News Portal

कोरोना खोप लगाएका व्यक्तिमा देखिए यस्ता ‘साइड इफेक्ट’

हिमालीसंचार संवाददाता
५१४ पटक

एजेन्सी – अमेरिकी कम्पनी फाइजरले कोरोनाविरुद्ध विकास गरेको खोप लगाएका मानिसमा ‘साइड इफेक्ट’ देखिएका छन्। डेलिमेलको रिपोर्टअनुसार खोपको पहिलो डोज दिइएका धेरै स्वयंसेवकलाई विभिन्न असर देखिएका हुन्। खोप लगाएपछि उनीहरूमा टाउको दुख्ने, मांसपेशी दुख्ने र ज्वरो आउने लक्षण देखिएको बताइएको छ।

यसअघि कम्पनीले कोरोनाबाट बचाउन खोप ९० प्रतिशत प्रभावकारी देखिएको दाबी गरेको थियो। रिपोर्टअनुसार तेस्रो चरणको परीक्षण खोप लगाउन ६ देशमा गरेर ४३ हजार ५ सय भन्दा बढी मानिस सहभागी भएका थिए। तर उनीहरूलाई खोप लगाइयो वा लगाइएन भन्नेबारे जानकारी दियएको थिएन।

डेलिमेलमा प्रकाशित खबरअनुसार ४५ वर्षका एक स्वयंसेवकले पहिलो डोज लिँदा टाउको तथा शरीरमा दुखाइ महसुस गरे र दोस्रो डोज लिएपछि झन् समस्या बढ्दै गयो। खोप लिएका अर्का एक व्यक्ति भन्छन्, ‘खोप लगाइसकेपछि ‘ह्याङओभर’जस्तो महसुस भयो, तर यस्तो लक्षण केही समयका लागि मात्र भयो।’

मिडिया रिपोर्टका अनुसार परीक्षणमा सहभागीमध्ये आधालाई मात्र खोप दिइएको थियो। यसो किन गरियो भने खोप लगाउने र नलगाउने समूहमा संक्रमणको अवस्था कस्तो देखिन्छ भन्ने थाहा पाउन।

यो खोप वितरण पनि चुनौतीपूर्ण छ। कम्पनीले यस वर्षको अन्त्यसम्ममा बेलायत सरकारलाई एक करोड डोज खोप उपलब्ध गराउने बताएको छ। यो खोप भण्डारणका लागि माइनस ७० डिग्री तापक्रम आवश्यक पर्छ।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...