News Portal

राजसंस्था पुर्नस्थापनाको माग गर्दै विराटनगरमा प्रदर्शन

हिमालीसंचार संवाददाता
३९९ पटक

तारा आचार्य,
विराटनगर – राजसंस्था पक्षधरले प्रदेश एकको राजधानी विराटनगरमा प्रर्दशन गरेका छन। राजसंस्था पुर्नस्थापनाको माग गर्दै आएका विभिन्न संघसंस्था तथा पार्टीहरुले एकीकृत भएर विराटनगरमा प्रदर्शन गरेका हुन।

प्रर्दशनको क्रममा मोटरसाईकल र्याली निकालिएको छ। कञ्चनवाडीबाट निकालिएको र्यालीले नगरक्षेत्रको विभिन्न भागको परिक्रमा गरेको छ। र्यालीका सहभागीले कञ्चनवाडीबाट ठूलो मिलचोक, पानीटंकी,तीनपैनीबाट मेनरोड हुँदै महेन्द्रचोक,धरानरोड लगायतका विभिन्न क्षेत्रको परिक्रमा गरेका थिए।

प्रर्दशनमा उत्रेका सहभागीले राजा आउ देश बचाउ, २०७२ को संविधान खारिज गर, २०४७ को संविधान लागू गर र गणतन्त्र धोका हो, लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए। नेपाल बिद्धत परिषदका केन्द्रीय उपाध्यक्ष बल्लभप्रसाद दाहालले मुलुकमा राजसंस्था पुर्नस्थापना नभएसम्म स्थिरता र मुलुकको प्रतिष्ठा कायम हुननसक्ने दाबी गर्नुभयो।

आफूहरुले विगत १५ बर्षदेखि निरन्तर राजसंस्था पुर्नस्थापनाको माग गर्दै आएको र त्यही बिषयलाई निरन्तरताको क्रममा मोटरसाईल र्याली आयोजना गरिएको उहाँले बताउनुभयो। नगर परिक्रमापछि नगरक्षेत्रको बरगाछीचोकमा कोणसभा समेत आयोजना गरिएको थियो। जसमा राजसंस्था पक्षधर नेताहरुले पछिल्लो अवस्थाका कारण राजसंस्थाको स्थापना अपरिहार्य भएको बताएका थिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...