News Portal

बन्दुक बिसाएपछि सुरु गरेकाे भैंसी पालनबाट मालामाल

हिमालीसंचार संवाददाता
४५९ पटक

अछाम – अछाम जिल्लाको साविकको दर्ना गाविस–९ का ललित थापा अन्नपूर्ण माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययन गर्दागर्दै वि.सं. २०५७ मा तत्कालीन नेकपा माओवादीमा भूमिगत भए। वि.सं. २०५४ मै सङ्गठित भएपनि गाउँबाट माओवादीमा भूमिगत भएर जाने थापा पहिलो हुन्। त्यसपछि थापाका तीन भाइ, एक बहिनी पनि माओवादीमा भूमिगत भए।

गाउँसंँगै जोडिएको कैलाशखोलाको किनारमा आमाबुवाले सञ्चालन गरेको चिया पसल त्यसबेलाको दैनिक गुजारा गर्ने एक माध्यम भए पनि घरबाट ४ जना माओवादीमा गएपछि तत्कालीन नेपाली सेनाले त्यहाँ उनको परिवारलाई रहन खान दिएन।

कैयौँपटक ललितको बुवाले सेनाबाट कुटाइ खानुपर्यो भने आमाले तिरस्कार सहनुपर्यो। त्यति मात्र नभई पसल तोडफोडका साथै भएको सामानसमेत सेनाले लिएको ललित बताउछन्। “गर्यौँ भने असम्भव केही पनि छैन। म जनयुद्धदेखि अहिलेको व्यवसायसम्म कतै असफल भइनँ”, ललितले भने, “धैर्य र इमानदारी पहिलो कुरा हो, जहाँ धैर्य र इमान्दारी हुन्छ, त्यहाँ सफल भइन्छ।”

उनले वि.सं. २०६९ बाट व्यावसायिक भैँसीपालन शुरु गरे। दुईवटा थारो भैँसीबाट शुरु गरेको उनले एकपछि अर्को क्षेत्रलाई जोड्दै गएको जानकारी दिए। उनले दुई भैँसी किनेसंँगै तीन महिना जेटिए भेटेरेनरीको तालिमसमेत लिए। सस्तोमा किनेका थारो ब्याउने भए। त्यसपछि उनले थारो भैँसी किन्ने र त्यसको आवश्यक उपचार गरी ब्याउने भए महङ्गोमा बेच्ने अभियान नै थाले। त्यसबाट सफलता हासिल गरेका थापाले मासुका लागि पाडा उत्पादन शुरु गरे। उनले सफा मासुका लागि भन्दै १०० भन्दा बढी पाडा सङ्कलन गरी बिक्रीसमेत गरे।

दुई थारो भैँसीबाट शुरु गरेको व्यवसाय बढाउँदै उनले ४० वटा दुहुनो भैँसीसम्म पुर्याए। थापाले भैँसीको नश्ल सुधारका लागि भन्दै भारतको पलियाबाट उन्नत जातको राँगासमेत भित्र्याए। “म यति गर्दा पनि सन्तुष्ट हुन सकिनँ, एकपछि अर्को क्षेत्रलाई अँगाल्दै गएँ। मेहेनत र धैर्य महत्वपूर्ण हुँदोरहेछ”, थापाले भने, “त्यही मेहेनतले जनयुद्धका कैयौँ लडाइँ हुँदै अहिले व्यावसायिक कृषिमा समेत सफलता प्राप्त गरेको छु।” यो समाचार राजधानीदैनिकमा छापिएको छ।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...