News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • सचिवालय बैठक १ बजे बालुवाटारमा त्यसपछि मन्त्रिपरिषद्को बैठक २ बजे बस्ने

    हिमालीसंचार संवाददाता
    ३१८ पटक

    काठमाण्डौ – बुधवार दिउँसो १ बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक २ बजेलाई सारिएको छ । नेकपाको सचिवालय बैठककै समय पारेर मन्त्रिपरिषद् बैठक बस्दा गलत सन्देश जाने भएकाले बैठक सारिएको बालुवाटार स्रोतले बताएको छ ।

    यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठकसँगै जुधाएर मन्त्रिपरिषद् बैठक डाकेका थिए । सचिवालय बैठकसँगै जुधाएर मन्त्रिपरिषद् बैठक बस्दा बाहिर गलत सन्देश जाने आफूनिकट नेताहरुको सुझावपछि प्रधानमन्त्री ओलीले बैठक सारेको बताइएको छ ।

    यसैबीच नेकपाको सचिवालय बैठक भने पूर्वनिर्धारित तालिकाअनुसार नै दिउँसो १ बजे बालुवाटारमै बस्ने भएको छ । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले पूर्वनिर्धारित कार्यक्रमअनुसार बुधबार दिउँसो एक बजे बालुवाटारमा सचिवालय बैठक बस्ने जानकारी दिएका हुन् । सचिवालय बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली पनि सहभागी हुने बताइएको छ ।

    कात्तिक २८ को सचिवालय बैठकमा प्रस्तुत भएका प्रस्ताव तथा पत्रमाथि ३ मंसिरमा छलफल गर्ने तय भएको थियो । तर, प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष ओलीले बुधबारको सचिवालय बैठक सार्न प्रयास गरिरहेका थिए।

    अध्यक्ष ओलीको सन्देश लिएर पार्टी महासचिव विष्णु पौडेल मंगलबार बिहान अध्यक्ष दाहालकहाँ पुगेका थिए । दहालले प्रधानमन्त्री उपस्थित नभए पनि बुधबार बैठक बस्ने अडान राखेपछि पौडेल फर्किएका थिए । त्यसपछि साँझ बालुवाटारमा ओलीले आफू निकट नेताहरुसँग सघन संवाद पनि गरेका थिए । रासस

    प्रतिकृया दिनुहोस्

    जनकपुर विषकाण्ड: तीन सन्तानपछि आमाको पनि निधन, शिशुको अवस्था सुधारोन्मुख

    जनकपुरधाम, वैशाख १२ – धनुषाको शहिदनगर–५ बस्ने पविता कुमारी साहको जनकपुरधामस्थित राम जानकी अस्पतालमा उपचारका...

    कांग्रेस नेताका छोरा भाटभटेनी लुटपाटमा संलग्न रहेको दाबी : लिङ्देन

    काठमाडौं, वैशाख १२ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली कांग्रेसका एक नेताका...

    ट्राफिक प्रहरीको कुटपिटको अर्को भिडियो पनि सार्वजनिक, अनुसन्धानमा प्रहरी प्रशासन

    काठमाडौं, वैशाख १२ – राजधानी काठमाडौंमा ट्राफिक प्रहरीको आक्रोशपूर्ण व्यवहारसम्बन्धी अर्को भिडियो सार्वजनिक भएको छ।...

    बुढीगंगा नदीमा हामफालेका एक युवाको ज्यान गयो, दुई जना घाइते

    कैलाली, वैशाख १२ – बाजुराको बुढीगंगा नदीमा एकैपटक हामफालेका तीन जना व्यक्तिमध्ये एक जनाको ज्यान...

    रंगेलीकाे ९ वटै वडामा पाठेघर सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर संचालन

    मोरङक, वैशाख १२ – रंगेली नगरपालिकाले महिलाहरूका लागि पाठेघर सम्बन्धी निःशुल्क स्वास्थ्य शिविरको संचालन सुरु...