News Portal

सल्यानका त्रिवेणी, कालीमाटी र बन्गाडकुपिण्डेमा मापदण्ड विपरीत क्रसर उद्योग सञ्चालन

हिमालीसंचार संवाददाता
३७९ पटक

सल्यान – त्रिवेणी, कालीमाटी गाउँपालिका र बन्गाडकुपिण्डे नगरपालिकामा सञ्चालित ३ क्रसर उद्योग मापदण्डविपरीत सञ्चालनमा रहेको पाइएको छ। जिल्ला प्रशासन र डिभिजन वन कार्यालयले गरेको अनुगमनका क्रममा जथाभावी क्रसर उद्योग सञ्चालनमा ल्याइएको भेटिएको हो।

त्रिवेणी गाउँपालिका–३ रिखेबजारमा पिमखोलाको गिट्टीबालुवा निकालेर क्रसर उद्योग सञ्चालनमा ल्याइएको छ भने कालीमाटी र बन्गाडकुपिण्डेमा सडक निर्माण गरिरहेका ठेकेदारले जथाभावी गिट्टी उत्पादन गरिरहेका छन्।

कालीमाटी र बन्गाडमा दर्ता नै नगरी उद्योग सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले बताए। ‘निश्चित अवधिमा मापदण्ड पूरा नगरे उद्योग सिल गरिनेछ,’ उनले भने, ‘वातावरण परीक्षण नै नगरी बस्तीदेखि एक किलोमिटरभित्रको दूरीमा उद्योग सञ्चालन भएको भेटियो।

बन्गाडकुपिण्डेमा विशाल निर्माण सेवा र कालिमाटीको रामपुरमा तुल्सीपुर– पुरन्धारा हुँदै सुर्खेतसम्म सडक स्तरोन्नतिको ठेक्का पाएको कालिका कन्स्ट्रक्सनले क्रसर उद्योग सञ्चालन गरिरहेको छ। रिखेबजारको पिमखोलामा बालुवा प्रशोधन उद्योगले बालुवा उत्पादनका नाममा गिट्टीढुंगा बिक्री गरिरहेको अनुगमनका क्रममा भेटिएको डिभिजन वन प्रमुख रेशम गिरीले बताएको विप्लव महर्जनले कान्तिपूरमा खबर लेखेका छन।

प्रतिकृया दिनुहोस्

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...