News Portal

दोहोरो भुक्तानी लिएका नक्कली भूकम्पपीडितबाट ११ करोड फिर्ता

हिमालीसंचार संवाददाता
४८३ पटक

काठमाडौँ — दोहोरो भुक्तानी लिएका नक्कली भूकम्पपीडितबाट पौने ११ करोड रुपैयाँ फिर्ता भएको छ । दोहोरो सुविधा लिएका र स्वेच्छाले रकम फिर्ता गर्नेको संख्या २ हजार १ सय ५० रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन इकाइको तथ्यांक छ ।

उनीहरूबाट ११ करोड ८० लाख रुपैयाँ फिर्ता भएको हो । दोहोरो रकम बुझ्नेहरूले रकम फिर्ता गरेको इकाइका आयोजना निर्देशक गणेशराज वस्तीले जानकारी दिए ।

एउटै लाभग्राहीले गैरसरकारी संस्था र सरकारबाट दोहोरो भुक्तानी लिएको पाइयो,’ उनले भने, ‘यो कुरा थाहा पाएर ताकेता गरेपछि रकम फिर्ता भएको हो ।’ उनका अनुसार केहीले भने स्वेच्छाले समेत रकम फिर्ता गरेका छन् । कात्तिक १४ सम्मको तथ्यांकअनुसार पहिलो किस्ताबापतको रकम फिर्ता गर्नेको संख्या २ हजार ३८, दोस्रो ४६ र तेस्रो किस्ता फिर्ता गर्ने ६ जना छन् । लाभग्राहीले घर बनाउन पहिलो किस्ताबापत ५० हजार, दोस्रो १ लाख ५० हजार र तेस्रो किस्ताका रूपमा १ लाख रुपैयाँ पाउँछन् ।

पहिलो किस्ता २ हजार ४२, दोस्रो किस्ता १ सय र तेस्रो किस्ता फिर्ता गर्ने ८ जना छन् । यसबाट ९ करोड ७० लाख रुपैयाँ फिर्ता भएको हो । दोहोरो रकम लिएर फिर्ता गर्नेको संख्या १ हजार ७ सय ४५ छ । त्यस्तै स्वेच्छाले फिर्ता गर्ने ४ सय ५ जना छन् जसमा पहिलो किस्ता ३ सय ९७ जना, दोस्रो ५ र तेस्रोमा ३ जनाले फिर्ता गरेका छन् । यसअन्तर्गत दुई करोड ९ लाख रुपैयाँ फिर्ता भएको छ । ‘मैले दोहोरो रकम भुक्तानी लिएँ भनेर आफैं फिर्ता गर्न कोही आउँदैनन्,’ वस्तीले भने, ‘अनुगमन र उजुरीका आधारमा थाहा पाएपछि रकम फिर्ता गर्न ताकेता गर्ने गरेका छौं ।’

तथ्यांकअनुसार गोरखामा पहिलो किस्ता फिर्ता गर्ने २ सय ७१ जना छन् । दोस्रो र तेस्रो किस्ता फिर्ता गर्ने दुई दुई जना छन् । त्यस्तै काठमाडौंमा पहिलो किस्ता फिर्ता गर्ने ४५ जना छन् । दोस्रो र तेस्रो किस्ता फिर्ता गर्ने एक एक जना छन् । ललितपुरमा पहिलो किस्ता २ सय, दोस्रो २६ र तेस्रो किस्ता फिर्ता गर्ने दुई जना छन् । रामेछापमा पहिलो किस्ता २२ र दोस्रो किस्ता फिर्ता गर्ने १ जना छन् । दोलखामा पहिलो किस्ता फिर्ता गर्ने ९१ जना, दोस्रो ५४ र तेस्रो किस्ता फिर्ता गर्ने २ जना छन् । रसुवामा पहिलो किस्ता फिर्ता गर्ने ७ र दोस्रो किस्ता फिर्ता गर्ने ११ जना छन् । काभ्रेमा पहिलो किस्ता २ सय २०, दोस्रो २ र तेस्रो किस्ता फिर्ता गर्ने १ जना छन् । सिन्धुलीमा पहिलो किस्ता फिर्ता गर्ने १८ र दोस्रो किस्ता फिर्ता गर्ने ३ जना छन् । ‘धेरै मिहिनेतले यो रकम फिर्ता गराउन सफल भएका छौं,’ आयोजनाका वित्तीयविज्ञ हरिनारायण निरौलाले भने, ‘जसमा दोहोरो भुक्तानी लिने धेरै छन् । धेरैपटक ताकेता गरेपछि फिर्ता गरेका हुन् ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...