News Portal

मेरो उपचार खर्च न आफै गर्न सक्छु, सरकारले जनताप्रतिको उत्तरदायित्व बोध गरोस् – डा.केसी

हिमालीसंचार संवाददाता
३९५ पटक

काठमाण्डौ – कोरोना संक्रमित भएका डाक्टर गोविन्द केसीले आफ्नो उपचार खर्च आफै बेहोर्ने बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमण भएर शिक्षण अस्पताल महारजगंजको गणेशमान सिंह भवनमा भर्ना गरेर उपचार गरिरहेका डा. केसीको उपचार खर्च सरकारले बेहोर्ने बताएपछि डा. केसीले एक विज्ञप्ति जारी गर्दै आफ्नो उपचार खर्च आफै बेहोर्ने जबाफ दिएका छन्।

डाक्टर केसीले नेपाल सरकारले जनताप्रतिको कर्तव्य पुरा गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन्। सामाजिक संजाल मार्फत डाक्टर केसीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रधानमन्त्री ओलीले उनको उपचारको सम्पूर्ण खर्च सरकारले ब्योहोर्ने बताएका थिए।

उनले भनेका छन्, ‘ म कोभिड -१९ बाट संक्रमित भएपछि प्रम केपी शर्मा ओलीले दिनुभएको स्वास्थलाभको शुभकामना सन्देशको लागि हार्दिक धन्यवाद दिन चाहन्छु। सरकारले मेरो उपचार खर्च बेहोर्छु भनेको सन्दर्भमा भने मेरो उपचार खर्च म आफैँ बेहोर्छु बरु सरकारले आफ्ना नागरिकप्रतिको कर्तव्य पूरा गरोस्।

डाक्टर केसीले अगाडी भनेका छन्, “हामीसँग पटक पटक गरिएका सम्झौता कार्यन्वयन भएको भए देशका दूरदराजदेखि सबै भेगमा ठूला सरकारी अस्पताल, मेडिकल कलेज बन्ने थिए। साथै, त्यहाँका नागरिकले कोरोना साथसाथै सम्पूर्ण रोगहरुको गुणस्तरीय, निःशुल्क, सर्वसुलभ स्वास्थ सेवा पाउने थिए।

डाक्टर केसीले आफूसँग १९औँ सत्याग्रहमा भएका सम्झौता यथाशीघ्र कार्यन्वयन गर्न अनुरोध गर्दै स्वास्थ्य लाभको कामना गरेकोमा धन्यवाद दिएका छन्। डाक्टर केसीलाई विहिबार गरिएको परिक्षणमा पोजेटिभ देखिएको थियो। डाक्टर केसीलाई रुघा, खोकी लाग्नुका साथै ज्वरो समेत आएको छ भने, स्वास प्रस्वासमा समेत समस्या देखिएको छ।

प्रतिकृया दिनुहोस्

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुगमन

काठमाडौं, चैत २ – सरकारी सेवा प्रवाहको अवस्थाबारे जानकारी लिन सुशीला कार्की र ओमप्रकाश अर्याल...

गंगबुमा कुकुरमाथि अमानवीय यातना, तीन जना प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २ – गंगबु क्षेत्रमा कुकुरमाथि गरिएको क्रूर व्यवहारको घटना सार्वजनिक भएपछि स्थानीयबासी र...

हुलाकी सडक निर्माण अधुरै, आमबाडी र डाईनियाँ बजारमा पिच रोकियो

चैत्र २, सोमबार मोरङ — मोरङको हुलाकी सडक खण्डअन्तर्गत रतुवामाई नगरपालिका स्थित आमबाडी मुख्य बजार...