News Portal

प्रदेश १ को कोरोना सम्बन्धि विशेष जानकारी: स्वास्थ्यलाभ लिने बढी

हिमालीसंचार संवाददाता
३२१ पटक

विराटनगर – प्रदेश १ मा आज ३ सय १५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङ १ सय २३, सुनसरीमा ८९, झापा ७६, तेह्रथुम ६, इलाम, धनकुटा र भोजपुरमा ३-३, उदयपुर २, ताप्लेजुङ, ओखलढुङ्गा र सङ्खुवासभा १-१ र प्रदेश १ बाहिरका ७ जना रहेको आज सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

मोरङको विराटनगर ८९, उर्लाबारी ८, सुन्दरहरैचा ६, लेटाङ ४, बेलबारी र पथरीशनिश्चरे ३-३, रंगेली २, धनपालथान, ग्रामथान, सुनबर्षी, कटहरी, रतुवामाई र केराबारी १-१ र स्थानीय तह नखुलेका २ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

सुनसरीको धरान ४९, इटहरी २१, इनरुवा ७, रामधुनी, देवानगञ्ज, बराहक्षेत्र र कोशी गाउँपालिका २-२, भोक्राहानरसिंह, दुहबी, हरिनगर र स्थानीय तह नखुलेका १-१ जनाको रिपोर्ट पोजेटिभ आएको भर्खरै सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यस्तै, झापाको दमक २८, बिर्तामोड २१, भद्रपुर ९, शिवसताक्षी, अर्जुनधारा र मेचीनगर ३-३, कनकाई, हाल्दिबारी र झापा गाउँपालिका २-२, गौरादह, कमल गाउँपालिका र स्थानीय तह नखुलेका १-१, तेह्रथुमको लाली गुराँसमा ४, म्याङ्लुङ र छथरमा १-१, इलामको इलाम नगरपालिका २ र सूर्योदय १, धनकुटाको पाख्रीबास १ र स्थानीय तह नखुलेका २, भोजपुर ३, उदयपुरको बेलका र त्रियुगा १-१, ताप्लेजुङको फुङलिङ, ओखलढुङ्गाको मानेभन्ज्याङ, सङ्खुवासभाको खाँदबारी १-१ र प्रदेश १ बाहिरका ७ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ३ सय ५० जनाले स्वास्थ्यलाभ लिएका छन् । होमआईसोलेसनबाट ३ सय ४३, विराट मेडिकल कलेजबाट ३, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट २, न्युरो अस्पताल र जिल्ला अस्पताल धनकुटाबाट १–१ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या १३ हजार ४६ पुगेको छ ।

प्रदेश १ मा आज १ हजार १ सय९७ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १ सय ३८ महिला र १ सय ७७ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २१ हजार १ सय १७ पुगेको छ ।हालसम्म १ लाख ६७ हजार ३ सयको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १२ गतेको राशिफल

आज माघ १२, २०८२ (जनवरी २६, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

झण्डा ओढ्ने संस्कार बढ्दै, कानुनी चेतना खस्किँदै उल्लङ्घन गरे कानुनी कारबाही हुने

काठमाडौँ —नेपालको राष्ट्रिय गौरवको प्रतीक राष्ट्रिय झण्डाको प्रयोगलाई व्यवस्थित, मर्यादित र सम्मानजनक बनाउन राष्ट्रिय झण्डा...

बदल्यौ कांग्रेस, बदल्छौ देश !

– कमला थापा २०८२ माघ ११ गते। नेपाली कांग्रेसको विषेश महाधिवेशन सम्पन्न गर्दै नीर्वाचनमा सहभागी...

रवि लामिछानेविरुद्धको अभियोग संशोधनबारे सर्वोच्चमा सुनुवाइ

काठमाडौं, माघ ११ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र...

बहुमतका लागि एमालेको अभियान तीव्र, सदस्यहरूलाई सक्रिय बन्न ओलीको आग्रह

काठमाडौं, ११ माघ – नेकपा एमालेले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठनलाई थप चलायमान बनाउन...