News Portal

  • कोरोना खोप लगाएका व्यक्तिमा देखिए यस्ता ‘साइड इफेक्ट’

    हिमालीसंचार संवाददाता
    ४३६ पटक

    एजेन्सी – अमेरिकी कम्पनी फाइजरले कोरोनाविरुद्ध विकास गरेको खोप लगाएका मानिसमा ‘साइड इफेक्ट’ देखिएका छन्। डेलिमेलको रिपोर्टअनुसार खोपको पहिलो डोज दिइएका धेरै स्वयंसेवकलाई विभिन्न असर देखिएका हुन्। खोप लगाएपछि उनीहरूमा टाउको दुख्ने, मांसपेशी दुख्ने र ज्वरो आउने लक्षण देखिएको बताइएको छ।

    यसअघि कम्पनीले कोरोनाबाट बचाउन खोप ९० प्रतिशत प्रभावकारी देखिएको दाबी गरेको थियो। रिपोर्टअनुसार तेस्रो चरणको परीक्षण खोप लगाउन ६ देशमा गरेर ४३ हजार ५ सय भन्दा बढी मानिस सहभागी भएका थिए। तर उनीहरूलाई खोप लगाइयो वा लगाइएन भन्नेबारे जानकारी दियएको थिएन।

    डेलिमेलमा प्रकाशित खबरअनुसार ४५ वर्षका एक स्वयंसेवकले पहिलो डोज लिँदा टाउको तथा शरीरमा दुखाइ महसुस गरे र दोस्रो डोज लिएपछि झन् समस्या बढ्दै गयो। खोप लिएका अर्का एक व्यक्ति भन्छन्, ‘खोप लगाइसकेपछि ‘ह्याङओभर’जस्तो महसुस भयो, तर यस्तो लक्षण केही समयका लागि मात्र भयो।’

    मिडिया रिपोर्टका अनुसार परीक्षणमा सहभागीमध्ये आधालाई मात्र खोप दिइएको थियो। यसो किन गरियो भने खोप लगाउने र नलगाउने समूहमा संक्रमणको अवस्था कस्तो देखिन्छ भन्ने थाहा पाउन।

    यो खोप वितरण पनि चुनौतीपूर्ण छ। कम्पनीले यस वर्षको अन्त्यसम्ममा बेलायत सरकारलाई एक करोड डोज खोप उपलब्ध गराउने बताएको छ। यो खोप भण्डारणका लागि माइनस ७० डिग्री तापक्रम आवश्यक पर्छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    मोबाइलको लतमा फसेका युवालाई गलत तत्वले प्रयोग गरेको पोखरेलको दाबी

    काठमाडौं, १७ कात्तिक — नेकपा एमालेका महासचिव शंकर पोखरेलले पछिल्लो समय मोबाइलको अत्यधिक प्रयोगमा रमाउने...

    युके पठाइदिन्छु भन्दै ४२ लाख ठगी गर्ने युवक पक्राउ

    काठमाडौँ, कार्तिक १७ – वैदेशिक रोजगारीका नाममा ठगी गर्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।...

    कैलालीमा दुई भारतीय नागरिक पक्राउ, २८ लाख रुपैयाँ बरामद

    कैलाली, कार्तिक १७ – स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित दुई भारतीय नागरिक कैलालीमा पक्राउ परेका...

    आज २०८२ साल कार्तिक १७ गतेको राशिफल

    आज कार्तिक १७, २०८२ (नोभेम्बर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    ‘पहिला देश’ अभियान अन्तर्गत माइतीघरमा प्रदर्शन र प्रहरी हस्तक्षेप

    काठमाडौं, कार्तिक १६ – डा. निकोलस भुसालले आह्वान गरेको प्रदर्शनमा सहभागी केही प्रदर्शनकारीहरुलाई प्रहरीले पक्राउ...