News Portal

  • प्रश्नहरूको गलेनीघारी – हिमाली संचार

    हिमालीसंचार संवाददाता
    ४४१ पटक

    देहातका बेफुर्सदी पीडाहरू
    आँसुले गलेको सहरमा
    एक धिरी नुनसँग सटही गर्न
    यति लामो लाइनमा
    खोई कहाँनेर कसरी उभिऊँ म ?
    विश्वास गुमाएर
    मनको छहारी भत्किएको बेला
    जीवनका मूल्यहरू
    कुन दोबाटोमा भेटाउलान् र
    सुदामाजस्ता हज्जारौं दुखी ग्वालाहरूले ?

    सपनाको जङ्गलमा हराएर
    अधुरो गीत गाउँदै हिँडेको भरियाझैँ
    अथवा,
    भौतिक उत्प्रेरणाका जलकुम्भीहरू
    मष्तिष्कभरि फैलिएर
    शून्यमूल्यमा झरेको क्रान्तिकारी नेताझैँ
    अझ भनौं,
    प्रेमको धागो टुटेर
    कुनै खण्डहरमा झरेको पुरानो चङ्गाझैँ
    कहाँ र कसरी खोजूँ म
    अब जीवनका शीतल चौतारीहरू ?

    चुर बिक्री भइरहेको संसदघरमा
    अन्तर्राष्ट्रिय टेण्डर परेपछि
    स्वाभिमान गुमाएर
    उदासिएको राष्ट्रिय झण्डाको शिरमाथि
    पप्पी फूलहरू सिउरिएर
    समयले मृत्यु गीत गाइरहेको बेला
    बजारमा भोक बेचेर
    जिन्दगी किनिरहेको निरीह देशमा
    कसरी स्थापित होलान्
    माक्र्सका समाजवादी दर्शनहरू ?

    स्वाधीनता लिलामघरमा राखेर
    बन्धकी पत्रहरूमा
    हस्ताक्षर गर्न विवश पारिएको
    एउटा लाचार कठपुतली शासकझैँ
    अथवा,
    उन्मादी वैँसका नपुंसकताहरूमा
    प्रेमिकाले छोडिदिएको निम्छरो प्रेमीझैँ
    या त,
    युध्दबन्दी सैनिक छोरोलाई छुटाउन
    दुश्मनको शिविरभित्र
    याचना गरिरहेकी अर्धवैँसे आमाझैँ
    अब कसरी फुलाऊँ म
    जिन्दगीमा भरोसाका रक्तिम थुँगाहरू ?

    घाटा बजेटले रेटेर
    विश्वास गुमाएको डेरावालझैँ
    अथवा,
    ऋणले चुर्लुम्म डुबेको देशमा
    जगेडा राखेर
    घर पठाइएको निर्धो सचिवझैँ
    अझ भनौं,
    बिष्टिनीको कृपा पर्खेर
    कुवाको अन्तिम लाइन नजिकै
    चुपचाप उभिएकी कान्छी दमिनीझैँ
    अब कसरी राखूँ म
    पुर्पुरामाथि आशै आशका उर्वर ब्याडहरू ?

    ओइ ठुल्कान्छी !
    तिम्रो पिरतीको थैली खोलेर
    हेर न एकचोटि
    केही प्रश्नहरू पो बाँकी छन् कि ?
    ओ अर्थमन्त्रीज्यू !
    बजेटको रातो ब्रिफकेस उघारेर
    हेर्नुस् न एकचोटि
    केही प्रश्नहरू अझै अनुत्तरित छन् कि ?
    यो प्रश्नैप्रश्नको गलेनीघारीमा
    आजसम्म पनि,
    किन वनडढेलो सल्किँदैन हँ ?

    ✍प्रथा

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

    भिजिट भिसा प्रकरणमा रास्वपा र राप्रपा एकै धारमा, संसद् बहिष्कार गर्दै दबाव बढाउँदै

    काठमाडौं, असार ६ – भिजिट भिसा प्रकरणलाई लिएर लामो समयदेखि आ-आफ्नै शैलीमा विरोध गर्दै आएका...

    बेल्जियमस्थित नेपाली दूतावासमा अन्तरक्रिया

    ब्रसेल्स। ब्रसेल्सस्थित नेपाली दूतावासले बेल्जियममा सक्रिय नेपाली संघसंस्था एवम् समाजका अगुवाहरुसंग अन्तरक्रिया गरेको छ। बेनेलक्स...

    सर्वोच्चले एनआरएनए विवादबारे सुनाएको पुनरावलोकनको निस्साको अर्थ के हो ?

    ‘फैसला अनुसार काम सम्पन्न भइसक्यो’ काठमाडौं, असार ६ — सर्वोच्च अदालतको पूर्ण इजलासले गैरआवासीय नेपाली...

    सभामुखको पहलमा रास्वपासँग छलफल, संसद अवरोध नहुने आशा

    काठमाडौं, असार ६ – प्रतिनिधिसभामा आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम तय भएसँगै...

    नवलपरासीमा यात्रुबाहक बस खोलामा बगायो, ४० जना यात्रुको सकुशल उद्दार

    नवलपुर, असार ६ – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको विनयी खोलामा यात्रुबाहक बस बगाएको छ। भे१ख...