News Portal

भाइटिकामा दिइने “भाइमसला”को महत्व !

हिमालीसंचार संवाददाता
६०३ पटक

भाइटीकामा आफ्ना माइतिका लागि सुस्वाथ्याका कामना सहित उपहारका रुपमा काजु, किसमिस, ओखर, बदाम, चकलेट, सुपारी, नरिवल, मखनलगायतका मिष्ठान्न परिकार माइतिलाई दिइन्छ, त्यस्ता  मसलालाई “भाइमसला”  भनिन्छ।

तिहारमा विशेषगरी भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि यस्तो किसिमका खाध्य मसाला दिने प्रचलन छ जो स्वास्थ्यका लागि पनि निकै उपयोगी मानिन्छ। यस्ता मसलाले शारीरिक विकासका साथै रोगसित लड्नसक्ने क्षमता समेत वृद्धि गर्ने साथै कोलेस्ट्रोल समेत नियन्त्रण गर्ने गर्दछ।

ओखर

वढी मात्रामा प्रयोग गरिने मसाला भित्र ओखर पर्दछ। जसमा एन्टी अक्सिडेन्ट नामक तत्व हुन्छ जसले कपाल तथा छालासम्बन्धी समस्याबाट मुक्ति मिल्नुका साथै बढ्दो उमेरमा हुने चाउरीपनाबाट छुटकाराका लागि मद्धत मिल्दछ। यसमा पाइने फाइबरले पाचनक्रियालाई बलियो बनाउँछ। यसको नियमित सेवनले कब्जियत सम्बन्धी समस्याबाट मुक्ति मिल्नुका साथै मृर्गौलामा पत्थरी हुनबाट जोगाउँछ।

किसमिस

अंगुरलाई सुकाएर बनाइने किसमिस मानव स्वास्थ्यको लागि धेरै नै फाइदाजनक मानिन्छ। किसमिसलाई आइरनको राम्रो स्रोत मानिन्छ। यो रक्तअल्पता एवं कब्जियत हटाउन सहयोगी हुन्छ। किसमिसमा रहेको आइरन, पोटासियम, क्याल्सियम, म्याग्नेसियम तथा अधिक मात्रामा फाबर हुने गर्दछ। किसमिसमा पाइने यी तत्वले मुटुरोगीका लागि निकै उपयोयी मानिन्छ। त्यस्तै कोलस्टोर घटाउन छालामा चमक ल्याउन पनि निकै राम्रो मानिन्छ। त्यसमा पनि कुनै पनि रोगको उपचार पछि रिकभरी पिरियडमा किसमिसको सेवन लाभदायी हुन्छ।

काजु

काजु पनि मसलाको मूख्य मिठाई अन्तरगर्त पर्दछ। यसले मुटुलाई स्वस्थ र बलियो राख्छ। काजुको सेवनले शरीरमा इन्सुलिनको मात्रा बढाउँछ जसले गर्दा डायबेटिज नियन्त्रित अवस्थामा रहन्छ। काजुमा पाइने कार्बोहाइड्रेट, प्रोटिन, आइरन, जिंक, म्याग्नेसियम, कपर आदिले हड्डी, दाँत आदिलाइ बलियो बनाउन मद्धत गर्दछ।

बदाम

भाई मसलामा बदाम पनि पर्दछ जसले रक्तकोष तथा हेमोग्लोबिनको विकासमा सहयोग पुर्याउँछ। साथै मधुमेह र मुटुको रोगको उपचारमा समेत मद्धत गर्छ। बदामको यस्तो पोषक तत्व पाइन्छ, जसले स्मरण शक्ति बढाउन र मष्तिष्कको विकासको लागि फाइदाजनक हुन्छ।

पेस्ता

यो पनि भाइ मसलाको प्रमुख मसला भित्र पर्दछ। यसले शरीरलाई लागि निकै फाइदाजनक हुन्छ। पेस्तामा भिटामिन ई पाइन्छ। यसले छालालाई युभी ड्यामेजबाट सुरक्षा प्रदान गर्नुका साथै छालाको क्यान्सर तथा उमेरअघि नै देखिने चाउरीपनमा राहत दिन्छ।

नरिवल

भाइमसलामा दिदी बहीनीले नरिबलको पनि प्रयोग गर्ने गर्दछन्। यसले ढिलो गरी पाचन हुने, मूत्राशय शोधक, ग्राही, पुष्टिकारक, बलवर्धक, रक्तविकार नाशक, दाह शामक र वातपित्त नाशकको रुपमा नरिबललाई लिइन्छ।

त्यस्तै नरिवलमा भिटामिन ‘ए’, ‘बी’, ‘सी’ सँगै प्रोटिन, क्याल्सियम र फलाम पाइन्छ। यसका साथै भाइ मसलामा विभिन्न थरीका मिठाईहरु, सुपारी, हाडेलगायत अन्य मिठाइहरु पनि समावेश गर्ने गरिन्छ।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...