News Portal

मायादेवीको काजक्रियाका लागि सहयोग हस्तान्तरण

हिमालीसंचार संवाददाता
३५५ पटक

रबिन्द्र बराल/ मोरङ – मोरङको रंगेली नगरपालिका वडा नम्बर ७ मा वस्दै आएकी मायादेवी ढकालको मृत्यु भएको ५ दिन बितिसक्दा समेत आर्थिक अभावका कारण काजक्रिया हुन नसकेको खबर हिमाली संचार साथै एभिन्युज टेलिभिजनका एभिन्युज पहल कार्यक्रम तथा विभिन्न अनलाइनहरुमा समाचार प्रकाशित  भएपछि उक्त परिवारलाई शुक्रबार सविता देवि अग्रवाल ट्रस बिराटनगरबाट काजक्रियाका लागि नगद १५ हजार रुपैयाँ संस्थाका सदस्य अनिल साडडाले  हस्तान्तरण गरेका थिए ।

मोरङको रंगेलीमा रहेको  सद्भाव बचत तथा ऋिण सहकारी संस्था कमलेश्वर ठाकुर, ग्राम लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका सन्तोष मंडल र अटो व्यवसाय संध काठमाडौका पुष्पराज थपलिया  लगायतको संयुक्त समुहको आर्थिक सहयोगमा मायादेवीको काजक्रियाका लागि चामल, दाल, भुजा, तेल, चिनी, धोती-गम्छा, छाता, चिउरा, बेसन लागयतका खाधन्न बस्तु हस्तान्तरण भएको छन ।

हिन्दु शास्त्र अनुसार  मृत्यु भए पछि १३ दिन सम्म काजक्रिया गर्ने प्रचलन छ। तर माया देविको मृत्यु भएको ५ दिन बितिसक्दा समेत आर्थिक अभावका कारण  उनको परिवारले आमाको काजक्रिया गर्ने नसकेको  स्थानीयले  बताए ।  

छोरा तारा बहादुर समेत  सुस्तमस्थितिको रहेको हुनाले  आमाको काजक्रिया  ८ दिन पछि गर्ने समेत अधिकारीले बताए । २० वर्ष अघि श्रीमानको मृत्यु भएपछि छोरा छोराहरुलाई स्याहारसुसार गर्दे आईरहेकि आमाको मृत्यु भए पछि काजक्रिया गर्ने समेत कोही भएन ।

अनको अहिले घरमा दुई छाक खाने अन्न समेत थिएन। आमाको काजक्रिया गर्ने आर्थिक नै छ ।  कसरी गराउने हो भनि रहेका छन  र छोराछोरीहरुको समेत अबस्थामा दैनिय भए पछि उनको आमाको काजक्रिया गर्न नसकेको स्थानीय गुरु प्रसाद अधिकारीले बताएका थिए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १२ गतेको राशिफल

आज माघ १२, २०८२ (जनवरी २६, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

झण्डा ओढ्ने संस्कार बढ्दै, कानुनी चेतना खस्किँदै उल्लङ्घन गरे कानुनी कारबाही हुने

काठमाडौँ —नेपालको राष्ट्रिय गौरवको प्रतीक राष्ट्रिय झण्डाको प्रयोगलाई व्यवस्थित, मर्यादित र सम्मानजनक बनाउन राष्ट्रिय झण्डा...

बदल्यौ कांग्रेस, बदल्छौ देश !

– कमला थापा २०८२ माघ ११ गते। नेपाली कांग्रेसको विषेश महाधिवेशन सम्पन्न गर्दै नीर्वाचनमा सहभागी...

रवि लामिछानेविरुद्धको अभियोग संशोधनबारे सर्वोच्चमा सुनुवाइ

काठमाडौं, माघ ११ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र...

बहुमतका लागि एमालेको अभियान तीव्र, सदस्यहरूलाई सक्रिय बन्न ओलीको आग्रह

काठमाडौं, ११ माघ – नेकपा एमालेले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठनलाई थप चलायमान बनाउन...