News Portal

गोठाला गएकी २१ वर्षकी यूवतीको शंकास्पद मृत्यु

हिमालीसंचार संवाददाता
५३७ पटक

दैलेख – घरबाट जंगलमा गाईबाख्रा गोठाला गएकी एक युवतीको जंगलमै दुई दिनपछि मृत भेटिईन्। प्रहरीले घटना शंकास्पद भनेर अनुसन्धान थालेको छ तर, अँझै घटनाको नजिक पुग्न सकेको छैन्।

दैलेखमा शंकास्पद मृत्युबारे अँझै रहस्यमय दैलेखको डुङ्गेश्वर गाँउपालिका-६ लटाली बस्ने कर्णबहादुर विकको २१ वर्षकी छोरी सुनिता विक कार्तिक १७ गते ११ बजे खाना खाएर गोठाला गएकी थिईन्।

लटाली भैसीबाध्ने जंगलमा गाईबाख्रा गोठालो गएको अवस्थामा साँझ अबेरसम्म घर नफर्किएपछि परिवार तथा आफन्तले खोजतलास गर्ने क्रममा १८ गते उक्त जंगलमा मृतअवस्थामा फेला पारेको थियो। तत्काल घटनास्थलमा जिल्ला प्रहरी प्रमुख र सिओसिओ प्रहरीसहितको टोलीले घटनाको प्रारम्भिक अनुसन्धान कार्य पुरा गरेको छ।

घटनाको अनुसन्धानमा तालिम प्राप्त कुकुर समेतको प्रयोग गरेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। घटना शंकाष्पद देखिईएकोले आवश्यक अनुसन्धान प्रक्रिया निरन्तर चलिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रतिकृया दिनुहोस्

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...