News Portal

  • दैनिक उपभोग्य वस्तुमा उपभोक्ता ठग्दै सुर्खेत डेरी उद्योग

    हिमालीसंचार संवाददाता
    ३७८ पटक

    सुर्खेत – कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा संचालन भैरहेको सुर्खेत डेरी उद्योग प्रालिले उपभोक्तालाई ठगी गरेको पाइएको छ। डेरी उद्योगले उत्पादन गरेका दैनिक उपभोग्य वस्तुमा लेवलिङ लुकाएर बजारमा विक्रि वितरण गरेको पाइएको हो।

    उक्त डेरी उद्योग प्रालिले ‘रारा दुध’ र ‘रारा दही’ उत्पादन गरी बजारमा विक्रि वितरण गर्दै आइरहेको छ तर, दुध र दहीका प्याकेटमा भने उत्पादन मिति उल्लेख गरिएको छैन।

    उपभोक्ता संरक्षण ऐन २०७५ को परिच्छेद २ को दफा ६ को उपदफा (च) मा वस्तुको विक्रि मुल्य, व्याच नम्बर र उत्पादन मिति उल्लेख गर्नुपर्ने स्पष्ट व्यवस्था छ। यद्यपी उक्त सुर्खेत डेरी उद्योग प्रालिले दुध र दहीका प्याकेटहरुमा वस्तुको विक्रि मुल्य, व्याच नम्बर र उत्पादन मिति उल्लेख नगरी उपभोक्तालाई विक्रि गर्दै आएको छ।

    दुधको प्याकेटमा उपभोग गर्न मिल्ने समय ४८ घण्टा उल्लेख गरिएको छ भने दहीको बट्टामा प्याकिङ्ग मितिदेखि ६ दिनसम्म उपभोग गर्न मिल्ने लेखिएको भएतापनि उत्पादन मिति उल्लेख गरिएको छैन। जसको कारण कुन मितिमा दुध, दही प्याकेजिङ्ग गरिएको हो र यसको प्रयोग कहिलेसम्म गर्न मिल्ने भन्ने एकिन छैन।

    उत्पादित वस्तुमा लेवलिङ्ग उल्लेख नगरी बजारमा विक्रि वितरण गरेको पाइएमा तुरुन्त छानबिन गरी आवश्यक कारबाही गरिने खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतका कार्यालय प्रमुख भेष बहादुर थापाले जानकारी दिए।

    ‘दुग्धजन्य पदार्थ विक्रि वितरण गर्दा लेवल स्पष्टसँग उल्लेख गरिएको हुनुपर्दछ’ उनले भने, ‘लेवल उल्लेख नगरी विक्रि वितरण गर्नु अनुचीत व्यापारिक कार्य हो। यसको छानविन गरी आवश्यक कारबाही हुन्छ।

    यता, कम्पनीका सञ्चालक माधव धितालले आफुहरुले लेवल स्पष्ट उल्लेख गर्ने गरेको दावी गरेका छन्। उनले केही दिन यता दुधको प्याकेटमा उत्पादन मिति र विक्रि मुल्य लेख्न छुटेपनि दही र घ्यूको बट्टामा स्पष्ट उल्लेख गरेको बताएका छन्। यद्यपी उनले भनेअनुसार दहीको बट्टामासमेत उत्पादन मिति, विक्रि मुल्य उल्लेख गरिएको छैन।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    उदयपुर मिलिजुली समाज कुवेतले मनायो बडा दशैं बिशेष कार्यक्रम

    कमल सिंह ठकुरी/हिमाली संचार  ४ अक्टोबर २०२५ शनिबार। कुवेत सिटी। कुवेतमा चिरपरिचित सामाजिक संस्था उदयपुर...

    सिडिओ र सुरक्षा प्रमुखलाई २४ घण्टा कार्यालयमै बस्न गृह मन्त्रालयको निर्देशन

    काठमाडौ – लगातारको वर्षासँगै बढिरहेको बाढी, पहिरो र डुबानको जोखिमलाई ध्यानमा राख्दै गृह मन्त्रालयले प्रभावित...

    आज २०८२ साल असोज १८ गतेको राशिफल

    आज असोज १८, २०८२ (अक्टोबर ४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    नेपाली जनप्रगतिशिल मोर्चाका उपाध्यक्ष तथा गीतकार कैलाश मैनालीको नेताजी बोलको गित सार्वजनिक

    काठमाडौं – नेपाली जनप्रगतिशिल मोर्चाका उपाध्यक्ष तथा गीतकार तथा समाजसेवी कैलाश मैनालीको नेताजी बोलको गित...

    आज २०८२ साल असोज १७ गतेको राशिफल

    आज असोज १७, २०८२ (अक्टोबर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...