News Portal

  • मुख्यमंत्री शेरधन राई गृह जिल्लामा ब्यस्त, टेम्के भ्यू टावरको पनि सिलान्यास

    हिमालीसंचार संवाददाता
    ४५२ पटक

    भोजपुर – प्रदेश नं.१ को भोजपुर जिल्ला अन्तर्गत टेम्केमैयुङ गाउपालिमा प्रदेशकै महत्वपूर्ण धार्मिक एवम् पर्यटकीय क्षेत्र टेम्के डाँडामा टेम्के भ्यु टावरको प्रदेश १ का मुख्यमंत्री शेरधन राईले शिलान्यास गरेका छन्।

    मुख्यमंत्री राईका अनुसार “मलाई विश्वास छ, यो टावर समयमै गुणस्तरिय ढंगबाट निर्माण सम्पन्न हुनेछ। त्यस्तै टेम्केमैयुङ गाउँपालिकालाई उज्यालो टेम्केमैयुङ गाउँपालिका घोषणा गर्ने सुखद अवसर मिलेको छ।  म उज्यालो गाउँपालिका बनाउन अहोरात्र खट्नु हुने गाउँपालिका नेतृत्वलाई हार्दिक सम्मान गर्दै गाउँपालिकाबासी सम्पूर्णलाई हार्दिक बधाई ज्ञापन गर्दछु। राईले स्थानीय स्तरबाटै सिंगो प्रदेश नं. १ लाई उज्यालो बनाउने अभियानमा रहेको बताएका हुन्। 

    मुख्यमन्त्री राईले आईतवार खानेपानी तथा सरसफाई डिभिजन भोजपुरको कार्यालय र भोजपुर टक्सार विमानस्थल सडकको उद्घाटन समेत गरेका थिए । आईतवार नै उनले भोजपुर सभाहल र यलम्बर सभाहलको पनि शिलान्यास गरे। यस्तै टेम्के मैयुङ गाउँपालिकालाई उज्यालो गाउँपालिका रुपमा मुख्यमंत्रीको उपस्थितिमा घोषणा गरिएको छ। मुख्यमन्त्री राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा टेम्के मैयुङलाई सोमवार उज्यालो गाउँपालिका घोषणा गरिएको हो ।

    टेम्के डाडा ३ हजार १ सय मिटर उचाइमा रहेको टेम्के डाडामा प्रदेश सरकारको १३ करोड ६२ लाख ८१ हजार लागतमा टावर निर्माण हुन लागेको हो । शिलान्यास कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले किराँत राईहरूको संस्कृति तथा सभ्यताको उजागर गर्ने उद्देश्यले टावरको निमार्ण हुन लागेको बताए। उनले भने ‘यो टावर किराँत राईको इतिहास झल्किने गरी चिन्डो आकारमा निमार्ण हुनेछ, प्रदेश १ सरकारको ठुलो लगानीमा निमार्ण हुन लागेको हो । 

    उक्त टावर २० मिटर उचाइमा बन्न लागेको टावरको पहिलो तलामा म्युजियम रहने छ ।‘ उक्त टावर निमार्ण भएसँगै प्रदेश १ लाई पर्यटन क्षेत्रमा थप टेवा पुग्ने मुख्यमन्त्री राईको भनाई छ। स्थानीय सरकार, प्रदेश सरकार, सङ्घीय सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा गाउँपालिकाभर विद्युत् बिस्तार गरिएको गाउँपालिका अध्यक्ष ध्रुबराज राईले जानकारी दिए । 

    विद्युत् विस्तारको लागि गाउँपालिकाको ६ करोड ६० लाख, नेपाल विद्युत् प्राधिकरणको ६ करोड २० लाख, सङ्घीय सरकारको ५० लाख र प्रदेश सरकारको १० लाख लागतमा विद्युत् विस्तार गरेका हुन्। उक्त टावर २०८२ साल सम्ममा काम सक्ने गरी कुन्सालिङ कन्ट्रक्सनले निर्माणको जिम्मा पाएको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर ८ गतेको राशिफल

    आज मंसिर ८, २०८२ (नोभेम्बर २४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    जेन जेड पुस्ता र नेपालको समसामयिक परिदृश्य

    काठमाडौ – नेपाल आज एउटा यस्तो राजनीतिक संघारमा छ, जहाँ जेन जेड पुस्ताको उर्जाशील विद्रोह,...

    नेपालमा युवा–राजनीति अन्तर : क्षमता ठूलो, स्थान सानो

    काठमाडौं । नेपालमा १३ देखि ३० वर्षसम्मका युवाहरू देशको सबैभन्दा ठूलो जनसंख्या हिस्सा हुन्। देशको...

    ‘सामाजिक संस्थामा राजनीति अस्वीकार्य’ युवा शक्ति कुवेतका सल्लाहकार विजय खत्री

     कुवेत–कुवेतमा भरखर मात्रै गठन भएकाे सामाजिक सस्थामा केही राजनीति केही व्यक्तिबाट राजनीति घुसेको बारेमा गम्भीर...

    सर्वोच्चमा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिट सुनुवाइ हुँदै

    काठमाडौं, मंसिर ७ – राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले सर्वोच्च...