
सोलुखुम्बु – सोलुखुम्बुमा भाईसँग अवैध सम्बन्ध राखेको भन्दै श्रीमानले आफ्नो श्रीमतीको खुकुरी प्रहार गरी हत्या गरेका छन् ।
सोताङ गाउँपालिका-३ का २९ वर्षीय होम बहादुर राईले भाइसँग अवैध सम्बन्ध रहेको चाल पाएपछि खुकुरी प्रहारबाट २८ वर्षीय श्रीमती सोमा लामाको हत्या गरेका हुन् ।
दुवै जनाको सम्बन्ध राम्रो नभएपछि सोमा केही महिना यता माइत बस्दै आएकी थिइन । दुवैबिच डिभोर्सको प्रक्रिया चलिरहेको अवस्थामा घटना भएको हो। माइत बस्दा २७ वर्षीय नन्दराज राईसँग अवैध सम्बन्ध रहेको थाहा पाएपछि विवादको क्रममा होम बहादुरले राती नन्दराजकै घरमा पुगेर खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।
बुधवार साँझ ६ बजे उनले सोमाको हत्या गरेको प्रहरीले प्रहरीले जनाएको छ । मृतककी एक छोरी समेत रहेको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका इन्स्पेक्टर महेन्द्र दर्नालका अनुसार घटनाको विषयमा प्रहरीमा जानकारी हुनसाथ हत्या आरोपमा होम बहादुर राईलाई पक्राउ गरिएको छ। हत्या गर्ने राई र नन्द राज राई नाताले दाजु भाइ हुन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिए ।
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
