News Portal

दशैं आउँदा मनमा हलचल हुने परदेशीको कथामा अमृत आचार्य”माइला गुरु” बजारमा (भिडियो सहित)

हिमाली संचार संवाददाता
८६९ पटक

राजु बोहरा/काठमाडौँ – नेपाली लोक तथा दोहोरी गीत, त्यसमाथि पनि काँठ क्षेत्रको उर्बर भुमि मानिने सिन्धुपाल्चोक जिल्लाका धेरै चर्चामा आएका कलाकारहरु पछिल्लो समय पलाएन भैरहंदा नव कलाकारहरुको प्रसस्त मात्रामा आगमन भैरहेको छ । सोहि क्रममा यतिबेला अमृत आचार्य (माइला गुरु) पनि सिन्धुपाल्चोक जिल्लाको सान बन्दै लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा क्रियासिल रहेका छन् । आफ्नै जिबन भोगाई “पछुतो” बोलको गीत बाट आफ्नो सांगीतिक यात्रा शुभारम्भ गरेका उनले “मलाई माया गर्छौ कसरी” र “मेरो को छ र” बोलको गीत बजारमा ल्याएर आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल भैसकेका छन् ।

यिनै गीतको चौतर्फी सफलता पछी अमृतले यस बर्षको दशैँ तिहार गीत पनि बजारमा ल्याएका छन् । उक्त गीत “दशैँ आउदा हुन्छ के गरौँ” बोलको रहेको छ ।प्रस्तुत गीतमा अमृत आचार्य (माइला गुरु) र शर्मिला गुरुंगको कर्णप्रिय स्वर लहरी सजिएको छ । बिशेष गरी चाडबाडको मुखमा परदेशिनु पर्दाको पिंडालाई बुलन्द गरिएको यस गीतलाई लय अमृतले नै तयार पारेका हुन् भने शब्द रत्न बानियाले तयार पारेका छन् । गीतको म्युजिक भिडियो पनि निकै मार्मिक बनेको छ ।

भिडियोमा भुवन श्रेष्ठ मुस्कान, रत्न बनिया, आयुस आचार्य र सगुन तामांगको अत्यन्त घत लाग्दो अभिनय रहेको छ । यस गीतको म्युजिक भिडियोलाई निर्देशन रत्न बानियाले गरेका हुन् भने छायांकन नवराज घिमिरे र सम्पादन संगीत बानियाले गरेका छन् । अत्यन्त मन छुने बनेको हुनाले अशंख्य श्रोता एवं दर्शकहरुको उच्च रोजाई बन्नेमा यस गीत संग सम्बन्धित कलाकारहरु ढुक्क रहेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...