News Portal

“यस पालीको तिहारैमा” सार्वजनिक (भिडियो सहित)

हिमालीसंचार संवाददाता
६८३ पटक

काठमाण्डौ – गीतकार लब्ली तुलसीले रचना गरेका गीत यो महिना ४ वटा म्युजिक भिडियो सहित पुर्वेली जुनतारा मार्फत सार्वजनिक गरेका छन् ।

गीतकार तुलसीले सार्वजनिक गरेका म्युजिक भिडियो “जीवन साथी, सम्झना गाउघरको, फेसबुकमा फोटो छ र यस पालीको तिहारैमा” म्युजिक भिडियो सार्वजनिक गरेका हुन्। 

अधिकांश गीत नेपाली चाडलाई लक्षित गरेर सार्वजनिक गरेका हुनाले दर्शक श्रोताले आफ्नो रचनालाई माया गरी दिनु हुनेमा गीतकार तुलसी ढुक्क छन्। सार्वजनिक म्युजिक भिडियो पुर्वेली जुनतारा युटुब च्यानल मार्फत सुन्न र हेर्न सकिने गीतकारले हिमाली संचारसंगको कुराकानीमा बताएका छन्।

सार्वजनिक गीत मध्ये तिहारको उपलक्ष्यमा “यस पालीको तिहारैमा” भर्खरै सार्वजनिक गीत हुन्। तिहारको गीत भएकाले संयुक्त रुपमा आवाज रहेको छ।  गायक प्रियजन राई, समला राई, महेन्द्र राई, दिपा तामाङ, सावित्रा राई, सुमन राई, रस्मी राई, दुर्गा बहादुर कार्की, बसन्ता राई, मिन प्रकाश वली, मन देवि राई, सायाहाङ राई, बुद्ध राई, गोविन्द सोनी, सत्यजीत समाल, कमला राउत, बुद्ध खत्री, सुमन मगर, अर्जुन घिमिरे, राज कुमार लामा तामाङ, रबिन राई, कृष्ण श्रेष्ठ, पुष्प राई, रिता तामाङ, समिर राई, इन्द्र आले मगर, आईसा राई रहेका छन् भन्ने श्रृंगार: सोनी राई, आयिशा राई र सरोज पाण्डेको संयुक्त आवाज रहेको छ।

नृत्य निर्देशन सिर्जना किराँती र छायांकन जनक राज अधिकारी गरेका हुन् भने सम्पादन नरोत्तम पाण्डेले गरेका छन् । निर्देशन मनिष कार्कीले गरेका गीतको संगीत पुष्प राईले गरेका हुन् भने ऐरेन्ज राजु कार्की र रेकडिष्ट सुवाश कुथुमी राई र मिक्सीङ्ग÷मास्टरीङ्ग डिजी गोविन्द सोनीले गरेका गीत स्टुडियो एक्सन रेकर्डिङ गरेका हुन् ।

म्युजिक भिडियो:

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २७ गतेको राशिफल

आज माघ २७, २०८२ ( फेब्रुअरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अख्तियार प्रमुख राई भन्छन् : भ्रष्टाचारविरुद्धको अभियानले जनविश्वास बढायो

काठमाडौं, २६ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण सरकारको...

फागुन २१ को निर्वाचन देशकै जितका लागि : लामिछाने

बुटवल, माघ २६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी फागुन २१...

आज २०८२ साल माघ २६ गतेको राशिफल

आज माघ २६, २०८२ ( फेब्रुअरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...