News Portal

ओली-दाहाल छलफलपछि नेकपा विवाद झन् उत्कर्षमा

हिमालीसंचार संवाददाता
४५५ पटक

काठमाण्डौ – सत्तारुढ नेकपाभित्रको विवाद झनै उत्कर्षमा पुगेको छ । बिहीबार दिउँसो बालुवाटारमा नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको छलफलले विवाद झनै बढाएको एक नेताले दाबी गरे । ती नेताका अुनसार छलफल सकारात्मक नभएको बरु त्यसले विवाद थप बढेको छ।

बुधबार ओली समूहले आफू निकट प्रदेश १ का नेताहरुसँग गरेको भर्चुअल बैठक र प्रधानमन्त्रीको राजीनामा सम्बन्धी अभिव्यक्तिलाई लिएर अध्यक्ष दाहालले आपत्ति जनाएका छन् । पार्टी फुटाउन खोजेको आरोप आफूलाई लगाएर बालुवाटारबाट फुटका गतिविधि भएको भन्दै दाहालले आपत्ति जनाएका हुन् । पार्टीमा उठ्दै नउठेको राजीनामाको विषयबारे प्रधानमन्त्रीको बुधबारको अभिव्यक्तिप्रति पनि दाहालले आपत्ति जनाएको ती नेताले बताए ।

”अहिले पार्टीमा प्रधानमन्त्रीको राजीनामाको विषय नभई स्थायी कमिटीका निर्णय कार्यान्वयन र पार्टी बैठकको मात्रै माग भएको दाहालले ओलीलाई भनेका थिए।” पार्टी फुटाउन लागेको दोष आफूलाई लगाउने तर गुटका भेला, बैठक गरेर पार्टी फुटाउने तयारी बालुवाटारबाट भएको भन्दै दाहालले त्यसले निकास नदिने बताएका थिए । उनले सबै कुरा बैठकमा राख्न ओलीलाई आग्रह गरेको पनि ती नेताले बताए ।

तर, ओली बैठकप्रति सकारात्मक नभएपछि दाहाल छलफलको औचित्य सकिएको भन्दै बालुवाटारबाट निस्किएका थिए ।

प्रधानमन्त्री ओलीले आफूविरुद्ध षड्यन्त्रहरु भएका र त्यसको सामना गर्न तयार रहेको जवाफ अध्यक्ष दाहाललाई दिएका थिए । पार्टीभित्रैको असहयोगले सरकारको काममा असर पारेको भन्दै ओलीले आफूले पार्टी फुटका गतिविधि नगरेको बताएका थिए । दुई अध्यक्षबीचको छलफल सकारात्मक नभएपछि दुवै समूह थप रणनीति निर्माणमा जुटेका छन् ।

केहीदिन अगाडि प्रधानमन्त्री ओलीले बैठक पनि नबस्ने र बहुमतले गरेका निर्णय पनि नमान्ने बताएका थिए । बुधबार ओली पक्षले आफू निकट प्रदेश १ का नेताहरुसँग भर्चुअल बैठक गरेर जबजको पक्षमा उभिन निर्देशन दिएका थिए ।रासस

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...