News Portal

प्रदेश १ को कोरोना सम्बन्धि विशेष जानकारी: स्वास्थ्यलाभ लिने बढी

हिमालीसंचार संवाददाता
३४२ पटक

विराटनगर – प्रदेश १ मा आज ३ सय १५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङ १ सय २३, सुनसरीमा ८९, झापा ७६, तेह्रथुम ६, इलाम, धनकुटा र भोजपुरमा ३-३, उदयपुर २, ताप्लेजुङ, ओखलढुङ्गा र सङ्खुवासभा १-१ र प्रदेश १ बाहिरका ७ जना रहेको आज सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

मोरङको विराटनगर ८९, उर्लाबारी ८, सुन्दरहरैचा ६, लेटाङ ४, बेलबारी र पथरीशनिश्चरे ३-३, रंगेली २, धनपालथान, ग्रामथान, सुनबर्षी, कटहरी, रतुवामाई र केराबारी १-१ र स्थानीय तह नखुलेका २ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

सुनसरीको धरान ४९, इटहरी २१, इनरुवा ७, रामधुनी, देवानगञ्ज, बराहक्षेत्र र कोशी गाउँपालिका २-२, भोक्राहानरसिंह, दुहबी, हरिनगर र स्थानीय तह नखुलेका १-१ जनाको रिपोर्ट पोजेटिभ आएको भर्खरै सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यस्तै, झापाको दमक २८, बिर्तामोड २१, भद्रपुर ९, शिवसताक्षी, अर्जुनधारा र मेचीनगर ३-३, कनकाई, हाल्दिबारी र झापा गाउँपालिका २-२, गौरादह, कमल गाउँपालिका र स्थानीय तह नखुलेका १-१, तेह्रथुमको लाली गुराँसमा ४, म्याङ्लुङ र छथरमा १-१, इलामको इलाम नगरपालिका २ र सूर्योदय १, धनकुटाको पाख्रीबास १ र स्थानीय तह नखुलेका २, भोजपुर ३, उदयपुरको बेलका र त्रियुगा १-१, ताप्लेजुङको फुङलिङ, ओखलढुङ्गाको मानेभन्ज्याङ, सङ्खुवासभाको खाँदबारी १-१ र प्रदेश १ बाहिरका ७ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ३ सय ५० जनाले स्वास्थ्यलाभ लिएका छन् । होमआईसोलेसनबाट ३ सय ४३, विराट मेडिकल कलेजबाट ३, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट २, न्युरो अस्पताल र जिल्ला अस्पताल धनकुटाबाट १–१ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या १३ हजार ४६ पुगेको छ ।

प्रदेश १ मा आज १ हजार १ सय९७ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १ सय ३८ महिला र १ सय ७७ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २१ हजार १ सय १७ पुगेको छ ।हालसम्म १ लाख ६७ हजार ३ सयको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...