आज : २०२६-०६-२६, शुक्रबार

मर्निङ वाक हिँडेका एक पुरूष धोबीघाटमा मृत

काठमाण्डौ – चोभारमा मर्निङ वाकमा आएका एक व्यक्ति आज विहान मृत भेटिएका छन्। उनी शनिबार धोबीघाट सनराईज अपार्टमेन्ट नजिक मृत अवस्थामा फेला परेका हुन्।

स्थानीयबासीका अनुसार ती व्यक्ति करिब ५ बजेतिर बीच बाटोमा आराम गर्दै थिए। आराम गर्दागर्दै निज बाटोमा ढलेको हुनसक्ने प्रहरीको अनुमान रहेको छ। 

शवको अवस्थिति हेर्दा उनको हृदयघातका कारण मृत्यु भएको हुनसक्ने ललितपुर प्रहरीले जनाएको छ।