News Portal

उपभोक्ता ठग्ने सुर्खेत डेरी उद्योगद्वारा गल्ती स्वीकार

हिमालीसंचार संवाददाता
४४२ पटक

सुर्खेत – उपभोक्तालाई ठगी गर्ने सुर्खेत डेरी उद्योग प्रालिले आफ्नो गल्ती स्वीकार गरेको छ। उक्त डेरी उद्योगद्वारा उत्पादित ‘रारा दुध’ र ‘रारा दही’मा लेवलिङ्ग उल्लेख नगरी नागरिकको स्वास्थ्यमा खेलबाड गर्ने उद्योगले प्रेस विज्ञप्ती जारी गर्दै गल्ती स्वीकार गरेको हो।

लेवल प्रिन्ट गर्ने मेशिन विग्रिएको भन्दै उद्योगले बचाउ गर्न खोजेपनि हालसम्म लेवल नलगाई दुध दही विक्रि गर्दै आएको थियो। उपभोक्तालाई लेवल नलगाई उपभोग्य सामाग्री विक्रि गर्नु गैरकानूनी काम भएकाले कानूनी कारबाही गरिनुपर्ने अधिवक्ता दुर्गा सापकोटाले बताए।

लेवल नलगाई सामाग्री बेच्ने उद्योगका सञ्चालकले अपराध गरीहाल्ने तर गल्ती भईहाल्यो भन्दैमा माफि दिन नमिल्ने सापकोटाले जानकारी दिए। लेवल नलागाई सामाग्री विक्रि गर्ने उत्पादन कम्पनीलाई कानुनी कारबाही गरिने सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताए।

समाचार प्रकाशन भएपछि अनुगमन टोलीले अध्ययन गरिसकेको र उक्त टोलीको प्रतिवेदनका आधारमा कारबाही गरिने उनले जानकारी दिए। अनुगमन भईसकेको छ। टोलीको प्रतिवेदन मलाई प्राप्त भएको छैन प्रजिअ रेग्मीले भने, ‘प्रतिवेदनको आधारमा आबश्यक कारबाही हुन्छ।

उपभोक्ता संरक्षण ऐन २०७५ को परिच्छेद २ को दफा ६ को उपदफा (च) मा वस्तुको विक्रि मुल्य, व्याच नम्बर र उत्पादन मिति उल्लेख गर्नुपर्ने स्पष्ट व्यवस्था छ। यद्यपी उक्त सुर्खेत डेरी उद्योग प्रालिले दुध र दहीका प्याकेटहरुमा वस्तुको विक्रि मुल्य, व्याच नम्बर र उत्पादन मिति उल्लेख नगरी उपभोक्तालाई विक्रि वितरण गर्दै आएको समाचार प्रकाशन भएपछि लेवल उल्लेख गर्न थालेको छ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...