News Portal

भारतीय टेलिभिजन प्रस्तोता गोस्वामीलाई रिहा गर्न अदालतको आदेश

हिमालीसंचार संवाददाता
३८१ पटक

मुम्बई – भारतीय टेलिभिजन प्रस्तोता अर्णव गोस्वामीलाई जमानतमा रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। आत्महत्या दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेका गोस्वामीलाई सर्वोच्च अदालतले जमानतमा रिहा गर्न आदेश दिएको भारतिय मिडियामा जनाइएको छ।

मुम्बईको उच्च अदालतले जमानत दिन अस्वीकार गरेको थियो तर, जमानत नदिनु गलत भएको भन्दै सर्वोच्च अदालतले यस्तो आदेश दिएको हो। ऊनलाई सन् २०१८ मे मा इन्टेरियर डिजाइनर अन्वय नायक र उनकी आमा कुमुद नायकलाई आफ्नो ज्यान फाल्न बाध्य बनाएको आरोपमा प्रहरीले पक्राउ गरेको थियो।

उनी १९ गते मुम्बईस्थित आफ्नै घरबाट पक्राउ परेका थिए। अन्वय नायक र उनकी आमा कुमुद नायक आफ्नै फार्म हाउसमा मृत अवस्थामा फेला परेका थिए।

सुसाइड नोटमा आफूले पाउनुपर्ने पाँच करोड ४० लाख भारतीय रुपैयाँ नपाएकोले आफूहरुले आफ्नो ज्यान फालेको लेखिएको थियो। सन् २०१९ मा बन्द भएको यस केश नाइककी छोरीको उजुरीपछि खुलेको हो।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...