सुर्खेतले जलयात्रा सुरु गरेको थियो। एडभेञ्चरले दुइटा डुंगा ल्याएर नदीमा जलयात्रा सुरु गरे पनि दीगो नबन्दा जाजरकोटको पर्यटन क्षेत्र खस्किएको व्यवसायी कमानबहादुर खड्काले बताए।

अन्य नदीको तुलनामा भेरी नदीमा जलयात्रा गर्न सहज र कम जोखिम छ,’ उनले भने, ‘जलयात्रा सुचारु गरे आन्तरिक र बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्न सक्थ्यो।’ उनका अनुसार भेरी नदीमा २० किलोमिटर दूरीको यात्रा गर्न २ घण्टा समय लाग्ने गरेको छ। पर्यटन प्रवर्द्धनमा स्थानीय सरकार गम्भीर नभएको उनको आरोप छ।

अर्का व्यवसायी गोपी वुढाले भेरी नदीमा डोल्पाको दुनैदेखि बर्दियासम्म सहजरुपमा जलयात्रा गर्न सकिने बताए। उनका अनुसार पूर्वाधार, जनशक्ति र बजेट अभावमा जलयात्रा अलपत्र परेको हो। जलयात्राले जिल्लाको आर्थिक वृद्धिमा पनि सहयोग पुर्‍याउने अपेक्षा गरिएको उनले बताए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २७ गतेको राशिफल

आज माघ २७, २०८२ ( फेब्रुअरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अख्तियार प्रमुख राई भन्छन् : भ्रष्टाचारविरुद्धको अभियानले जनविश्वास बढायो

काठमाडौं, २६ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण सरकारको...

फागुन २१ को निर्वाचन देशकै जितका लागि : लामिछाने

बुटवल, माघ २६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी फागुन २१...

आज २०८२ साल माघ २६ गतेको राशिफल

आज माघ २६, २०८२ ( फेब्रुअरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...