News Portal

  • भेरी नदीमा ६ वर्षदेखि र्‍याप्टिङ अलपत्र

    हिमालीसंचार संवाददाता
    ३१९ पटक

    भीमबहादुर सिंह,
    जाजरकोट – प्रथम जाजरकोट महोत्सवको अवसरमा भेरी नदीमा ६ वर्षअघि तामझामका साथ उद्घाटन गरिएको जलयात्रा (र्‍याप्टिङ) अलपत्र परेको छ। भेरी नदीमा रिम्ना बजारदेखि जगतीपुरस्थित मटेलासम्म २० किलोमिटर दूरीमा र्‍याप्टिङ सञ्चालन गर्ने गरी सुरु गरिएको थियो।

    पूर्वाधार निर्माणबिनै हचुवामा सुरु भएको जलयात्रा नियमित हुन नसकेको स्थानीय राजु शर्माले बताए। ‘जलयात्रा सञ्चालन नहुँदा जिल्लाको पर्यटन प्रवर्द्धन हुन सकेको छैन,’ उनले भने, ‘भेरी नदी आसपासका क्षेत्रमा आर्थिक गतिविधि सुनसान छ।

    नेपाल पर्यटन बोर्ड र प्रथम जाजरकोट महोत्सव आयोजक समितिको लगानीमा भेरी–कर्णाली एडभेञ्चर प्रालि, सुर्खेतले जलयात्रा सुरु गरेको थियो। एडभेञ्चरले दुइटा डुंगा ल्याएर नदीमा जलयात्रा सुरु गरे पनि दीगो नबन्दा जाजरकोटको पर्यटन क्षेत्र खस्किएको व्यवसायी कमानबहादुर खड्काले बताए।

    अन्य नदीको तुलनामा भेरी नदीमा जलयात्रा गर्न सहज र कम जोखिम छ,’ उनले भने, ‘जलयात्रा सुचारु गरे आन्तरिक र बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्न सक्थ्यो।’ उनका अनुसार भेरी नदीमा २० किलोमिटर दूरीको यात्रा गर्न २ घण्टा समय लाग्ने गरेको छ। पर्यटन प्रवर्द्धनमा स्थानीय सरकार गम्भीर नभएको उनको आरोप छ।

    अर्का व्यवसायी गोपी वुढाले भेरी नदीमा डोल्पाको दुनैदेखि बर्दियासम्म सहजरुपमा जलयात्रा गर्न सकिने बताए। उनका अनुसार पूर्वाधार, जनशक्ति र बजेट अभावमा जलयात्रा अलपत्र परेको हो। जलयात्राले जिल्लाको आर्थिक वृद्धिमा पनि सहयोग पुर्‍याउने अपेक्षा गरिएको उनले बताए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    आधुनिक सामग्री निर्माणको एड्भान्स तालिम सुरु

    रविन्द्र बराल/ मोरङ, असार २५ – रंगेली नगरपालिकामा बाँसबाट आधुनिक सामग्री निर्माणसम्बन्धी एक महिनाको एड्भान्स...

    देशभित्र आशा र आत्मविश्वास जगाउनेलाई सम्मान भएन : कुलमान घिसिङ

    दुबई, असार २५ – नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले देशभित्र आशा र...

    शुक्रबारसम्म देशका विभिन्न ठाउँमा आकस्मिक बाढीको जोखिम, सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाको आग्रह

    काठमाडौं, असार २५ – देशभरको जलवायु अवस्था हेर्दा केही दिनयता निरन्तर पानी परिरहेकाले साना नदीहरूमा...

    हिमाचलमा कुकुरले बचायो ६७ जनाको ज्यान

    भारत, असार २५ – हिमाचल प्रदेशको मण्डी जिल्लामा एउटा साधारण घरपालुवा कुकुरले अनायासै ठूलो मानवीय...

    आज २०८२ साल असार २५ गतेको राशिफल

    आज असार २५, २०८२ (जुलाई ९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...