News Portal

जिल्लाका क्रसर उद्योगलाई ३ दिनभित्र कागजात पेस गर्न अनुरोध

हिमालीसंचार संवाददाता
५४९ पटक

सुर्खेत – जिल्ला प्रशासन कार्यालय सुर्खेतले जिल्लामा सञ्चालित क्रसर उद्योग तथा बालुवा प्रशोधन उद्योगलाई कानुनी प्रक्रिया पूरा गरेको उद्योग दर्तासम्बन्धी कागजात पेस गर्न अनुरोध गरेको छ। बुधबार प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा बसेको बैठकले उक्त अनुरोध गरेको हो।

मंगलबार मन्त्रिपरिषद्ले सबै जिल्लामा सञ्चालित अवैध क्रसर उद्योग बन्द गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको थियो। सोही अनुसार जिल्ला प्रशासन कार्यालय सुर्खेतले यहाँका क्रसर उद्योग तथा बालुवा प्रशोधन उद्योगलाई आफ्ना कागजात बुझाउन अनुरोध गरेको हो।

जिल्ला प्रशासन कार्यालय सुर्खेतले तीन दिनभित्र कागजात बुझाउन भनेको सहायक प्रमुख जिल्ला अधिकारी पदमलाल लामिछानेले जानकारी दिए। हाल जिल्लाका विभिन्न ठाउँमा अवैध क्रसर उद्योग तथा बालुवा प्रशोधन उद्योग सञ्चालन हुँदै आएका छन्।

कर्णाली प्रदेश सरकारलेसमेत अवैधरुपमा सञ्चालन भएका क्रसर उद्योग तथा बालुवा प्रशोधन उद्योगको अनुगमन गरिरहेको बताईएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...