News Portal

कविता – सम्बन्ध

हिमालीसंचार संवाददाता
१३३२ पटक

– ॠतु सिंह

कोमल धागोझैँ
मनसँग गाँसिएको सम्बन्ध
कोहि दृश्य भएर पनि कति तिता हुन्छन्
कोही अदृश्य भएर पनि कति मिठा हुन्छन्
सायद
हृदयमा आनन्द,
मनमा शितलता र हरियालीपन यी सबै
मिठा सम्बन्धका प्रभावका कारण हुन्

सामिप्यका सिधा प्रभाव मनमा पर्छ
जहाँ अपेक्षा र आशाहरु सल्बलाएका हुन्छन्
नित्य नवीन भावहरु मनभरी र मस्तिष्कभरी
स्नेहले नियाली रहेका हुन्छन्
तब
मन मयूरझैँ प्रफुल्ल भएर नाँच्न थाल्दछ
सम्बन्धको अपेक्षामा अनुभूति गरिरहेका मन
हरेक पाइलाको कामनास्वरुप
यी पदचापलाई
माया र विश्वासको अपेक्षामा
नियालीरहेका हुन्छन्

सम्बन्ध जहाँ सामञ्जस्य र सन्तुलनको
समीकरण होस्
जीवनका गतिलाई लिएर
केही सपना बुनियोस्
वासन्ती पवनको सुगन्ध जस्तै बनोस्
जीवनको गोरेटोलाई हराभरा बनाउने सृजनाको संकेत होस्
निर्विकार प्रकृतिको सुन्दर पुष्पलतामा दृश्यावोलकन गरेसरी
शिशिरको उजाड धर्तीलाई हराभरा बनाओस्
वसन्तॠतुको वहारर्झैं

सम्बन्ध आँचल शिवको शान्त
विश्रान्ती जस्तो होस्
हेराइ र बोलाइमा आकर्षित र चम्किलो होस्
जहाँ एकअर्काको बाधक नबनोस्
अतीतको घाउमा मलम लगाई
तीता अनुभव बिसाउने छ्हारी बनोस्

जीवन पैसाबाट चल्दैन
प्रेमबाट पेट भरिदैन
सम्बन्ध त्यो होइन
जहाँ रुपलाई हेरियोस्
धनलाई हेरियोस्
अनि
शङ्का उत्पन्न नहोस्
धोका लुकाएर स्वार्थता नहोस्।

~ भरतपुर, चितवन।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...