News Portal

कविता – सम्बन्ध

हिमालीसंचार संवाददाता
१२५५ पटक

– ॠतु सिंह

कोमल धागोझैँ
मनसँग गाँसिएको सम्बन्ध
कोहि दृश्य भएर पनि कति तिता हुन्छन्
कोही अदृश्य भएर पनि कति मिठा हुन्छन्
सायद
हृदयमा आनन्द,
मनमा शितलता र हरियालीपन यी सबै
मिठा सम्बन्धका प्रभावका कारण हुन्

सामिप्यका सिधा प्रभाव मनमा पर्छ
जहाँ अपेक्षा र आशाहरु सल्बलाएका हुन्छन्
नित्य नवीन भावहरु मनभरी र मस्तिष्कभरी
स्नेहले नियाली रहेका हुन्छन्
तब
मन मयूरझैँ प्रफुल्ल भएर नाँच्न थाल्दछ
सम्बन्धको अपेक्षामा अनुभूति गरिरहेका मन
हरेक पाइलाको कामनास्वरुप
यी पदचापलाई
माया र विश्वासको अपेक्षामा
नियालीरहेका हुन्छन्

सम्बन्ध जहाँ सामञ्जस्य र सन्तुलनको
समीकरण होस्
जीवनका गतिलाई लिएर
केही सपना बुनियोस्
वासन्ती पवनको सुगन्ध जस्तै बनोस्
जीवनको गोरेटोलाई हराभरा बनाउने सृजनाको संकेत होस्
निर्विकार प्रकृतिको सुन्दर पुष्पलतामा दृश्यावोलकन गरेसरी
शिशिरको उजाड धर्तीलाई हराभरा बनाओस्
वसन्तॠतुको वहारर्झैं

सम्बन्ध आँचल शिवको शान्त
विश्रान्ती जस्तो होस्
हेराइ र बोलाइमा आकर्षित र चम्किलो होस्
जहाँ एकअर्काको बाधक नबनोस्
अतीतको घाउमा मलम लगाई
तीता अनुभव बिसाउने छ्हारी बनोस्

जीवन पैसाबाट चल्दैन
प्रेमबाट पेट भरिदैन
सम्बन्ध त्यो होइन
जहाँ रुपलाई हेरियोस्
धनलाई हेरियोस्
अनि
शङ्का उत्पन्न नहोस्
धोका लुकाएर स्वार्थता नहोस्।

~ भरतपुर, चितवन।

प्रतिकृया दिनुहोस्

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...

रास्वपाले समानुपातिक उम्मेदवार सूची अन्तिम गर्ने तयारी

काठमाडौं, १४ पुष – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति आज बनस्थलीस्थित पार्टी कार्यालयमा...