News Portal

प्रचण्डलाई प्रकाशमानको जवाफः माओवादीलाई जंगलबाट सत्तामा पुर्‍याउने कांग्रेस नै हो

संवाददाता
६६७ पटक

डडेल्धुरा -नेपाली कांग्रेसका नेता तथा पूर्व महामन्त्री प्रकाशमान सिंहले राणा, पञ्चायत र राजा सिद्धाउने कांग्रेसलाई सिद्धियो भन्नु तर्कहीन भएको बताएका छन् ।

सोमबार मात्रै नेकपाका अध्यक्ष प्रचण्डले कांग्रेस सिद्धिन लागेको बताएका थिए । प्रचण्डलाई प्रकाशमान सिंहले डडेल्धुरा पुगेर युद्धरत माअोवादीलार्इ समेत कांग्रेसले नै सत्तामा पुयाएको भन्दै जवाफ दिएका हुन् ।

नेपाल प्रेस यूनियन डडेल्धुराले मंगलबार डडेल्धुरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता सिंहले भने, ‘राणा, पञ्चायत र राजा सिद्धाएर माओवादीलाईसमेत जंगलबाट सत्तामा पुर्‍याएको कांग्रेसलाई अहिले सिद्धिदैछ भनेर भन्नु बहुमतको दम्भ हो ।’

नेता सिंहले आˆनो पार्टीले सरकारको राम्रो कामको समर्थन र गलत कार्यको विरोध गर्ने बताए । उनले भनेे, ‘कांग्रेस सधै जनताको पक्षमा बोल्छ, तर कम्युनिस्टको सरकार आइसकेपछि जतनाले उपभोग गर्ने हरेक बस्तुमा कर बृद्धि भयो ।’

उनले वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख भैरहेको बताए । ‘सार्वजनिक स्थानलाई निषेधित क्षेत्र घेाषण गर्नु के हो ?’ उनले प्रश्न गर्दै भने, ‘देशका सबै आन्दोलन तथा विरोध प्रर्दशनका कार्यक्रम भएको माइतीघरलाई निषेधित क्षेत्र घोषण गर्नु अधिनाएकवादको संकेत हो ।’

सिंहले विभाजित कम्युनिस्टलाई पनि कांग्रेसले नै एकजुट बनाएको बताएका छन् । ‘विभाजित तथा कमजोर अवस्थामा रहेको कम्युनिस्टलाई २०४६ सालमा स्व. गणेशमान सिंहले नै एकजुट गराएका थिए,’ उनले भने, ‘तर अहिले तिनै सत्ताधारी कम्युनिस्टबाटै राजनितीक अस्थिरता बनाउने काम हुँदैछ ।’

नेपाली कांग्रेस नेतृत्वको सरकारले कानुनसम्मत गरेका निर्णयहरु एकाएक खारेजी गरिएको भन्दै उनले सदन, सडक र सबैतिरबाट प्रतिवाद गरिएको स्पष्ट पारे ।

त्यस्तै कम्युनिस्टहरुले दुई तिहाईको दम्भ त्यागेर जनभावना अनुरुप काम गर्नु पर्ने उनको सुझाव छ ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...