News Portal

भारतीय सेनाध्यक्षको विरोध हुन नदिन चारै सुरक्षा निकाय परिचालन

हिमालीसंचार संवाददाता
३६४ पटक

काठमाण्डौ – नेपाल–भारत सीमा विवादबारे विवादास्पद अभिव्यक्ति दिएका भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणे नेपाल भ्रमणका लक्ष्य गरेर उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।

भ्रमणमा सुरक्षाका लागि नेपाली सेनाका अलावा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका टोली खटाइएका थिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, तीनकुने–बानेश्वर–माइतीघर–थापाथली–त्रिपुरेश्वर, सोल्टी होटल, सैनिक मुख्यालय भद्रकाली, राष्ट्रपति भवन शीतलनिवास र प्रधानमन्त्री निवास र पशुपतिनाथ क्षेत्रको रुटमा उच्च सुरक्षा सतर्कता अपनाइएको थियो।

प्रधानसेनापति पूर्णचन्द्र थापा, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, नेपाल प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्री र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीको सहभागितामा केही दिनअघि बसेको सुरक्षा बैठकले नरवणेको भ्रमणका क्रममा विशेष सुरक्षा अपनाउने र सम्भावित विरोधका कार्यक्रमलाई निस्तेज बनाउन चारवटै निकायलाई परिचालन गर्ने निर्णय गरेका थिए । प्रधानसेनापति थापाको निमन्त्रणामा नेपाली सेनाको ‘मानार्थ महारथी’ को दर्ज्यानी चिन्ह ग्रहण गर्न नरवणे काठमाडौं आएका नरवणेलाई स्वागत गर्न बलाधिकृत रथी प्रभुराम शर्मा त्रिमानस्थल गएका थिए । सेनाको आग्रहपछि आवागमन रुटमा प्रहरीले सादा पोसाकका प्रहरीको तैनाथी बढाएको थियो। 

सशस्त्र प्रहरी बलले पनि गस्ती थप बढाएको थियो। अनुसन्धान विभागको टोली पनि सूचना संकलनमा खटिएका थिए । पछिल्लो समय सीमा विवादपछि भारतबाट कुनै पनि अधिकारीको नेपालमा औपचारिक भ्रमण आएका छैनन्। गत कात्तिक ५ गते भारतले बाह्य गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्त गोयललाई अनौपचारिक संवादका लागि काठमाडौं पठाएको थियो ।

नरवणेको भ्रमण सुरक्षाका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि उनी बस्ने सोल्टी होटल, सोल्टीबाट जंगीअड्डा तथा शीतलनिवास र बालुवाटार क्षेत्रका रुटमा चारवटै सुरक्षा निकायले सादा पोसाकका जनशक्ति परिचालन गरेका छन् । स्रोतका अनुसार प्रहरी प्रधान कार्यालयले महानगरीय प्रहरी कार्यालयको आग्रहमा करिब ४ सय प्रहरीलाई नरवणेको सुरक्षाका लागि खटाएको छ । सम्भावित विरोध तथा नाराजुलुस हुन सक्ने भन्दै त्यसप्रति पनि विशेष सावधानी अपनाउन सेनाले प्रहरीलाई आग्रह गरेको थियो।

एक सुरक्षा प्रमुखले भारतीय सेनाध्यक्ष नरवणेको भ्रमणले दुई देशबीचको संवादहीनता अन्त्य गरेको र यसबाट आगामी दिनमा कूटनीतिक संवाद अघि बढाउन मद्दत पुग्ने बताए । ‘दुई देशबीच औपचारिक संवादहीनता भएको स्थितिमा हुन लागेको भारतीय सेनाध्यक्षको भ्रमणले सकारात्मक सन्देश दिएको छ, यसलाई फलदायी बनाउनुपर्छ,’ ती सुरक्षा प्रमुखले भने, ‘पाहुना आउँदा विरोध होइन, विवेक र मर्यादा कायम हुनुपर्छ, त्यहीअनुसार सुरक्षा व्यवस्थापन मिलाइएको छ ।’

विगतमा भारतीय सेनाध्यक्षको नेपाल भ्रमणका क्रममा सेनाबाट मात्रै समग्र सुरक्षा व्यवस्थापन हुने गरेकामा दुई देशबीच बिग्रिएको सम्बन्धका कारण यस पटक चारवटै सुरक्षा निकायलाई परिचालन गरिएको छ । प्रहरीले अगाडि र पछाडिको स्कर्टिङ जिम्मा लिएको थिए ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...