News Portal

  • भारतीय सेनाध्यक्षको विरोध हुन नदिन चारै सुरक्षा निकाय परिचालन

    हिमालीसंचार संवाददाता
    २८८ पटक

    काठमाण्डौ – नेपाल–भारत सीमा विवादबारे विवादास्पद अभिव्यक्ति दिएका भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणे नेपाल भ्रमणका लक्ष्य गरेर उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।

    भ्रमणमा सुरक्षाका लागि नेपाली सेनाका अलावा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका टोली खटाइएका थिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, तीनकुने–बानेश्वर–माइतीघर–थापाथली–त्रिपुरेश्वर, सोल्टी होटल, सैनिक मुख्यालय भद्रकाली, राष्ट्रपति भवन शीतलनिवास र प्रधानमन्त्री निवास र पशुपतिनाथ क्षेत्रको रुटमा उच्च सुरक्षा सतर्कता अपनाइएको थियो।

    प्रधानसेनापति पूर्णचन्द्र थापा, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, नेपाल प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्री र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीको सहभागितामा केही दिनअघि बसेको सुरक्षा बैठकले नरवणेको भ्रमणका क्रममा विशेष सुरक्षा अपनाउने र सम्भावित विरोधका कार्यक्रमलाई निस्तेज बनाउन चारवटै निकायलाई परिचालन गर्ने निर्णय गरेका थिए । प्रधानसेनापति थापाको निमन्त्रणामा नेपाली सेनाको ‘मानार्थ महारथी’ को दर्ज्यानी चिन्ह ग्रहण गर्न नरवणे काठमाडौं आएका नरवणेलाई स्वागत गर्न बलाधिकृत रथी प्रभुराम शर्मा त्रिमानस्थल गएका थिए । सेनाको आग्रहपछि आवागमन रुटमा प्रहरीले सादा पोसाकका प्रहरीको तैनाथी बढाएको थियो। 

    सशस्त्र प्रहरी बलले पनि गस्ती थप बढाएको थियो। अनुसन्धान विभागको टोली पनि सूचना संकलनमा खटिएका थिए । पछिल्लो समय सीमा विवादपछि भारतबाट कुनै पनि अधिकारीको नेपालमा औपचारिक भ्रमण आएका छैनन्। गत कात्तिक ५ गते भारतले बाह्य गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्त गोयललाई अनौपचारिक संवादका लागि काठमाडौं पठाएको थियो ।

    नरवणेको भ्रमण सुरक्षाका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि उनी बस्ने सोल्टी होटल, सोल्टीबाट जंगीअड्डा तथा शीतलनिवास र बालुवाटार क्षेत्रका रुटमा चारवटै सुरक्षा निकायले सादा पोसाकका जनशक्ति परिचालन गरेका छन् । स्रोतका अनुसार प्रहरी प्रधान कार्यालयले महानगरीय प्रहरी कार्यालयको आग्रहमा करिब ४ सय प्रहरीलाई नरवणेको सुरक्षाका लागि खटाएको छ । सम्भावित विरोध तथा नाराजुलुस हुन सक्ने भन्दै त्यसप्रति पनि विशेष सावधानी अपनाउन सेनाले प्रहरीलाई आग्रह गरेको थियो।

    एक सुरक्षा प्रमुखले भारतीय सेनाध्यक्ष नरवणेको भ्रमणले दुई देशबीचको संवादहीनता अन्त्य गरेको र यसबाट आगामी दिनमा कूटनीतिक संवाद अघि बढाउन मद्दत पुग्ने बताए । ‘दुई देशबीच औपचारिक संवादहीनता भएको स्थितिमा हुन लागेको भारतीय सेनाध्यक्षको भ्रमणले सकारात्मक सन्देश दिएको छ, यसलाई फलदायी बनाउनुपर्छ,’ ती सुरक्षा प्रमुखले भने, ‘पाहुना आउँदा विरोध होइन, विवेक र मर्यादा कायम हुनुपर्छ, त्यहीअनुसार सुरक्षा व्यवस्थापन मिलाइएको छ ।’

    विगतमा भारतीय सेनाध्यक्षको नेपाल भ्रमणका क्रममा सेनाबाट मात्रै समग्र सुरक्षा व्यवस्थापन हुने गरेकामा दुई देशबीच बिग्रिएको सम्बन्धका कारण यस पटक चारवटै सुरक्षा निकायलाई परिचालन गरिएको छ । प्रहरीले अगाडि र पछाडिको स्कर्टिङ जिम्मा लिएको थिए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    उदयपुर मिलिजुली समाज कुवेतले मनायो बडा दशैं बिशेष कार्यक्रम

    कमल सिंह ठकुरी/हिमाली संचार  ४ अक्टोबर २०२५ शनिबार। कुवेत सिटी। कुवेतमा चिरपरिचित सामाजिक संस्था उदयपुर...

    सिडिओ र सुरक्षा प्रमुखलाई २४ घण्टा कार्यालयमै बस्न गृह मन्त्रालयको निर्देशन

    काठमाडौ – लगातारको वर्षासँगै बढिरहेको बाढी, पहिरो र डुबानको जोखिमलाई ध्यानमा राख्दै गृह मन्त्रालयले प्रभावित...

    आज २०८२ साल असोज १८ गतेको राशिफल

    आज असोज १८, २०८२ (अक्टोबर ४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    नेपाली जनप्रगतिशिल मोर्चाका उपाध्यक्ष तथा गीतकार कैलाश मैनालीको नेताजी बोलको गित सार्वजनिक

    काठमाडौं – नेपाली जनप्रगतिशिल मोर्चाका उपाध्यक्ष तथा गीतकार तथा समाजसेवी कैलाश मैनालीको नेताजी बोलको गित...

    आज २०८२ साल असोज १७ गतेको राशिफल

    आज असोज १७, २०८२ (अक्टोबर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...