News Portal

मायादेवीको काजक्रियाका लागि सहयोग हस्तान्तरण

हिमालीसंचार संवाददाता
३७८ पटक

रबिन्द्र बराल/ मोरङ – मोरङको रंगेली नगरपालिका वडा नम्बर ७ मा वस्दै आएकी मायादेवी ढकालको मृत्यु भएको ५ दिन बितिसक्दा समेत आर्थिक अभावका कारण काजक्रिया हुन नसकेको खबर हिमाली संचार साथै एभिन्युज टेलिभिजनका एभिन्युज पहल कार्यक्रम तथा विभिन्न अनलाइनहरुमा समाचार प्रकाशित  भएपछि उक्त परिवारलाई शुक्रबार सविता देवि अग्रवाल ट्रस बिराटनगरबाट काजक्रियाका लागि नगद १५ हजार रुपैयाँ संस्थाका सदस्य अनिल साडडाले  हस्तान्तरण गरेका थिए ।

मोरङको रंगेलीमा रहेको  सद्भाव बचत तथा ऋिण सहकारी संस्था कमलेश्वर ठाकुर, ग्राम लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका सन्तोष मंडल र अटो व्यवसाय संध काठमाडौका पुष्पराज थपलिया  लगायतको संयुक्त समुहको आर्थिक सहयोगमा मायादेवीको काजक्रियाका लागि चामल, दाल, भुजा, तेल, चिनी, धोती-गम्छा, छाता, चिउरा, बेसन लागयतका खाधन्न बस्तु हस्तान्तरण भएको छन ।

हिन्दु शास्त्र अनुसार  मृत्यु भए पछि १३ दिन सम्म काजक्रिया गर्ने प्रचलन छ। तर माया देविको मृत्यु भएको ५ दिन बितिसक्दा समेत आर्थिक अभावका कारण  उनको परिवारले आमाको काजक्रिया गर्ने नसकेको  स्थानीयले  बताए ।  

छोरा तारा बहादुर समेत  सुस्तमस्थितिको रहेको हुनाले  आमाको काजक्रिया  ८ दिन पछि गर्ने समेत अधिकारीले बताए । २० वर्ष अघि श्रीमानको मृत्यु भएपछि छोरा छोराहरुलाई स्याहारसुसार गर्दे आईरहेकि आमाको मृत्यु भए पछि काजक्रिया गर्ने समेत कोही भएन ।

अनको अहिले घरमा दुई छाक खाने अन्न समेत थिएन। आमाको काजक्रिया गर्ने आर्थिक नै छ ।  कसरी गराउने हो भनि रहेका छन  र छोराछोरीहरुको समेत अबस्थामा दैनिय भए पछि उनको आमाको काजक्रिया गर्न नसकेको स्थानीय गुरु प्रसाद अधिकारीले बताएका थिए ।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...