News Portal

  • धरानका सुनिहाङ्मा मृत्यु प्रकरण : सिंगापुर पुलिसद्वारा नेपाल प्रहरीको इन्टरपोल शाखासँग घटनाको विवरण माग

    हिमालीसंचार संवाददाता
    ८९१ पटक

    धरान – सुनिहाङ्मा घटना प्रकरणबारे सिंगापुर पुलिस फोर्सले आफ्नै सङ्गठनमा कार्यरत व्यक्तिमाथि अदालतले पक्राउ पुर्जी जारी गरेकोबारे नेपाल प्रहरीको इन्टरपोल शाखामा घटनाको विवरण मागेको छ ।

    इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतका अनुसार नेपाल प्रहरीको इन्टरपोल शाखाले सुनिहाङ्मा लिम्बुको मृत्यु प्रकरणबारेमा जानकारी मागेकाले धरानबाट घटनाको विवरण सिंगापुर पुलिसलाई पठाई सकेको बताएका छन् ।

    माबो विवाह गरेको केही महिनामै सिंगापुरे फर्किएका सुनिहाङ्मा लिम्बुका श्रीमान् आइतराज माबो सिंगापुरे लाहुरे हुन् । उनीहरुको विवाह भएको केही महिनामै सुनिहाङमा कोठामा मृत अवस्थामा भेटिएका थिए ।

    सुनिहाङमा लिम्बुको माइती पक्षले घटना रहस्यमय भएको भन्दै प्रहरीमा किटानी जाहेरी दिएका थिए । सो क्रममा धरान प्रहरीले सुनिहाङमाका ससुरा सहित ४ जनालाई पक्राउ गरेको थियो । उनीहरूलाई जिल्ला अदालत सुनसरीबाट जनही एक लाख ५० हजार धरौटी माग गरी असोज २१ गते छुटेका छन् ।

    जिल्ला अदालत र प्रहरीको अनुसन्धानमा चित्त नबुझेको भन्दै उनीहरूले विराटनगरको उच्च अदालत, प्रदेश प्रहरी कार्यालय र गोर्खा वेलफेयर धरानमा निवेदन दिएका थिए । सोही निवेदनका आधारमा सुनिहाङमाका श्रीमान् आइतराज माबो कार्यरत रहेको सिंगापुर पुलिस फोर्समा पनि वेलफेयर मार्फत निवेदन पुगेपछि सिंगापुर पुलिस फोर्सले घटनाको बारेमा चासो लिएको छ ।

    त्यही अनुसार सिंगापुर प्रहरीमा कार्यरत धरान ११ का २२ वर्षीय आइतराज माबोविरूद्ध अदालतले पक्राउ पुर्जी जारी गरेकोबारे सिंगापुर प्रहरीले नेपाल प्रहरीको इन्टरपोल शाखामा जानकारी मागेको हो । भदौ २६ गते जिल्ला अदालत सुनसरीले माबोविरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

    श्रीमती सुनिहाङमा लिम्बूको आत्महत्या दुरुत्साहन मुद्दामा अदालतले माबोविरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो । माबोकोबारेमा सिंगापुर प्रहरीले मागेका आवश्यक कागजात नेपालबाट पनि पठाइएको जानकारी इन्टरपोल शाखाले दिएको प्रहरीले बताएको छ । सिंगापुरमा रहेका मृतकका श्रीमान् माबोमाथि अनुसन्धान पनि सुरु भएको बताइएको छ ।

    जिल्ला अदालत सुनसरीले पक्राउ पुर्जी जारी गरेका व्यक्तिलाई सात दिनभित्र पक्राउ नपरे ३५ दिनभित्र म्याद तामेल गराउन प्रहरीलाई आदेश थियो । अदालतको आदेश बमोजिम धरान प्रहरीले माबोको घरमा म्याद तामेल गराइसकेको जनाएको छ ।

    सुनिहाङ्मा मृत्यु प्रकरणको मुद्दा अहिले उच्च अदालत विराटनगरमा विचाराधीन अवस्थामा रहेको बताइएको छ । प्रहरीको अनुसन्धानमा चित्त नबुझाएका माइती पक्षले प्रदेश १ प्रहरी कार्यालयमा पनि उजुरी दिएपछि प्रहरी अनुसन्धानमाथि छानबिन गर्न सङ्घीय प्रहरी इकाई धरानका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद चौधरी नेतृत्वमा छानबिन भइरहेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता डिएसपी कवीन्द्र कुमार कार्कीले जानकारी दिए ।

    ढिलै भए पनि सिंगापुर पुलिस फोर्सले नेपाल प्रहरीको इन्टरपोल शाखालाई घटनाको विवरण मागेर अनुसन्धान थालेको भन्ने सुनेका छौ ।

    यसले हामीले न्याय पाउछौ की भन्नेमा आशा जागेको सुनिहाङमा न्ययिक अभियान समितिका सहसंयोजक अरुण तिगेलाले बताए । उनले थपे अदालतले धरौटीमा छाडने निर्णय गरेपछि अदालत परिसरमा आइतराज माबोको परिवारले गरेको अबिर जात्राले थप घटनामा रहस्य पैदा गरेको माइती पक्षको आरोप छ । रासस

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    भीम रावलको अभियान नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुँदै

    काठमाडौँ, कार्तिक २४ — पूर्वएमाले उपाध्यक्ष भीम रावलले नेतृत्व गरेको ‘मातृभूमि जागरण अभियान, नेपाल’ अब...

    इक्वेडरको मचाला जेलमा दङ्गा : ३१ कैदीको मृत्यु

    क्विटो, कार्तिक २४  — इक्वेडरको मचाला जेलमा आइतबार भएको हिंसात्मक भिडन्तमा कम्तीमा ३१ कैदीको मृत्यु...

    काठमाडौंमा बुवाको हत्या आरोपमा छोरा पक्राउ

    काठमाडौं, कार्तिक २४ — काठमाडौं महानगरपालिका–१५ किमडोलमा बुवाको हत्या आरोपमा एक छोरा पक्राउ परेका छन्।...

    उर्जामन्त्री कुलमान घिसिङको पार्टी ‘उज्यालो नेपाल’ नाममा दर्ता तयारी

    काठमाडौं, कार्तिक २४ — उर्जामन्त्री कुलमान घिसिङले नेतृत्व गर्ने नयाँ राजनीतिक दलको नाम “उज्यालो नेपाल”...

    आज २०८२ साल कार्तिक २४ गतेको राशिफल

    आज कार्तिक २४, २०८२ (नोभेम्बर १०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...