News Portal

  • प्रहरी समायोजन प्रक्रिया लम्बिने

    हिमालीसंचार संवाददाता
    २३९ पटक

    काठमाडौँ – प्रहरीको समायोजन प्रक्रिया केही लम्बिने भएको छ। नेपाल प्रहरी समायोजनका लागि तयार पारिएको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) समयमै सम्पन्न हुन नसक्दा प्रक्रिया लम्बिन सक्ने भएको हो। ओएनएम अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्मा पुगेको छ।

    गृह मन्त्रालयका अनुसार प्रहरी समायोजनसम्बन्धी ओएनएम स्वीकृतिका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगिसकेको छ तर स्वीकृति भएको छैन। प्रहरी समायोजन विधयेक २०७६ यसअघि नै स्वीकृत भइसकेको छ।

    गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बूढाले प्रहरी समायोजन तीन महिनाभित्रमा गरिसक्ने योजना भएकाे बताउँदै भने, ‘ओएनएमले गर्दा अलि समय लाग्ने भयो। मन्त्रिपरिषद्को निर्णयबाट ओएनएम स्वीकृत हुनेबित्तिकै समायोजन प्रक्रिया अगाडि बढ्छ।

    केन्द्र तथा प्रदेश प्रहरीको साङ्गठनिक स्वरूप, संरचना, दरबन्दी र कार्यालयलगायत विभिन्न विषय समेटिएको ओएनएम दुई महिनाअघि प्रहरी प्रधान कार्यालयबाट छलफल तथा रायका लागि गृह, कानुन र अर्थ मन्त्रालय हुँदै पुनः स्वीकृतिका लागि मन्त्रिपरिषद्को कार्यालय पठाइएको हो।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता शङ्कर नेपालले प्रहरी समायोजनसम्बन्धी ओएनएम स्वीकृतिका लागि मन्त्रिपरिषद्को कार्यालयमा नभई सीधै मन्त्रिपरिषद् बैठकमा जाने भएकाले आफ्नो कार्यालयमा नरोकिएको स्पष्ट गरे।

    साथै उनले सुरक्षाजस्तो संवेदनशील विषयमा छलफल गर्नुपर्ने भएकाले केही ढिलो भएको हुन सक्ने बताए। प्रदेश सरकारहरु भने प्रहरी समायोजनमा केन्द्र सरकारले ढिलाइ गरेको गुनासो गर्दै आएका छन्। बागमती प्रदेशका गृहमन्त्री शालिकराम जमकटेलले केही महिनाअघि केन्द्रीय सरकारका कारणले प्रहरी समायोजनमा ढिलासुस्ती भएको गुनासो गरेका थिए।

    प्रदेश–२ सरकारले नेपाल प्रहरीले मौज्जाद रिक्त दरबन्दीका लागि जनशक्ति माग गरेकोप्रति असन्तुष्टि जनाउँदै विज्ञापन रोक्न सर्वोच्च अदालतमा रिटसमेत दर्ता गरेको छ। प्रहरी प्रवक्ता कुवेर कडायत प्रहरी समायोजन निजामती सेवाजस्तो सजिलो नभएको बताउँछन्। ओएनएम स्वीकृत भए पनि प्रहरी कर्मचारी समायोजन गर्न डेढ महिना र पूर्ण समायोजनाका लागि कम्तीमा तीन महिना लाग्न सक्ने उन भनाइ छ।

    ‘मुलुक सङ्घीय संरचनामा परिवर्तन भएसँगै प्रहरीको समायोजन अत्यावश्यक छ’, उनले भने, ‘भर्खर विधेयक पास भएको छ, ओएनएम स्वीकृत भएर आउन बाँकी नै छ। त्यसपछि मात्र बल्ल समायोजन प्रक्रिया सुरु हुन्छ।

    प्रहरी समायोजनका लागि प्रदेश सरकारहरू हतारमा देखिए पनि केन्द्रीय सरकार भने विभिन्न कानुनी झण्झट देखाइ अझै छलफलमा रहेको ओएनएम स्वीकृत नहुनुबाट स्पष्ट हुन्छ। नेपाल प्रहरीमा करिब ७९ हजार पाँच सय जनशक्ति छ।

    सो जनशक्ति केन्द्र र प्रदेशमा समायोजन हुनेछ। प्रदेश सरकारलाई तत्काल जनशक्ति थप्ने अधिकार दिएको छ। मौज्जाद दरबन्दी नै आपूर्ति गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ। प्रदेश प्रहरी सङ्गठनको नेतृत्व डीआईजी (नायब महानिरीक्षक) तहको उच्च अधिकृतले गर्नेछन्।

    ओएनएम स्वीकृति भएलगत्तै समायोजनमा जान चाहने प्रहरी कर्मचारीका लागि सूचना जारी गरी दरबन्दी रोज्न दिने र त्यसपछि सङ्घीय समायोजनका लागि बनेको कानुन अनुसार कम्तीमा तीन महिनाभित्र समायोजन गर्ने तयारी भइरहेको जानकारी प्रवक्ता कडायतले दिए।

    समायोजन ऐनमा उल्लेख भए अनुुसार ज्येष्ठता, नागरिकतामा उल्लेख घर भएको प्रदेश, हाल कार्यरत दरबन्दी र कर्मचारीको रुचिको आधारमा समायोजन गरिनेछ। त्यसपछि हात–हतियार, सञ्चार उपकरण, कार्यालय वा सम्पत्तिको भागबण्डा लाग्नेछ।

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-१६ गते आइतबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १६ गते आइतबार इश्वी सन २०२४ अप्रिल २८...

    गोरखापत्रकर्मी राईलाई धरान खेलकूद मञ्चद्वारा ‘मिडिया अवार्ड’ प्रदान

    बैशाख-१५, शनिबार/धरान – गोरखापत्रकर्मी पत्रकार निशा राईलाई धरान खेलकुद मञ्चद्वारा “मिडिया अवार्ड २०८०” प्रदान गरिएको...

    रंगेलीका अग्नि पिडित परिवारका लागि घर निर्माण गरिदिने

    बैशाख-१५, शनिबार/मोरङ – मोरङको रंगेली ३ स्थित वावुसाहेव टोलमा चैत्र ३ गते भएको आगलागी  पिडित...

    कूवेतमा संखुवासभा समाज कुबेत गठन,अध्यक्ष विजय लामा

    कुबेत -“अनेकतामा एकता संखुवासभा जिल्लाको पहिचान नै हाम्रो सान” भन्ने सुन्दर नारालाई आत्मसात गर्दै,रोजगारीको शिलशिलामा प्रबासी...

    जन-जागृतिको साताै अधिवेशन सम्पन्न, राम बहादुर योन्जन तामाङ अध्यक्षमा चयन

    कुवेत–   जन-जागृति युवा समाज कुवेतको साताैं अधिवेशन तथा चाैधाैं वार्षिक उत्सव सम्पन्न भएको छ ।...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal