News Portal

  • मदनकृष्णको मर्मस्पर्शी मन छुने स्टाटस, सर्जिकल माक्सले धेरै हतसम्म बचाउछ

    हिमालीसंचार संवाददाता
    ४०७ पटक

    काठमाण्डौ – सामाजिक सञ्जाल फेसवुकमा मदनकृष्ण श्रेष्ठ लेख्छन ‘हरिबंशलाई कोरोना पोजेटिभ भैसकेको रहेछ, यो कुरा हरिबंश आफैलाई पनि थाहा थिएन।

    “उ आफैलाई थाहा नभएको कुरा मलाई थाहा हुने त कुरै भएन। हामी दुबैजनाले यस बिषयमा कुरै नगरे पछि हाम्रो छेउछाउमा उभिएका बसेकाहरुलाई त झन संका सम्म पनि नहुनु स्वाभाबिकै थियो । हामी त दुई दिन सम्म मजाले शुटिङमा ब्यस्त भएर, एउटै गाडि धेरै बेर सम्म चढेर हिंडीरहेका थियौं ।

    भोली पल्ट हरिले फोन गरेर दाई मलाई त कोरोना पोजेटिभ पो त देखियो त ! ? भन्दा त लौ मा र्यो ।।। एक छिन त म पनि झसंग भए। किनभने हरिबंश कोरोनाको लागि हड्डी बराबर हुन सक्ला तर म त कोरोनाको लागि एकदम मीठ्ठो कवाफ बराबर हुन सक्छ ।

    तर मेरो स्वाथ्यमा कोरोनाको कुनै लक्षण देखा परिरहेको थिएन तैपनि सतर्कताकासाथ घरैमा आईसोलेशनमा बसिरहें । एक हप्ता पछि टेष्ट गराउँदा एउटै गाडी चढेका म समेत चारैजनाको रिपोर्ट नेगेटिभ आयो ।

    कामका बेला हामीले बेला बेलामा स्यानिटाईजर दलेका थियौं, सोसियल डिस्टायन्समा होश पुर्याएकै थियौं। तर एउटै गाडी चढ्दा भने डिस्टायन्स खासै मेन्टेन हुन सकिरहेको थिएन । तर पनि सबैको रिपोर्ट कसरि नेगेटिभ भयो होला भनेर सोंच्दा गाडीमा चढेमा हामी सबैले मास्क एक सेकेण्ड पनि उतारेका थिएनौं ।

    त्यस पछि लाग्यो मास्कले धेरै हद सम्म कोरोनाबाट बचाउँन मदत पुर्याउँदो रहेछ जस्तो लाग्यो। त्यसैले साबुनपानी, स्यानीटाईजर र सामाजिक दूरिका साथै मास्क लगउन बिषेश ध्यान दिनु होला है । यसरी कलाकार मदन श्रेष्ठले लामो स्टाटस लेखेर सर्वसाधारण सबैमा उच्च सतर्कताका लागि अनुरोध समेत गरेका छन् । 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    भीम रावलको अभियान नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुँदै

    काठमाडौँ, कार्तिक २४ — पूर्वएमाले उपाध्यक्ष भीम रावलले नेतृत्व गरेको ‘मातृभूमि जागरण अभियान, नेपाल’ अब...

    इक्वेडरको मचाला जेलमा दङ्गा : ३१ कैदीको मृत्यु

    क्विटो, कार्तिक २४  — इक्वेडरको मचाला जेलमा आइतबार भएको हिंसात्मक भिडन्तमा कम्तीमा ३१ कैदीको मृत्यु...

    काठमाडौंमा बुवाको हत्या आरोपमा छोरा पक्राउ

    काठमाडौं, कार्तिक २४ — काठमाडौं महानगरपालिका–१५ किमडोलमा बुवाको हत्या आरोपमा एक छोरा पक्राउ परेका छन्।...

    उर्जामन्त्री कुलमान घिसिङको पार्टी ‘उज्यालो नेपाल’ नाममा दर्ता तयारी

    काठमाडौं, कार्तिक २४ — उर्जामन्त्री कुलमान घिसिङले नेतृत्व गर्ने नयाँ राजनीतिक दलको नाम “उज्यालो नेपाल”...

    आज २०८२ साल कार्तिक २४ गतेको राशिफल

    आज कार्तिक २४, २०८२ (नोभेम्बर १०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...