आज : २०२६-०६-२६, शुक्रबार

मोरङको रंगेली प्रहरीले तास खेल्ने ९ जना पक्राउ

रबिन्द्र बराल/मोरङ – नेपालीहरुको दोश्रो महना पर्व दिपावली नजिकिँदै जाँदा गाउँ घरमा जुवाडेहरु तास तथा कौडा खेल्न थालेपछि रंगेली प्रहरी त्यस्तो कार्यलाई निरुत्साहित गर्ने उदेश्यले   इलाका प्रहरी कार्यलय रंगेलीले मंगलबार राती ११ बजे  सुराकीको आधारमा रंगेली नगरपालिका-७ नयाँटोल स्थित च्याऊ खेती लगाएको घरबाट जुवा तास खेली रहेका केहीलाई प्रहरीले पक्राउ गरेको छ । 

तास खेल्दै गएको अवस्थामा  प्रहरीले उनिहरुको साथबाट भारतीय रकम सहित नेपाली करिव ५९ हजार रुपैया र ९ थान मोवाइल सहित ९ बुक तास समेत बरामद गरेको छ ।   

पक्राउ पर्नेमा रंगेलीका विकास कुमार मण्डल, श्रीप्रसाद मुखिया, लक्षु महतो, कमलदेव साह, भोलेनाथ मण्डल, दिपक मण्डल, धिरेन साह, चन्दन मण्डल र झप्सु यादव रहेका छन ।  जुवाडेहरुलाई जुवातास ऐन अन्र्तगत कार्वार्ही अगाडी बढाएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक अनमोल खड्काले बताए