News Portal

भाइसँग अवैध सम्बन्ध राखेको भन्दै श्रीमानद्वारा श्रीमतीको हत्या

अदालतमा डिभोर्सको प्रक्रिया समेत चलिरहेको थियो

हिमालीसंचार संवाददाता
४२३ पटक

सोलुखुम्बु – सोलुखुम्बुमा भाईसँग अवैध सम्बन्ध राखेको भन्दै श्रीमानले आफ्नो श्रीमतीको खुकुरी प्रहार गरी हत्या गरेका छन् ।

सोताङ गाउँपालिका-३ का २९ वर्षीय होम बहादुर राईले भाइसँग अवैध सम्बन्ध रहेको चाल पाएपछि खुकुरी प्रहारबाट २८ वर्षीय श्रीमती सोमा लामाको हत्या गरेका हुन् ।

दुवै जनाको सम्बन्ध राम्रो नभएपछि सोमा केही महिना यता माइत बस्दै आएकी थिइन । दुवैबिच डिभोर्सको प्रक्रिया चलिरहेको अवस्थामा घटना भएको हो। माइत बस्दा २७ वर्षीय नन्दराज राईसँग अवैध सम्बन्ध रहेको थाहा पाएपछि विवादको क्रममा होम बहादुरले राती नन्दराजकै घरमा पुगेर खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।

बुधवार साँझ ६ बजे उनले सोमाको हत्या गरेको प्रहरीले प्रहरीले जनाएको छ । मृतककी एक छोरी समेत रहेको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका इन्स्पेक्टर महेन्द्र दर्नालका अनुसार घटनाको विषयमा प्रहरीमा जानकारी हुनसाथ हत्या आरोपमा होम बहादुर राईलाई पक्राउ गरिएको छ। हत्या गर्ने राई र नन्द राज राई नाताले दाजु भाइ हुन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...