News Portal

सुविधा सम्पन्न पर्यटकीय बससेवा सुरु हुने

हिमालीसंचार संवाददाता
३९७ पटक

काठमाण्डौ – देशदर्शन बससेवा प्रालिले कोभिड–१९ को बढ्दो संक्रमणबीच स्वास्थ्य मापदण्डलाई लागू गर्दै बुधबारदेखि पर्यटक बससेवा सुरु गर्ने भएको छ ।

कोभिड–१९ का कारण थला परेको पर्यटन क्षेत्रलाई पुर्नस्थापित गर्नका लागि देशदर्शन बससेवा प्रालिले कात्तिक १९ गते बुधबारदेखि औपचारिक रुपमा देशका प्रमुख पर्यटकीय स्थलमा दिवा तथा रात्री पर्यटक बससेवा सञ्चालन गर्न लागेको हो । प्रालिले काठमाडौँ–पोखरा दिवा तथा रात्री, काठमाडौँ–जनकपुर रात्री, काठमाडौँ–विरगञ्ज रात्री, काठमाडौँ–लुम्बिनी दिवा तथा रात्री, काठमाडौँ–चितवन दिवा, चितवन–पोखरा दिवा सेवामार्फत पर्यटकलाई सेवा प्रदान गर्न लागेको छ ।

उक्त बससेवा काठमाडौँको बौद्धबाट सोह्रखुट्टे हुँदै छुट्नेछन् । पछिल्लो समय विश्वव्यापी रुपमा फैँलदै गएको नोबेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नेपालमा समेत बढ्दै गएपछि झण्डै ८ महिना लामो बन्दाबन्दी र निशेषधाज्ञाले बन्द रहेको यातायात क्षेत्रमा पर्यटकलाई लक्षित गरेर दिवा तथा रात्रीकालिन सेवा सुरु गर्न लागिएको प्रालिका कार्यकारी निर्देशक श्रीकान्त आचार्य बताए ।  कुल लागत १२ करोड रुपैयाँको लगानीमा १६ बस खरीद गरी स्वदेशी तथा विदेशी पर्यटकलाई अत्याधुनिक सुविधासहित सेवा प्रदान गर्न लागेको जानकारी दिए।

देशदर्शन बससेवा प्रालिले मुख्यमुख्य पर्यटकीय स्थललाई लक्षित गरेर दिवा तथा रात्रीकालिन बससेवा सञ्चालन गर्न लागेको कार्यकारी निर्देशक आचार्यको भनाई छ । आन्तरिक तथा बाह्य पर्यटक बस चढ्नुअगाडि शरीरको तापक्रम मापन गर्ने, चालक, सहचालक यात्रुलाई माक्सको अनिवार्य व्यवस्था गर्ने, बसभित्र सेनिटाइजर गर्नेलगायतका सम्पूर्ण व्यवस्था मिलाएको प्रालिका बजार व्यवस्थापक प्रल्हाद लोहनी बताउनुहुन्छ ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेर तयारी थालेपनि कोभिड–१९ को बढ्दो संक्रमणको कारण स्थगित गरिएको थियो । देशदर्शन बससेवा प्रालिले शुभारम्भको एक साताका लागि काठमाडौँदेखि देशका विभिन्न स्थानमा जानका लागि भाडादरमा ५० प्रतिशत छुट र काठमाडौँ भित्रिने यात्रुका लागि भाडादरमा २० प्रतिशत छुटको व्यवस्था गरेको बजार व्यवस्थापक लोहनी बताउनुहुन्छ । अहिले काठमाडौँदेखि मुख्य पर्यटकीय स्थललाई लक्षित गरेर झण्डै एक सय पर्यटकीय बसले सेवा प्रदान गर्दै आइरहेका छन्। हाल काठमाडौँको सोह्रखुट्टे सडकबाट पर्यटकलाई बोकेर पर्यटक बस पोखरा, चितवन, लुम्बिनी र जनकपुर ओहोरदोहोर गर्दै आएका छन् ।

पर्यटक बसका लागि छुट्टै बसपार्क नहुँदा समस्यासमेत परेको व्यवसायीहरु बताउँछन् । व्यवसायीले हाल विहान ५ देखि ७ बजेसम्म सोह्रखुट्टेको सडकमा पर्यटक बस पार्किङ गरेर यात्रु बोक्दै आएका छन् । रातको समयमा भने ग्यारेजमा शुल्क तिरेर राख्नुपर्ने बाध्यता छ । कोभिड–१९ को सङ्क्रमणभन्दा पहिला पर्यटक बसले दैनिक झण्डै तीनदेखि चारहजार हाराहारीमा स्वदेशी तथा विदेशी पर्यटकलाई गन्तव्यस्थलमा पु¥याउँदै आएका थिए ।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...