News Portal

रतुवामाईमा दिवा शाह ईन्जिनियर जेभिले निर्माण गरेको सडकमा चरम लापरबाही

हिमालीसंचार संवाददाता
३७२ पटक

रबिन्द्र बराल/ मोरङ – मोरङ जिल्लाको रतुवामाई नगरपालिकाको वडा नं.९ स्थित कटनु सुबेदी चौक जोणी टोल हुदै मुलडाँडा सम्मको करिब ७ किलोमिटर सडक निर्माण कार्यमा नाला बनाउने क्रममा सिमेन्ट बालुवा र गिटि मिस्रणमा ठेक्केदार कम्पनीका प्रमुखले आफुखुशि काम  गरेको स्थानीयले आरोप लगाएका छन।

नेपाल सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय, यातायात पूर्वाधार निर्देशनालय र पूर्वाधार विकास कार्यालयको कुल २० करोड ८७ लाख ९४ हजार ७ सय ५३ रुपैयाँ ६४ पैसाको लागतमा  सडक निर्माण कार्य सुरु भएको हो।

सडकको  ठेक्का दिवा शाह ईन्जिनियर जेभि जाउलाखेल ललितपुर   काठमाडौले  पाएको छ।  सडक निर्माण सुरु भएको एक बर्षको अबधिमा सडकमा ठेक्केदारको मनोमानी ढंगले नाला बनाउन मापदण्ड भन्दा फरक सिमेन्टको समेत प्रयोग गरी काम गरहेको स्थानीयले आरोप लगाएका छन । 

उक्त सडकमा नाला, पाईप कल्भर्ट, बक्स कल्भर्ट, सेलेब कल्भर्ट, सब बेस, बेस तथा अस्फाल्ट निर्माणकार्य गर्ने भएको छ । सो सडकको ठेक्का सम्झौता २०७६  असोज १३ गते भएको हो भने सडक सम्पन्न २०७८ असोज २८ गते निर्माण सम्पन्न गर्नु पर्ने  सुचनामा भनिएको छ। तर सूचना पाटीमा भने उक्त सडक कुन कम्पनीले  ठेक्का पाएको हो  भन्ने समेत  लेखिएको छैन। सो सडक निर्माण कार्यका लागि नाला बनाउने काम भईरहेता पनि नालामा गिट्टी, बालुवा र सिमेन्टको मात्रा एक,  डेर र ३ को मात्रा हाल्नु पर्ने भएता पनि ठेक्केदार कम्पनीले भने एक, चार, चार गरि  बडी हाल्ने गरेको र आफ्नो सामाग्री संचित गर्ने गरेको समेत पाईएको छ ।  

सीमेन्ट समते ओपिसी प्रयोग गर्ने भनिएता कम मूल्य पर्ने र रकम बचाउने उदेश्यले RMC सिमेन्ट प्रयोग गरिरहेको समेत भेटिएको छ। स्थानीयले जानकारी पाए पछि ठेक्केदारले भने उक्त सिमेन्ट परालको कुन्युमा समेत लुकाएको स्थानीय काली बहादुर आचार्यले बताए । रेखदेख समितिले सडक निर्माणकार्य सुरु  भएको एक बर्ष बितिसक्दा समेत बारम्बार भौतिक पूर्वाधार विकास मन्त्रालयका  डि तथा ईन्जिनियरहरु संग आफूहरुलाई उक्त सडकको ईस्टिमेट देखाउन बारम्बार माँग गर्दा समेत अहिलेसम्म ईस्टिमेट नदिएको स्थानीय रुद्र प्रसाद लुईटेलले बताए ।

कम्पनीले गोदाममा ओपिसी सिमेन्ट र RMC समेत राखेको भेटिएको छ । ठेकेदार कम्पनीले स्थानीयको आँखा छारो हालेर गुणस्तर हिन सिमेन्ट समेत मिसावट गरेर काम गर्ने गरेको स्थानीयले बताए । सडकमा ८ सय मिटर खोलामा रिटेरिङ बाल निर्माण गर्नु पर्ने भएता पनि खोला तर्फ कुनै ठाउँबाट माटो ननिकालिएको तर एक तर्फि रुपमा अन्य स्थानीयको जग्गाबाट आवश्यक भन्दा बढी मात्रामा माटो काटेर सडकमा हालेको स्थानीय प्रशुराम न्योपानेले बताए ।  

यस बिषयमा वडाअध्यक्ष नन्द कुमार चापागाईं संग जिज्ञासा राख्दा उनले भने बारम्बार भौतिक पूर्वाधार विकास मन्त्रालयका ईन्जिनियरहरुले ईस्टिमेट फेल बदल गर्दा स्थानीयलाई जानकारी नगराएको र आफुलाई समेत कुनै जानकारी नगराएको उनले बताए । सो विषयमा दिवा शाह ईन्जिनियर प्रा. लिका प्रमुख सन्जिब शाहलाई टेलिफोनमा सम्पर्क गर्दा उनले भने उक्त ठाउँमा कांग्रेस र एमाले भएको हुनाले आरोप प्रत्यारोप लगाएको र पत्रकारले भनेको कुरा सहि वा गलत हो आफुले नमान्ने भन्दै झर्किएका थिए ।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...