News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • शिक्षकलाई तलब खुवाउने लोभमा नमूना भवन ठेक्कामा, ठेकेदार ३५ लाख लगेर फरार

    हिमालीसंचार संवाददाता
    ३३३ पटक

    मान्मा – कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं.२ मा रहेको पञ्चदेव माध्यमिक विद्यालय भवन निर्माण अलपत्र परेको छ। प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले गत आर्थिक वर्षमा उक्त विद्यालयमा पक्की भवन निर्माण गर्न भन्दै ५० लाख रुपैंया विनियोजन गरेको थियो।

    भवन निर्माणबारे स्थानीय र विद्यालय व्यवस्थापन समितिबीचको समझदारीका कारण विव्यसले ठेकेदारलाई निर्माणको जिम्मा दिएको थियो। ठेकेदार सुरज मल्लले भवन निर्माण गरेपनि अहिले निर्माण पुरा नहुँदै बालुवा झर्न थालेको छ। भवनको प्लाष्टर गरेदेखि पानीले नचारेका कारण बालुवा झरेर धेरै स्थानमा भत्किएको छ।

    विद्यालयमा कार्यरत शिक्षकलाई तलब खुवाउने लोभमा ठेकेदारलाई ठेक्का दिदा भवन निर्माण अलपत्र परेको हो। प्रदेश सरकारले ६ कोठे पक्की भवनका लागि ५० लाख रुपैंया विद्यालयको खातामा जम्मा गरिसकेको छ भने, ठेकेदारले विद्यालयबाट ३५ लाख रुपैंया लिइसकेका छन्।

    मजदुरले पाएनन् ज्याला, २ महिनादेखि चेक साटिएन

    खाँडाचक्र-२ निवासी कृष्णचन्द्र बराल उक्त विद्यालयका अभिभावक पनि हुन। उनले त्यहाँ काम गरे वापतको ज्याला अहिलेसम्म पाएका छैनन् तर, ठेकेदार मल्लले भने रकम नगर शिक्षा समितिबाट लगिसकेका छन्। उनले ५६ हजार २ सय ५० रुपैंया लिन बाँकी रहेको बताए।

    मैले काम गरेको रकम पाउन सकेको छैन। ठेकेदार लापत्ता भएका छन्, उनले भने। विद्यालयको मिलेमतोमा स्थानीयलाई भवन निर्माण गर्न नदिइएका कारण अहिले यस्तो समस्या आएको उनको भनाई छ।

    मेटको रुपमा काम गर्दै आइरहेका पदम शाहीले एक लाख सात हजार रुपैयाँ उनी आफैले लिन बाँकी रहेको बताए। खातामा गएको ३ सय रुपैया रहेछ। ठेकेदारले आफ्नो व्यक्तिगत खाताको चेक दिएको छ। उनी भन्छन्, ४ लाख ७० हजार रुपैंया र मेरो नाममा दुइ वटा चेक काटेको २ महिना भन्दा बढि भएको छ। बैंकमा जाँदा बैंकले खातामा पैसा छैन भन्छ। त्यो पैसा कसरी असुल गर्ने भन्ने चिन्ता भएको छ।

    अर्का स्थानीय रमेश शाहीले पचास लाखको भवनको टेण्डर गर्नुपर्नेमा नगरिएको बताए। भवन निर्माणमा के भएको हो मन्त्रालयले छानविन गर्न आवश्यक छ। कतै रकमको चलखेल पो भएको हो कि ? उनले शंका व्यक्त गर्दै लोकान्तरसँग भने, काम चलाउ विव्यस भएका कारण भवन निर्माणमा लापरवाही भएको मेरो अनुमान छ। कतै विद्यालयले भवन नै पाएका छैनन्, भवन पाएको सदरमुकामको विद्यालयको हालत यस्तो छ।

    विद्यालयका प्रधानाध्यापक सर्वराज बमले आफूलाई भवनको योजना आएको थाहै नभएको बताए। मलाई विद्यालयमा विव्यस अध्यक्षले जग्गा हेर्न आएको देख्दा किन जग्गा हेर्न थालेका हुन भन्ने थाहा थिएन। पछि मैले सोध्दा मात्रै योजना आएको जानकारी पाएको थिएँ। उनले भने, पछि विद्यालयलाई आर्थिक सहयोग हुने लोभमा सबैको सल्लाह अनुसार भवन निर्माणको जिम्मा दिएका हौं।

    गएको पौषमा उनीसँग सम्झौता गरिएको उनको भनाई छ। ठेकेदार मल्लसँग सम्झौता पौसमा सम्झौता भएको थियो। काम माघबाट सुरु भएको हो। ठेकेदारलाई पहिले १५ लाख दिएका हौं। पछिल्लोपटक २० लाख पनि लगेका छन्। दुइ हप्तामा काम सकाउने लक्ष्यका साथ उक्त रकम दिएका थियौं तर, ठेकेदारले न फोन रेस्पोन्स गर्छन न सम्पर्कमा नै आउँछन्। उनका कारण विद्यालयको खाता रोकका भएको छ। उनले ५० लाखमा ४५ लाखमा काम गर्ने सम्झौता गरेका थिए।

    अब हाम्रो खातामा १५ लाख जम्मा रहेको छ। उनले भने, पैसा धेरै लिइसकेको तर काम भने कम्तिमा पचास प्रतिशत बाँकी रहेको छ। भवन निर्माण गर्दा विभिन्न कमजोरी भएको छ। प्लाष्टर गरेको दिनदेखि एक दिन पनि चारिएको छैन। उनी भन्छन्, सालको काठ ल्याउन समस्या हुने भएका कारण झ्याल ढोका फलामको बनाउने समझदारी भएको थियो, त्यो पनि कमजोर बनाएको छ।

    त्यसलाई सुधार्छु भनेपनि सुधारिएको छैन। आफूहरुले टेण्डर आव्हान नगर्नु कमजोरी भएको उनले स्वीकार गरे। उनले ठेकेदारले ४५ लाखमा काम सम्पन्न गर्न नसकेको खण्डमा जस्तो सुकै कारवाही पनि भोग्न तयार रहेको कागज गरिएको जानकारी दिए।

    यता, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेशबहादुर शाहीले ठेकेदारलाई जति सम्झाउँदा पनि काम नभएको बताए। उसलाई हामीले ठेक्का दिएका थियौं। टेण्डर आव्हान भन्दा पनि सहमतिमा नै उसलाई जिम्मा दिएका हौं। उनले भने, पछिल्लो समयमा उनी हाम्रो सम्पर्कमा आएका छैनन्। नमूना विद्यालय भवन निर्माण गर्ने भनेकोमा अहिले अलपत्र अवस्थामा पुगेको छ।

    आफूहरुले ठेकेदारलाई सामान देखि आवश्यक रकम उपलब्ध गराउँदा पनि काम नगरेको गुनासो गरे। उनले पनि विद्यालयलाई केहि आम्दानी हुने हिसाबमा भवन ठेक्कामा दिइएको बताए। यसमा हाम्रो अन्य कुनै स्वार्थ छैन। उनले भने, विद्यालयलाई थोरै आम्दानी हुने आशाले यस्तो बनाएको हो।

    इन्जिनियर सुरेन्द्रबहादुर शाहीका अनुसार भवन निर्माणमा प्राविधिक जनशक्तिको सल्लाह अनुसार काम नभएको बताए। उनले निर्माणकर्ताले सिमेन्ट प्रयोग गर्दा बारम्बार चार्नुपर्नेमा नचारेको, भवनमा सरिया बाहिरै देखाएको, डिजाईन अनुसार भवन निर्माण नभएको बताए।

    भवनको झ्यालहरु उक्किन थालेका छन्। सरियाहरु भित्रै राख्नुपर्नेमा बाहिर देखाइएको छ। पानीले प्लाष्टर र छत चार्नुपर्नेमा प्लाष्टर गरेर छोडने काम भएको छ। उनले भने, यहि कारण भवनमा प्रयोग गरिएको बालुवा र सिमेन्ट झर्न थालेको हो। उनले निर्माणकर्ता र उपभोक्ता समितिले विद्यालय भवनको ध्यान दिन नसक्दा यस्तो अवस्था आएको हुनसक्ने बताए।

    यता, ठेकेदार मल्लसँग बारम्बार फोन सम्पर्क गर्ने प्रयास असफल भयो। उनको मोबाइल अफ रहेको छ। सामाजिक विकास मन्त्रालयले एक निर्वाचन क्षेत्रमा एक नमूना विद्यालय निर्माण गर्ने घोषणा अनुरुप प्रत्येक निर्वाचन क्षेत्रमा ६ कोठे पक्की नमूना भवन निर्माणका लागि बजेट विनियोजन गरिरहेको छ। कर्णालीमा २४ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेका छन्।

    प्रतिकृया दिनुहोस्

    आयुर्वेदिक स्वास्थ्य केन्द्रमा बिरामीकाे चाप बढ्दै

    मोरङ। माेरङकाे रंगेली नगरपालिका ७ स्थित वडा कार्यलयकाे भवनमा बिगत ४ बर्षदेखी मेरो स्वास्थ्य मेरो...

    पाथीभरामा विदेशी पर्यटकको आगमन बढ्दै

    ताप्लेजुङ। ताप्लेजुङस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरामा पछिल्लो समय विदेशी पर्यटकको आगमन बढ्दै गएको छ। पाथीभराको दर्शनसँगै...

    भेटेरिनरी अस्पताल अस्तब्यस्त, सेवा नपाउँदा किसान निराश

    सिरहा। सदरमुकाममा सिरहाम रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र अस्तव्यस्त अवस्थामा रहेको छ। अस्पताल...

    इजरायल र हिजबुल्लाहबीच युद्धविराम

    एजेन्सी। अमेरिका र फ्रान्सद्वारा मध्यस्थ गरिएको सम्झौतामा दुवै पक्ष सहमत भएको भन्दै अमेरिकी राष्ट्रपति जो...

    प्रधानमन्त्री ओलीकाे कम्बोडिया काण्ड छानविनका लागि संसदीय समिति बनाउन राप्रपाको माग

    काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवं प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले कम्बोडिया काण्डमा प्रधानमन्त्री केपी...