News Portal

राजसंस्था पुर्नस्थापनाको माग गर्दै विराटनगरमा प्रदर्शन

हिमालीसंचार संवाददाता
३७० पटक

तारा आचार्य,
विराटनगर – राजसंस्था पक्षधरले प्रदेश एकको राजधानी विराटनगरमा प्रर्दशन गरेका छन। राजसंस्था पुर्नस्थापनाको माग गर्दै आएका विभिन्न संघसंस्था तथा पार्टीहरुले एकीकृत भएर विराटनगरमा प्रदर्शन गरेका हुन।

प्रर्दशनको क्रममा मोटरसाईकल र्याली निकालिएको छ। कञ्चनवाडीबाट निकालिएको र्यालीले नगरक्षेत्रको विभिन्न भागको परिक्रमा गरेको छ। र्यालीका सहभागीले कञ्चनवाडीबाट ठूलो मिलचोक, पानीटंकी,तीनपैनीबाट मेनरोड हुँदै महेन्द्रचोक,धरानरोड लगायतका विभिन्न क्षेत्रको परिक्रमा गरेका थिए।

प्रर्दशनमा उत्रेका सहभागीले राजा आउ देश बचाउ, २०७२ को संविधान खारिज गर, २०४७ को संविधान लागू गर र गणतन्त्र धोका हो, लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए। नेपाल बिद्धत परिषदका केन्द्रीय उपाध्यक्ष बल्लभप्रसाद दाहालले मुलुकमा राजसंस्था पुर्नस्थापना नभएसम्म स्थिरता र मुलुकको प्रतिष्ठा कायम हुननसक्ने दाबी गर्नुभयो।

आफूहरुले विगत १५ बर्षदेखि निरन्तर राजसंस्था पुर्नस्थापनाको माग गर्दै आएको र त्यही बिषयलाई निरन्तरताको क्रममा मोटरसाईल र्याली आयोजना गरिएको उहाँले बताउनुभयो। नगर परिक्रमापछि नगरक्षेत्रको बरगाछीचोकमा कोणसभा समेत आयोजना गरिएको थियो। जसमा राजसंस्था पक्षधर नेताहरुले पछिल्लो अवस्थाका कारण राजसंस्थाको स्थापना अपरिहार्य भएको बताएका थिए।

प्रतिकृया दिनुहोस्

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...