News Portal

सल्यानका त्रिवेणी, कालीमाटी र बन्गाडकुपिण्डेमा मापदण्ड विपरीत क्रसर उद्योग सञ्चालन

हिमालीसंचार संवाददाता
३९४ पटक

सल्यान – त्रिवेणी, कालीमाटी गाउँपालिका र बन्गाडकुपिण्डे नगरपालिकामा सञ्चालित ३ क्रसर उद्योग मापदण्डविपरीत सञ्चालनमा रहेको पाइएको छ। जिल्ला प्रशासन र डिभिजन वन कार्यालयले गरेको अनुगमनका क्रममा जथाभावी क्रसर उद्योग सञ्चालनमा ल्याइएको भेटिएको हो।

त्रिवेणी गाउँपालिका–३ रिखेबजारमा पिमखोलाको गिट्टीबालुवा निकालेर क्रसर उद्योग सञ्चालनमा ल्याइएको छ भने कालीमाटी र बन्गाडकुपिण्डेमा सडक निर्माण गरिरहेका ठेकेदारले जथाभावी गिट्टी उत्पादन गरिरहेका छन्।

कालीमाटी र बन्गाडमा दर्ता नै नगरी उद्योग सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले बताए। ‘निश्चित अवधिमा मापदण्ड पूरा नगरे उद्योग सिल गरिनेछ,’ उनले भने, ‘वातावरण परीक्षण नै नगरी बस्तीदेखि एक किलोमिटरभित्रको दूरीमा उद्योग सञ्चालन भएको भेटियो।

बन्गाडकुपिण्डेमा विशाल निर्माण सेवा र कालिमाटीको रामपुरमा तुल्सीपुर– पुरन्धारा हुँदै सुर्खेतसम्म सडक स्तरोन्नतिको ठेक्का पाएको कालिका कन्स्ट्रक्सनले क्रसर उद्योग सञ्चालन गरिरहेको छ। रिखेबजारको पिमखोलामा बालुवा प्रशोधन उद्योगले बालुवा उत्पादनका नाममा गिट्टीढुंगा बिक्री गरिरहेको अनुगमनका क्रममा भेटिएको डिभिजन वन प्रमुख रेशम गिरीले बताएको विप्लव महर्जनले कान्तिपूरमा खबर लेखेका छन।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २७ गतेको राशिफल

आज माघ २७, २०८२ ( फेब्रुअरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अख्तियार प्रमुख राई भन्छन् : भ्रष्टाचारविरुद्धको अभियानले जनविश्वास बढायो

काठमाडौं, २६ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण सरकारको...

फागुन २१ को निर्वाचन देशकै जितका लागि : लामिछाने

बुटवल, माघ २६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी फागुन २१...

आज २०८२ साल माघ २६ गतेको राशिफल

आज माघ २६, २०८२ ( फेब्रुअरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...