News Portal

  • ट्रम्पले गरे कार्यकालको अन्तिम समयमा इरानमा आक्रमणको योजना

    हिमालीसंचार संवाददाता
    ४३७ पटक

    एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको प्राथमिक आणविक साइटमा आक्रमण गर्ने योजना बनाएको कुरा न्युर्योक टाइम्सले उल्लेख गरेको छ। ह्वाइट हाउसको ओभल अफिसमा ट्रम्पले आफ्ना सल्लाहकारहरु सँग इरानमा आक्रमण गर्ने या नगर्ने भनेर सुझाव लिएको बताइएको छ।

    सो क्रममा उपराष्ट्रपति माइक पेन्स, विदेशमन्त्री माइक पोम्पिओ, कार्यकारी रक्षामन्त्री क्रिस्टोफर मिलरलगायतले ट्रम्पलाई इरानमा आक्रमण नगरौं भनेर सल्लाह दिएको न्युयोर्क टाइम्समा जनाइएको छ।

    ईन्टरनेसनल अटोमिक इनर्जी एजेन्सीले इरानले सन् २०१५ को आणविक सम्झौता बमोजिम युरेनियमको उत्पादनलाई सीमित नगरेको प्रतिवेदन सार्वजनिक गरेपछि ट्रम्प रुष्ट बनेका थिए।

    अमेरिका र इरानसहित पाँच देशले यस सम्झौता गरेका थिए। जहाँ ३ सय केजीभन्दा बढी युरेनियम भण्डारन गर्न नपाइने नियम बनाइएको थियो। यद्यपी सन् २०१८ मा सम्झौताबाट अमेरिका अलग भइसकेको छ।

    त्यसयता इरानले युरेनियम उत्पादन र प्रसोधनलाई बढाइरहेको छ। हाल सम्झौता भन्दा १२ गुणा बढी इरानले युनेनियम भण्डारन गरेको प्रतिवेदनमा बताइएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    मोबाइलको लतमा फसेका युवालाई गलत तत्वले प्रयोग गरेको पोखरेलको दाबी

    काठमाडौं, १७ कात्तिक — नेकपा एमालेका महासचिव शंकर पोखरेलले पछिल्लो समय मोबाइलको अत्यधिक प्रयोगमा रमाउने...

    युके पठाइदिन्छु भन्दै ४२ लाख ठगी गर्ने युवक पक्राउ

    काठमाडौँ, कार्तिक १७ – वैदेशिक रोजगारीका नाममा ठगी गर्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।...

    कैलालीमा दुई भारतीय नागरिक पक्राउ, २८ लाख रुपैयाँ बरामद

    कैलाली, कार्तिक १७ – स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित दुई भारतीय नागरिक कैलालीमा पक्राउ परेका...

    आज २०८२ साल कार्तिक १७ गतेको राशिफल

    आज कार्तिक १७, २०८२ (नोभेम्बर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    ‘पहिला देश’ अभियान अन्तर्गत माइतीघरमा प्रदर्शन र प्रहरी हस्तक्षेप

    काठमाडौं, कार्तिक १६ – डा. निकोलस भुसालले आह्वान गरेको प्रदर्शनमा सहभागी केही प्रदर्शनकारीहरुलाई प्रहरीले पक्राउ...