News Portal

किन मौन कांग्रेसका यी शक्तिशाली नेता ?

हिमालीसंचार संवाददाता
२११२ पटक

काठमाडौं – नेपाली कांग्रेसमा आधा दर्जनभन्दा धेरै नेताहरूले सभापतिमा उम्मेदवार दिने भनेर घोषणा गरेका छन्। १४औँ महाधिवेशन कोरोना महामारीका कारण समयमा हुने अवस्था नभइरहेकाबेला कांग्रेसका नेताहरूले सभापतिमा धमाधम दाबी गरिरहेका हुन्।

वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिमा उम्मेदवारी दिने भनेर औपचारिक रुपमा भनेका छैनन्। शेरबहादुर देउवाले पनि औपचारिक रुपमा सभापतिमा उम्मेदवारी दिने भनेर मुख खोलेका छैनन्। देउवा र पौडेलले सभापतिका लागि मुख नखोले पनि उनीहरू प्रतिस्पर्धामा उत्रिने धेरैको अनुमान छ। अर्को समीकरण भएन भने अन्तिममा देउवा र पौडेलबीच प्रतिस्पर्धा हुन्छ कि भन्नेहरू छन्।

कांग्रेसको सभापतिमा उम्मेदवार बन्छु भनेर उम्मेदवारी घोषणा गरेका केही नेताहरूले जिल्ला सभापतिसमेत जित्छन् वा जित्दैनन् थाहा छैन। तर, केन्द्रीय सभापतिमा उम्मेदवार बन्ने भनेर कार्यकर्ताहरूलाई मनोरञ्जन दिइरहेका छन्। देउवा र पौडेल सभापतिमा उम्मेदवार बनेनन् भने विमलेन्द्र निधि, डा.शशांक कोइराला र प्रकाशमान सिंहबीच प्रतिस्पर्धा हुने संकेत देखिएको नेताहरू बताउँछन्।

यस्तो अवस्था सिर्जना भयो भने देउवाले डा.कोइरालालाई साथ दिन सक्ने धेरैको अनुमान छ। देउवाले निधिलाई साथ दिने छैनन्। निधिकै कारण देउवा समस्यामा परेका छन्। डा.कोइरालाका कारण पौडेल तनाबमा छन्। नेता सिंहको काठमाडौं उपत्यकाभित्र मात्रै बर्चश्व रहेको चर्चा छ। उपत्यका बाहिर सिंहको प्रभाव छैन।

यस्तो अवस्थामा बीचबाट सभापतिको नयाँ उम्मेदवार बन्ने सम्भावना पनि छ। महामन्त्री पूर्णबहादुर खड्काले आफ्नो पत्ता खोलेका छैनन्। सभापति देउवालाई सबैभन्दा धेरै सहयोग गर्नेमा खड्का छन्। निधिले बानेश्वरबाट आफ्नो गुट चलाइरहेका बेला महामन्त्री खड्काले नै सभापति देउवालाई साथ दिइरहेका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेलका माग हुन् वा पार्टीभित्र देखिने विवाद सबै समाधान महामन्त्री खड्काले गर्दै आएका छन्। खड्काले पछिल्लो समय देउवाको विश्वास जितेका छन्।

मिडियामा आउन नचाहने खड्कालाई कांग्रेसभित्र धेरै नबोल्ने नेताका रुपमा लिन्छन्। खड्काले १४औँ महाधिवेशनमा कुन पदमा उम्मेदवारी दिने भन्ने कुरामा पनि बोलेका छैनन्। खड्कालाई नजिकबाट जान्ने र बुझ्ने नेताहरूले सभापतिमा उम्मेदवार बन्न सक्ने बताउँछन्। देउवा समूहबाट धेरै विवाद भएर समस्या भयो भने खड्का बीचबाट उभिएर सभापति बन्ने सम्भावना धेरै छ।

कांग्रेसको प्रशासनिक र सांगठनिक होस् वा केन्द्रीय कार्यसमितिका बैठकहरूमा पेश हुने राजनीतिक दस्तावेजहरू सबै महामन्त्री खड्काले लेख्ने गरेका छन्। महामन्त्री डा.कोइरालाले पनि खड्कालाई विश्वास गर्छन्। सोही कारण पनि खड्काले अन्तिम समयमा सभापति पदमा उम्मेदवारी दिएर जान सक्ने सम्भावनालाई नेताहरू नर्कान सकेका छैनन्।

कांग्रेसले १४औँ महाधिवेशनलाई कसरी उपयोग गर्छ हेर्न बाँकी छ। नेताहरू भने नेतृत्व हत्याउने तिकडमा छन्। उप–सभपाति, महामन्त्री र सह–महामन्त्रीमा पनि धेरै नेताहरूको दाबी छ। अहिलेको संरचनालाई जस्ताको त्यस्तै राखेर १४औँ महाधिवेशन गर्ने हो भने जितेर आउने सभापतिले पार्टी चलाउन ठूलो संकट झेल्नुपर्ने छ।

नेताहरूका बीच सहमति भयो भने विधानलाई संशोधन गरेर सभापतिलाई बलियो बनाउने गरेर विधान बनाउनुपर्छ। होइन भने जसले जितेर आएपनि कांग्रेस झन् भताभुङ्ग हुन्छ कि भनेर धेरैको चिन्ता छ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...