News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • आज कात्तिक २५ गते मंगलवारको राशिफल

    हिमालीसंचार संवाददाता
    ४४१ पटक

    वि.सं.२०७७ साल कात्तिक २५ गते मंगलवार || सन् २०२० नोभेम्बर १० तारिख || नेपाल संवत ११४०

    मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

    अप्ठ्यारो परिस्थिति अँगाल्दै अघि बढ्नुपर्ने समय छ। समयको मागअनुसार चल्न नसक्दा चिताएको काममा विलम्ब हुन सक्छ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। हल्लाको पछि लाग्दा दु:ख पाइनेछ। तापनि, लगनशीलताले परिस्थितिलाई बदल्नेछ र पछि लाभ हुने काम प्रारम्भ हुनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ।

    वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

    बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ। साझेदारीमा पहिलेको सम्झौता भंग हुन सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अरूको सुझावमा भर नपर्नुहोला। परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। तर महत्त्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नुहोला। आस लागेको काम बिग्रिए पनि मेहनत गर्दा पछिलाई फाइदा हुनेछ।

    मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

    अग्रजहरूको सहयोग जुट्नुका साथै शुभचिन्तकहरूबाट उत्साह प्राप्त हुनेछ। पराक्रमी कार्य सम्पादन गर्दै नाम र दाम कमाउने बेला छ। सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन्। उद्योग र व्यापारमा पनि मनग्य लाभ हुनेछ। मिहिनेतले जीवनशैलीमा सुधार ल्याउनेछ। लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। आँटेको काम सजिलै सम्पादन हुनेछ।

    कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

    हडबडीले काम बिग्रनेछ भने सानो गल्तीले मौका गुम्न सक्छ। आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ। तापनि मिहिनेतले केही उपलब्धि अवश्यै दिलाउनेछ। बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयनमा आउनेछ। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। लक्ष्य पहिल्याउन सकिनेछ।

    सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

    आत्मविश्वासको कमीले पछि परिनेछ। भेटघाटमा अलमलिनाले आँटेका काममा बाधा हुनेछ। तापनि मिहिनेत गर्दा पछिका लागि फाइदा लिन सकिनेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। परिवेश उल्लासमय रहे पनि जीवनशैली व्यस्त रहनेछ। प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ। बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ।

    कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

    छिमेकमा असमझदारी बढ्ने हुँदा होसियारीसाथ काम लिनुहोला। फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ला। बलजफ्तीको व्यवहारले व्यर्थैमा समस्या निम्त्याउन सक्छ। आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ। खर्च लागे पनि यात्रा गर्ने अवसर प्राप्त हुनेछ। तर आफ्ना विषयवस्तुमा अरूले दाबी गर्न सक्छन्।

    तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

    दैनिक आवश्यकता पूरा हुनेछन् भने मिहिनेतको फल प्राप्त हुनेछ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ। रोकिएको काम बन्नाले जिम्मेवारी समेत बढ्न सक्छ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। रकम सञ्चयमा भने अलि बाधा पुग्न सक्छ।

    वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

    प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। मिहिनेत गर्दा कीर्तिमानी काम सम्पादन हुनेछ।

    धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

    अवसर आए पनि नयाँ काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। शारीरिक कमजोरीले चिन्ता बढाउन सक्छ। अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला। तापनि, लगनशीलताले उपलब्धि दिलाउनेछ। काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। चिताएको मूल्य प्राप्त नभए पनि पछिलाई फाइदा हुनेछ।

    मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

    प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ। सामान्य कामका लागि पनि दौडधुप गर्नुपर्नेछ। व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ला। स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला।

    कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

    परिबन्धले केही चुनौती निम्त्याउन सक्छ। ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला। वादविवादले काम राेकिन सक्छ। केही उपलब्धिको स्रोत भने पहिल्याउन सकिनेछ। व्यापारमा लाभ लिने समय भए पनि तत्काल आंशिक लाभांश प्राप्त हुनेछ। प्रियजनको साथले नयाँ आशा जगाउनेछ।

    मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

    लगनशीलताले अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। रकम तथा भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। शत्रुभाव राख्नेहरू स्वयं कमजोर हुनेछन्। बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। (नेपालीपात्रो)

    उपप्रा.लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

    प्रतिकृया दिनुहोस्

    बुढीगण्डकी आयोजनाको ढिलाइप्रति नेकपाको असन्तोष, समान मुआब्जाको माग गर्दै ज्ञापनपत्र बुझायो

    गोरखा, जेठ ४ – विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बुढीगण्डकी जलविद्युत् आयोजना कार्यान्वयनमा भइरहेको...

    पुरुषोत्तम त्रिपाठीको नयाँ स्वदेश गीत सार्वजनिक

    काठमाडौं, जेठ ४ – नेपाली आधुनिक संगीत विधामा आफ्नो पृथक पहिचान बनाउन सफल सर्जक, संगीतकार...

    निचामारी विद्यालयका कक्षा ६ मा पढ्ने सबै विद्यार्थीहरूलाई अन्यत्र पठाइयो

    मोरङ, जेठ ४ – रंगेली–७ स्थित निचामारी आधारभूत विद्यालयले कक्षा ५ उत्तीर्ण गरेका २५ जना...

    सरकार सरकारजस्तो देखिएको छैन : सांसद सञ्जय गौतम

    काठमाडौं, जेठ ४ – नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले सरकारको हालको कार्यशैलीप्रति गम्भीर चिन्ता व्यक्त...

    दुःखद घटना : स्कुल जान लागेका दिदी–भाइको ज्यान बाबुले लिए, चितवनमा पारिवारिक शोकको छाया

    चितवन, जेठ ४ -भरतपुरमा शुक्रबार बिहान भएको एक हृदयविदारक घटनाले सम्पूर्ण समुदाय स्तब्ध बनेको छ।...