News Portal

रंगेली प्रहरीले  पक्राउ गरेेेेका ९ जना जुवाडे १८हजार धराैटिमा छुटे

हिमालीसंचार संवाददाता
३४२ पटक

रंगेली  रबिन्द्र बराल -नेपालीहरुकाे दाेस्राे महना पर्व दिपावली नजिकिँदै जाँदा गाउँघरमा जुवाडेहरु तास तथा काैडा खेल्न थालेपछि रंगेली प्रहरी त्यस्ताे कार्यलाई निरुत्साहित गर्ने उदेश्यले प्रहरीले रंगेलीमा १८ गते राती ११ बजे सुराकीको आधारमा रंगेली नगरपालिका ७ नयाँटोल स्थित च्याऊ खेती लगाएको घरबाट नाै जना जुवाडे पक्राउ गरेकाे थियो ।

तास खेल्दै गएको अवस्थामा प्रहरीले उनिहरुको साथबाट भारतिय रकम सहित नेपाली करिव ५९ हजार रुपैया  ९ थान मोवाइल सहित ९ बुक तास समेत बरामद गरेको थियो प्रहरीले उनिहरु बिरुद्ध जुवातास ऐन अन्तर्गत कार्वार्ही अगाडी बढाएको थियो ।

उनिहरु ६ दिन पछि जिल्ला प्रसाशन कार्यलय माेरङ बाट १८ हजार रुपैयाँ घराैटिमा रिहा भएकाेे ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक अनमाेल खड्काले जानकारी दिए । तास खेल्दै गरेका विकास कुमार मण्डल, श्रीप्रसाद मुखिया, लक्षु महतो, कमलदेव साह, भोलेनाथ मण्डल, दिपक मण्डल, धिरेन साह, चन्दन मण्डल र झप्सु यादव रिहा भएका हुन ।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...