News Portal

  • दोहोरो भुक्तानी लिएका नक्कली भूकम्पपीडितबाट ११ करोड फिर्ता

    हिमालीसंचार संवाददाता
    ४०९ पटक

    काठमाडौँ — दोहोरो भुक्तानी लिएका नक्कली भूकम्पपीडितबाट पौने ११ करोड रुपैयाँ फिर्ता भएको छ । दोहोरो सुविधा लिएका र स्वेच्छाले रकम फिर्ता गर्नेको संख्या २ हजार १ सय ५० रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन इकाइको तथ्यांक छ ।

    उनीहरूबाट ११ करोड ८० लाख रुपैयाँ फिर्ता भएको हो । दोहोरो रकम बुझ्नेहरूले रकम फिर्ता गरेको इकाइका आयोजना निर्देशक गणेशराज वस्तीले जानकारी दिए ।

    एउटै लाभग्राहीले गैरसरकारी संस्था र सरकारबाट दोहोरो भुक्तानी लिएको पाइयो,’ उनले भने, ‘यो कुरा थाहा पाएर ताकेता गरेपछि रकम फिर्ता भएको हो ।’ उनका अनुसार केहीले भने स्वेच्छाले समेत रकम फिर्ता गरेका छन् । कात्तिक १४ सम्मको तथ्यांकअनुसार पहिलो किस्ताबापतको रकम फिर्ता गर्नेको संख्या २ हजार ३८, दोस्रो ४६ र तेस्रो किस्ता फिर्ता गर्ने ६ जना छन् । लाभग्राहीले घर बनाउन पहिलो किस्ताबापत ५० हजार, दोस्रो १ लाख ५० हजार र तेस्रो किस्ताका रूपमा १ लाख रुपैयाँ पाउँछन् ।

    पहिलो किस्ता २ हजार ४२, दोस्रो किस्ता १ सय र तेस्रो किस्ता फिर्ता गर्ने ८ जना छन् । यसबाट ९ करोड ७० लाख रुपैयाँ फिर्ता भएको हो । दोहोरो रकम लिएर फिर्ता गर्नेको संख्या १ हजार ७ सय ४५ छ । त्यस्तै स्वेच्छाले फिर्ता गर्ने ४ सय ५ जना छन् जसमा पहिलो किस्ता ३ सय ९७ जना, दोस्रो ५ र तेस्रोमा ३ जनाले फिर्ता गरेका छन् । यसअन्तर्गत दुई करोड ९ लाख रुपैयाँ फिर्ता भएको छ । ‘मैले दोहोरो रकम भुक्तानी लिएँ भनेर आफैं फिर्ता गर्न कोही आउँदैनन्,’ वस्तीले भने, ‘अनुगमन र उजुरीका आधारमा थाहा पाएपछि रकम फिर्ता गर्न ताकेता गर्ने गरेका छौं ।’

    तथ्यांकअनुसार गोरखामा पहिलो किस्ता फिर्ता गर्ने २ सय ७१ जना छन् । दोस्रो र तेस्रो किस्ता फिर्ता गर्ने दुई दुई जना छन् । त्यस्तै काठमाडौंमा पहिलो किस्ता फिर्ता गर्ने ४५ जना छन् । दोस्रो र तेस्रो किस्ता फिर्ता गर्ने एक एक जना छन् । ललितपुरमा पहिलो किस्ता २ सय, दोस्रो २६ र तेस्रो किस्ता फिर्ता गर्ने दुई जना छन् । रामेछापमा पहिलो किस्ता २२ र दोस्रो किस्ता फिर्ता गर्ने १ जना छन् । दोलखामा पहिलो किस्ता फिर्ता गर्ने ९१ जना, दोस्रो ५४ र तेस्रो किस्ता फिर्ता गर्ने २ जना छन् । रसुवामा पहिलो किस्ता फिर्ता गर्ने ७ र दोस्रो किस्ता फिर्ता गर्ने ११ जना छन् । काभ्रेमा पहिलो किस्ता २ सय २०, दोस्रो २ र तेस्रो किस्ता फिर्ता गर्ने १ जना छन् । सिन्धुलीमा पहिलो किस्ता फिर्ता गर्ने १८ र दोस्रो किस्ता फिर्ता गर्ने ३ जना छन् । ‘धेरै मिहिनेतले यो रकम फिर्ता गराउन सफल भएका छौं,’ आयोजनाका वित्तीयविज्ञ हरिनारायण निरौलाले भने, ‘जसमा दोहोरो भुक्तानी लिने धेरै छन् । धेरैपटक ताकेता गरेपछि फिर्ता गरेका हुन् ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    कांग्रेसमा विशेष महाधिवेशनको दबाब बढ्दै, लुम्बिनीका नेताहरू राष्ट्रपति भेट्न शीतलनिवासमा

    काठमाडौं, मंसिर ८ – नेपाली कांग्रेसमा विशेष महाधिवेशनको माग तीव्र बनेको छ। यही प्रसंगमा लुम्बिनी प्रदेशका...

    नवलपरासीकी सपना परियारलाई २४ घण्टामै उद्धार, युवाशक्ति कुवेतको सहयोगमा नेपाल फिर्ता

    कुवेत -नवलपरासी घर भएकी सपना परियार विगत ९ महिनादेखि कुवेतमा घरेलु कामदारका रूपमा कार्यरत थिइन्। नेपालमा...

    आज २०८२ साल मंसिर ८ गतेको राशिफल

    आज मंसिर ८, २०८२ (नोभेम्बर २४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    जेन जेड पुस्ता र नेपालको समसामयिक परिदृश्य

    काठमाडौ – नेपाल आज एउटा यस्तो राजनीतिक संघारमा छ, जहाँ जेन जेड पुस्ताको उर्जाशील विद्रोह,...

    नेपालमा युवा–राजनीति अन्तर : क्षमता ठूलो, स्थान सानो

    काठमाडौं । नेपालमा १३ देखि ३० वर्षसम्मका युवाहरू देशको सबैभन्दा ठूलो जनसंख्या हिस्सा हुन्। देशको...