News Portal

वरिष्ठ गायक तथा संगीतकार जीतेन राईलाई ‘लाईफ टाइम अचिभमेन्ट अवार्ड’

हिमालीसंचार संवाददाता
४३२ पटक

इटहरी – वरिष्ठ गायक तथा संगीतकार जीतेन राई ‘रमपम पूर्वेली म्युजिक अवार्ड-२०२०’ अन्तर्गत लाईफ टाइम अचिभमेन्ट अवार्डद्वारा सम्मानित भएका छन् ।

शुक्रबार इटहरीको होटल बरण्डामा आयोजित एक समारोहमा प्रदेश नं १ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिशप्रसाद कुसियतमार्फत राईलाई नगद रु २५ हजार र  ताम्रपत्र सहित सम्मानित भएका हुन्।

गायक तथा संगीतकार राई पूर्वेली लोक संगीत क्षेत्रका शिखर व्यक्ति हुन् । वि.सं २०१३ सालमा पाँचथरमा जन्मिएका राईले आफ्ना रचना तथा गीत संगीतमा बिनायो, मुर्चङ्गा, यलम्बर बाजा, टुङ, मुरली, बाँसुरी जस्ता परम्परागत वाद्यवादन प्रयोग गरी ती वाद्यवादनहरुको प्रचार तथा संरक्षण समेत गर्दै आएका छन् ।

पूर्वेली मिडिया नेटवर्कले आयोजना गरेको उक्त कार्यक्रममा फरक फरक २२ विधामा कलाकार तथा स्रष्टाहरुलाई अवार्ड प्रदान गरिएको थियो । उत्कृष्ट नयाँ गायक, वर्षको उत्कृष्ट गीत, उत्कृष्ट भोकल कोल्याब्रेसन, उत्कष्ट शब्द, उत्कृष्ट प्रस्तुति, बेष्ट पूर्वेली कमेडी गीत, मारुनी गीत, लिम्बु गीत, थारु गीतलगायत विधामा अवार्ड प्रदान गरिएको थियो ।

प्रतिकृया दिनुहोस्

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...

गगन थापाले बन्दसत्रमा पेस गरे कांग्रेसको राजनीतिक प्रतिवेदन

काठमाडौं, २८ पुस – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन अन्तर्गत चलिरहेको बन्दसत्रमा राजनीतिक...

कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधि नाम दर्ता आज पनि जारी, बन्दसत्र केही ढिलो सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...

देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी नहुने

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी हुने भन्ने सूचनामा कुनै...