News Portal

कतारका राजकुमारको टोली आधार शिविर पुग्यो

हिमालीसंचार संवाददाता
४१७ पटक

सोलुखुम्बु । बहराइनका राजकुमार फर्किएलगत्तै कतारका राजकुमार शेख मोहमद विन अब्दुल्ला सोलुखुम्बुमा रहेको आमादब्लम हिमाल आरोहण गर्न आधार शिविर पुगेका छन् । केही दिनअघि नेपाल आउएका राजकुमार शेख मोहम्मदसहित १४ सदस्यीय टोली आमादब्लम सगरमाथाको आधार शिविर पुगेको हो ।

विश्वको सुन्दर तर आरोहणका लागि कठिन मानिने आमादब्लम हिमाल आरोहणका लागि कतारका राजकुमारसहित अमेरिकन र क्यानेडियनको टोली आधार शिविर पुगेको आरोहणको व्यस्थापक हिमालयन गाइड्स नेपालका प्रबन्ध निर्देशक ईश्वरी पौडेलले जानकारी दिए।

राजकुमारसहितको टोली नेपाल आएपछि काठ्माडौँमा एक हप्ता क्वारेन्टिनमा बसेर हिमाल आरोहणका लागि दशैँको टीकाको दिन काठमाडौँबाट लुक्ला गएको थियो । टोलीमा राजकुमार अब्दुल्लासहित अमेरीकन, क्यानेडियन सहित छ जना विदेशी नेपाली गरेर १६ जनाको टोली रहेको छ। जसमा ६ जना विदेशी र ११ जना नेपालीले हिमाल आरोहण गर्ने छन् ।

कोरोना कहरले थलिएका बेला यो सन् २०२० को तेस्रो आरोहण टोली हो । यस अघि बहराइनको राजकुमार र तीन जना नेपालीको टाली दुई समूहले लुबुचे हिमालको सफल आरोहण गरिसकेका छन्। अहिले आरोहणको लागि डोरी फिक्सिङको काम भइरहको र मौसमले साथ दिएमा राजकुमार सहितको टोलीले दुई हप्ताभित्र आरोहण सकेर काठमाडौँ फर्किने हिमालयन गाइड्स नेपालका प्रबन्ध निर्देशक पौडेलले बताए ।

अन्यभन्दा कमै आरोहण हुने छ हजार ८१२ मिटर उचाइको आमादब्लम हिमालमा पहिलो पटक सन् १९६१ मा आरोहण भएको थियो ।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...